मुस्ताङ, ४, जेठ ।
नेपाल—चिन उत्तरी कोरलानाका स्थित सीमावर्तीक्षेत्रका स्थानीय ब्यापारीहरुको समुहले ५ दिनसम्म कोरला ब्यापार नगर्ने निर्णय गरेका छन् । कोरलानाकामा चिन पक्षले उपल्लो मुस्ताङका सीमावर्ती क्षेत्रका स्थानीय ब्यापारीहरुलाई स्थानीय उत्पादन तथा अन्य नेपाली बजारमा पाईने सामान चिनतर्फ सहज निर्यात गर्न रोक लगाएको भन्दै कोरलानाका हुँदै चिन पक्षसंग गर्ने ब्यापार ५ दिनका लागि स्थगित गरेका हुन् ।
उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका स्थानीय ब्यापारीहरुको बिहिबार बसेको सामुहिक भेलाले नाकामा नेपाली पक्षलाई निर्यातमा कडाई गरिएको भन्दै ५ दिनसम्म कोरलानाकाबाट ब्यापारका लागि चिन प्रवेश नगर्ने निर्णय भएको कोरला उद्योग वाणिज्य संघका अध्यक्ष एवं स्थानीय ब्यापारी कुङ्गा गुरुङले जानकारी दिनुभयो ।
चिन पक्षले एक महिना अघिसम्म नेपालतर्फबाट निर्यात हुने सामान निर्वाध लैजान दिने गरेकोमा केहीदिनदेखि सिमानाकामा स्थानीय ब्यापारीहरुलाई चिनतर्फ सामान लैजान रोक लगाएको संघका अध्यक्ष गुरुङको भनाई छ । ‘हामीले चिनतर्फबाट दैनिक दश लाख बढीको सामान आयात गर्ने गरेका छौं’,संघ अध्यक्ष गुरुङले भने,‘हामीहरुलाई एक कार्टुन चाउँचाउ र एक कार्टुन फ्रुटी बाहेक ठुलो मात्रामा सामान लैजान दिदैनन् ।’ अध्यक्ष गुरुङले नेपाल—चिन दुबै पक्षबाट आयात —निर्यात खुल्ला हुनु पर्ने उल्लेख गर्नुभयो ।
त्यसो त उपल्लो मुस्ताङका सिमावर्ती व्यापारीहरुले ५ दिनसम्म कोही नगएपछि चिनपक्षको ध्यानाकषर्ण हुन्छकी भन्ने उद्देश्यले नाका प्रबेश नगर्ने निर्णय गरेको बताईएको छ । कोरलानाकाबाट निर्वाध सामान निर्यात गर्न पाउने सुनिश्चितताका लागि ६० जना भन्दा बढी ब्यापारीको भेलाले चिन प्रवेश नगर्ने निर्णय भएको कोरला उद्योग बाणिज्य संघका अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । अध्यक्ष गुरुङले स्थानीय ब्यापारीले लगेको सामान चिन पक्षले समाईदिएको जानकारी दिनुभयो ।
नेपाल—चिन ब्यापार प्रर्वद्धनका लागि उपल्लो मुस्ताङमा स्थानीय ब्यापारीहरुले कोरला उद्योग बाणिज्य संघ समेत गठन गरेको बताएका छन् । कोरलानाका औपचारिक रुपमा खुल्ला भएको करिव दुई वर्ष पुग्न लागेको छ । नाकामा सहज रुपमा दुईतर्फ ब्यापार सहजताका लागि नाका नजाने निर्णय भएको हो ।
कारलानाका स्थित चिनको लिग्चेमा करिव ७० जना ब्यापारीले ब्यापार गर्ने गरेका छन् । यस्तै, कोरलानाकाबाट नेपालतर्फ करिव ३० जना बढी ब्यापारीहरुले चिनियाँ सामान बिक्री गर्ने गरेको अध्यक्ष कुङ्गाले जानकारी दिनुभयो । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा नेपाल—चिन सामान आयात गर्ने एक सय भन्दा बढी स्थानीय ब्यापारी रहेको अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।
उपल्लो मुस्ताङका नागरिकहरुलाई औपचारिक रुपमा कोरलानाका खुल्ला भएपछि हालसम्म ४ हजार बढीले चिन जाने सिमापार पास पाएका छन् । नाकामा चिनले एकतर्फी ब्यापार चलाएकाले स्थानीय ब्यापारीहरुले निर्यात गर्न पाउनुपर्छ भन्दै ५ दिनसम्म नाका प्रवेश नगर्ने निर्णय गरेका हुन् ।
नेपाल—चिन कोरलानाका खुल्ला भएपनि सिमाक्षेत्रमा नेपालका तर्फ भौतिक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन नहुँदा नाकामा द्धिपक्षिय ब्यापार प्रर्वद्धनमा कानुनी तथा प्राविधिक जटिलता उत्पन्न भएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली