जोमसोम ।
उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक सहज हुँदै जाने थालेपछि हिमाली जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा अप्रत्याशित रुपमा वृद्धि भईरहेको पाईएको छ । यहाँको सडकमार्ग तथा हवाई मार्ग सहज भएकाले मुस्ताङ भ्रमण गर्नेको संख्यामा अपेक्षाकृत रुपमा वृद्धि भएको हो ।
यहाँका ऐतिहाँसिक, धार्मिक,सांस्कृतिक र जैविक विविधता लगायतका कारण पछिल्लो समय मुस्ताङ भ्रमण गर्ने पर्यटकको क्रेज बढेको हो । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तिर्थस्थल मुक्तिनाथ मन्दिर,कागबेनीधाम र दामोदरकुण्ड यहाँका महत्वपूर्ण धार्मिक पर्यटक गन्तब्यका रुपमा अंग्रपंक्तिमा पर्दछन् । यसैगरी मुस्ताङका सदिंयौ वर्ष पुराना ऐतिहाँसिक तथा धार्मिक गुम्बा,मठमन्दिर, माने,छोर्तेन, मानव निर्मित दर्जनौ गुफा, मुस्ताङी सांस्कृतिक राजाको दरबार,कालिगण्डकी करिडोर, तालतलैया र यहाँको पृथक÷पृथक प्रकार भ—बनाबट लगायतका कारण मुस्ताङमा आन्तरिक पर्यटकको आर्कषण बढेको हो ।
राउण्ड अन्नपूर्ण चक्रिय पदमार्ग,यहाँका स्याउ बगान, जैविक सम्पदा र मनमोहक हिमऋखला लगायतका कारण मुस्ताङ जिल्लामा पर्यटकको संख्या बर्सेनि वृद्धि हुँदै जान थालेको हो ।
मुस्ताङमा एक वर्ष ७ लाख ५ हजार ७७९ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जसमध्ये पाँच लाख ५५ हजार ३२६ जना आन्तरिक र एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक छन् ।
आ.व. २०८०÷०८१ मा यहाँ चार लाख ५४ हजार ३२६ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएकोमा आ.व. २०८१÷०८२ मा त्यो संख्या बढेर ७ लाख नाघेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो । यहाँ आ.व. २०८०÷०८१ को तुलनामा आ.व. २०८१÷०८२ सालमा दुई लाख ५१ हजार ४५३ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक अधिकारीले बताउँनुभयो । यो संख्या ५३ दशमलव ३ प्रतिशतले वृद्धि भएको उहाँले उल्लेख गर्नुभयो ।
आ.व. २०८१÷०८२ को साउनदेखि असारसम्ममा पाँच लाख ५५ हजार ३२६ जना आन्तरिक र एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । आ.व. २०८०÷०८१ मा तीन लाख ५४ हजार ९२७ जना आन्तरिक पर्यटक भित्रिएकोमा आ.व. २०८१÷०८२ मा त्योसंख्यामा दुई लाख ३३९ जना आन्तरिक पर्यटकको संख्या वृद्धि भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
यसैगरी आ.व. २०८०÷०८२ मा उनान्नसय हजार ३९९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकोमा आ.व. २०८१÷०८२ मा त्योसंख्यामा एकाउन्न हजार ५४ जना विदेशी पर्यटकको संख्या वृद्धि भएको प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली