जोमसोम—मुस्ताङ सदरमुकाम जोमसोम स्थित सरकारी कार्यालय जाने बाटोमा आरसीसी सडक निर्माणलाई तीब्रता दिईएको छ । गण्डकी प्रदेश अन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले जोमसोम पक्की पुलको बाटो हुदै सरकारी कार्यालय जाने कच्ची सडकलाई थप स्तरोन्नति गर्दै आरसीसी सडक विस्तारको योजना अघि बढाएको हो ।
मुस्ताङको जोमसोम स्थित सरकारीले जानेबाटोमा जिल्ला प्रशासन कार्यालय,जिल्ला अदालत,कोलेनिका,प्रहरी कार्यालय,घरेलु,शिक्षा विकास तथा समन्वय ईकाई,सामाजिक विकास,एक्याप,परियोजना कार्यान्वयन ईकाई, डिभिजन वन,भेटेरिनरी अस्पताल,हुलाक ,सिचाई तथा सवडिभिजन, दुरसंञ्चार ,निर्वाचन कार्यालय र स्वास्थ्य कार्यालय लगायत एक दर्जन भन्दा बढी महत्वपूर्ण कार्यालय पर्दछन् । सरकारी कार्यालय तथा सेवाग्राहीलाई लक्षित गरी जोमसोम सरकारी कार्यालय जाने बाटोको मर्मत तथा स्रोन्नति सुरु गरिएको हो ।
सरकारी कार्यालय जाने बाटो गतवर्ष सालबसाली योजनामा रहेकोमा त्यसलाई पूर्वाधार विकास कार्यालय मुस्ताङले बहुर्षिय ठेक्का स्वीकृत गरेको कार्यालयका सूचना अधिकारी ई. घनश्याम रोक्कामगरले जानकारी दिए । उनका अनुसार बर्सेनि सालबसाली ठेक्काले लक्ष्य अनुसार काम नहुने भएकाले बहुवर्षिय ठेक्कामा लगिएको हो ।
सुरुवाती सालबसाली ठेक्का अनुसार गतवर्ष ३० लाख बजेट बिनियोजन भएकोमा निर्माण कम्पनीले १८ लाख भुक्तानी बुझेको सूचना अधिकारी रोक्कामगरको भनाई छ ।
बहुवर्षिय ठेक्कामा गएको सरकारी कार्यालय जाने बाटोको ठेक्का सम्झौता लागत १ करोड ६ लाख २१ हजार छ । पूर्वाधार विकास कार्यालयले सालबसाली ठेक्काको ५ गुणा वृद्धि गर्न पाउने प्रावधान अनुसार सरकारी कार्यालय जाने सडक बाटोको लागत अनुमान बढेको थियो । चालु वर्ष सरकारी कार्यालय जाने आरसीसी सडक बाटोबाट ३५ लाख ९३ हजार प्रदेश सरकारबाट विनियोजन भएको हो । बहुवर्षिय योजनाको रुपमा अघि बढेकाले सरकारी कार्यालय जाने सडक बाटोको मर्मत तथा स्तरोन्नतिको कामले गति लिएको छ ।
सदरमुकाम जोमसोम स्थित सरकारी कार्यालय जाने सडक बाटोको मर्मत तथा स्रोन्नतिका लागि जिरेश्वर निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो । गत आर्थिक वर्ष २०८१ जेठ १८ गते ठेक्का सम्झौता भएको सरकारी कार्यालय जाने आरसीसी सडकको सम्पन्न म्याद आर्थिक वर्ष २०८२ जेठ १८ सम्म छ ।
सरकारी कार्यालय जाने आरसीसी सडकबाटो जिल्ला निर्वाचन कार्यालयदेखि जोमसोम कभर्ड हलसम्म ३३२ मिटर दुरीमा विस्तार हुने कार्यालयका सूचना अधिकारी रोक्कामगरले बताए । आरसीसी सडकको दुईतर्फ गरी ४१५ मिटरमा नाली निर्माण हुनेछ । सडक चौडासंगै आरसीसी विस्तार हुुने सडकमो दुईतर्फ छपनी ढुंगा बिच्छ्याईने छ भने सडकको आरसीसी ढलान ६ मिटर चौडा हुने कार्यालयका सूचना अधिकारी रोक्कामगरले उल्लेख गरे ।
जोमसोम सरकारी कार्यालय जाने आरसीसी सडक स्तरोन्नतिको पछिल्लो भौतिक प्रगती २५ प्रतिशत रहेको सूचना अधिकारी ई. रोक्कामगरले बताए । कार्यालयको अन्य योजनाहरुको रकमान्तर बजेट खर्चिएर चालु आर्थिक वर्षभित्रै सरकारी कार्यालय जाने सडक बाटोको मर्मत तथा स्रोन्नति सम्पन्न गर्ने सूचना अधिकारी इं. रोक्काको भनाई छ ।
यसअघि जोमसोम पक्कीपुलदेखि जिल्ला निर्वाचन कार्यालयसम्मको करिव ३ सय मिटर दुरीको सडकमा चरणवद्ध रुपमा प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयले आरसीसी सडकसहितको मर्मत तथा स्तरोन्नति भएको थियो ।