जोमसोम—उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बत र कोरलानाकासंग जोडिएको उपल्लो मुस्ताङका दुई पालिकामा आईतबार बिहानैदेखि भारी हिमपात भईरहेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न स्थानमा बिहान ३ बजेदेखि निरन्तर रुपमा भारी हिमपात भईरहेको जनाईएको छ ।
हिमपातले राष्ट्रिय गौरवको जोमसोम—कोरला राजमार्ग अन्तर्गत वारागुङ मुक्तिक्षेत्र—३ समरदेखि माथि कोरलानाका सम्मको सडक पुरै हिउँले ढाँकिएको छ । उपल्लो मुस्ताङमा भारी हिमपात हुँदा कोरला राजमार्ग सडक समेत अहिले अवरुद्ध बनेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)का ईञ्चार्ज भिमबहादुर क्षेत्रीले जानकारी दिए । हिमपातले सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङ तथा कोरलानाका भ्रमण गर्न जाने आन्तरिक तथा बाह्य पर्यटक समस्यामा परेका छन् ।‘ आईतबार बिहानैदेखि यहाँ भारी हिमपात भईरहेको छ,सडक आवागमन समेत अवरुद्ध छ,’ईञ्चार्ज क्षेत्रीले भने,‘ सडक अवरुद्धका कारण स्थानीय तथा पर्यटकको आउजाउमा समेत निकै कठिनाई भईरहेको छ ।’
आईतबार बिहानैदेखिको भारी हिमपात का कारण सडक तथा बस्तीहरुमा दुई फिट सम्म हिउँ जमेको उनले जानकारी दिए । उनले निरन्तरको भईरहेको हिमपातले गर्दा सडक खुलाउन नसक्ने अवस्था रहेको उल्लेख गरे । उनले मौसम सुधार र हिमपात रोकिएको अवस्थामा सशस्त्र प्रहरीको बिओपी टोली र छोसेर प्रहरी चौकीका सुरक्षाकर्मीले सडकमा जमेको हिउँ पन्छ्याएर सडक यातायात सहज बनाईने बताए ।
मौसम प्रतिकुलता र निरन्तर भईरहेको हिमपात जारी रहेकाले कोरलानाका र उपल्लो मुस्ताङको यात्रा नगर्न समेत बिओपी ईञ्चार्ज क्षेत्रीले अनुरोध गरेका छन् ।‘हिमपात सडकमा सवारी लैजान मुश्किल छ,चिसोले सवारी स्टार्ट नहुँने र बिग्रने सम्भावना पनि उक्तिकै छ,’उनले भने,‘ आईतबार बिहानैदेखि सवारी साधन आवतजावत पुरै ठप्प छ, हिमपातले गर्दा स्थानीय नागरिकको जनजिवन कष्ठकर बन्दै छ,हामीले गाउँगाउँमा बिओपी सुरक्षाकर्मी स्थानीय बासिन्दाको सहयोगमा परिचालन गरिसकेका छौैं ।’
हिमपातले अहिले उपल्लो मुस्ताङको जनजिवन पूर्ण रुपमा प्रभावित बनेको छ । हिमपात कारण नेपाल—चिन सीमानाकामा बाक्लो हिउँ जमेको छ । हिमपातका कारण आईतबार बिहानदेखि उपल्लो मुस्ताङमा बिद्युत र संञ्चार सेवा अवरुद्ध बनेकोमा केही समय अघि मात्र संञ्चार सेवा संञ्चालनमा आएको बताईएको छ । गर्मीयाम सुरु भईसकेको भएपनि बेमौसममा हिमपात भएकाले चिसो समेत अत्यधिक रुपमा बढेको बिओपीका ईञ्चार्ज क्षेत्रीको भनाई छ । हिमपात र चिसोका कारण स्थानीय नागरिक घरबाट बाहिर नस्कन सक्ने अवस्था छैन भने उपल्लो मुस्ताङका पुरै गाउँ,बस्ती र उच्चलेंक हिउँले सेताम्मे बनेका छन् । बाक्लो हिउँ र चिसोका कारण उपल्लो मुस्ताङका नदी, शाखा नदी र सिचाई कुलो समेत पुरै हिउँले बरम बनेर जमेको छ । स्थानीयबासीका घरका धारा र सेफ्टी ट्याङ्की समेत हिउँले जमेका कारण खानेपानी पिउँन समेत समस्या परेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । स्थानीयले कुलोको पानी तताएर पिउँने गरिएको र घरपालुवा पशुचौपायाको रेखदेख, व्यवस्थापन र कुडो खुवाउन समेत निकै समस्या परेको अध्यक्ष गुरुङले सुनाए । उपल्लो मुस्ताङमा रहेका घरहरुको छत माथि भारी हिउँ जमेको छ ।
हिमपातले कोरला सडक अवरुद्ध उपल्लो मुस्ताङका नागरिकहरु चिनियाँ भूमीको कोरलानाका स्थित लिजीमा पुगेर मालसमान किनमेल गर्न समेत पाएका छैन । गत कार्तिक २७ गते औपचारिक रुपमा उपल्लो मुस्ताङका दुईपालिकालाई मात्र खुल्ला गरिएको कोरलानाका माघको अन्तिमदेखि फागुन ११ गतेसम्म ब्यापारिक कोरोबार बन्द गरिएको थियो । तिब्बततर्फ सांस्कृतिक चाडपर्व पर्ने भएकाले नाकामा १५ दिन ब्यापारिक कोरोबार नगर्ने सूचना चिन पक्षले नेपाल पक्षलाई जानकारी दिएको थियो । चिन पक्षले नाकामा ब्यापारिक कोरोबार सूचारु गरेपनि अत्यधिक हिमपातका कारण स्थानीय नागरिक र ब्यापारीहरु कोरलानाका जान सकेका छैन ।
यसैगरी शनिबार दिउँसोदेखि प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ क्षेत्रमा हिमपात भएपनि साँझ केही रोकिएकोमा आईतबार बिहानैदेखि भारी हिमपात भईरहेको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । हिमपातले जोमसोम मुक्तिनाथ सडक अवरुद्ध भएकोमा अहिले हुलुका सवारी साधन मात्र चल्नसक्ने गरी सडक संञ्चालनमा ल्याईएको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए ।‘मुक्तिनाथ सडकमा हिउँले सडक अवरुद्ध बनाएको थियो,हामीले पन्छ्याउने प्रयास गरिरहेका छा’ैं,प्रनाउ पाण्डेयले भने,‘ ठुला सवारी साधन जान सक्ने अवस्था छैन,हलुका सवारीलाई चल्न सक्ने गरी अवरुद्ध सडकको हिउँ पन्छ्याएका छौं । उनले मौसम प्रतिकुलता र भारी हिमपातका कारण सडक आवामगन पूर्ण रुपमा संञ्चालनमा ल्याउन नसकेको उनले जानकारी दिए ।
प्रतिकुल मौसमका साथै मुक्तिक्षेत्रमा परेको भारी हिमपातले पर्यटक तथा नागरिकको जनजिवन प्रभावित बनेको प्रनाउ पाण्डेयको भनाई छ ।
उपल्लो मुस्ताङमा भारी हिमपात हुँदा तल्लो मुस्ताङमा हिमपात नभएको प्रहरीले जनाएको छ । तल्लो मुस्ताङमा हलुका वर्षा भएको छ भने तल्लो मुस्ताङका उच्चलेंकमा आशिंक हिमपात भएको छ ।
फोटो क्याप्सन ः
उपल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात ,कोरला सडक अवरुद्ध । तस्विर ःसुन्दरकुमार थकाली ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता