मुस्ताङमा लेंक लागेर एक तिर्थालुको मृत्यु

मुस्ताङमा पर्वतीय हाईअल्टिच्युडका कारण लेंक लागेर एक जना तिर्थालुको मृत्यु भएको छ ।  कपिलवस्तु जिल्ला शिवराज नगरपालिका—९ भगवानपुर बस्ने ८५ वर्षीय ज्येष्ठ नागरिक चित्र बहादुर मल्ल जीको लेंक लागेर मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतका अनुसार वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीबाट जोमसोम फर्किने क्रममा अचानक श्वास÷प्रश्वास सम्वन्धि बिरामी परेपछि उपचारका लागि प्रादेशिक अस्पताल जोमसोम पु¥याईएको थियो । लेंक लागेर अचेत बनेका मल्ललाई साथै आएका छोरा,बुहारी र छोरीले उपचारका लागि तत्कालै अस्पताल पु¥याएका थिए ।

 मुस्ताङमा तिर्थ गर्न आएका तिर्थालु मल्ललाई अस्पताल पु¥याएपछि आज दिउँसो करिव २ बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक महतले बताउँनुभयो । योसंगै जिल्ला प्रहरी कार्यालय मुस्ताङको रेकर्डमा गत भदौं यता हाईअल्टिच्युडका कारण लेंक लागेर मृत्यु हुनेको संख्या ८ पुगेको छ । मृत्यु हुनेमा तीन भारतीय,एक मेक्सिोको नागरिक र चार जना नेपाली पर्यटक रहेको जनाईएको छ ।

यसैगरी यहाँको प्रादेशिक अस्पताल जोमसोमको रेकर्डमा हाईअल्टिच्युडका कारण लेंक लागेर गत भदौं यता हालसम्म ११ जनाको मृत्यु भएको जनाएको छ । मुस्ताङमा आएका पर्यटकहरुलाई लेंक लागेर मृत्यु हुने संख्या बढ्दै जान थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. समिक्षा कडेंलले जानकारी दिनुभयो ।

 यहाँका प्रादेशिक अस्पताल र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले मुक्तिनाथमा हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टर स्थापना गरेको ,कागबेनीमा स्वास्थ्य संस्था भएको र जोमसोममा अस्पतालनै भएको भएपनि मुस्ताङ आउने पर्यटकहरुको हेलचत्र्mयाई र असावधानीका कारण यसप्रकारको लेंक लागेर मृत्यु हुने क्रम बढेको डा. कडेंलले बताउँनुभयो ।

 बेसींको समथरिलो स्थानबाट उच्चउचाईमा विभिन्न ट्राभल एजेन्सीहरुले हतार हतार विश्राम नगरी मुक्तिनाथ पु¥याउँदा यसप्रकारका समस्याहरु देखिने गरेको छ । म्याग्दी र मुस्ताङको सिमाना घाँसादेखि माथिल्लो क्षेत्रका विभिन्न स्थानमा हाईअल्टिच्युड सम्वन्धि सचेतनामूलक साईनबोर्डहरु टाँस गरिएको भएपनि यसप्रति वेवास्ता गरिंदा लेंक लाग्ने घटनाहरु वृद्धि हुन थालेको हो ।

 मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा तिर्थालुहरु मध्ये उमेर कटेका ज्येष्ठ नागरिक,अशक्त र दीर्घ रोगका बिरामीहरुले स्वास्थ्य सुरक्षा सावधानी अपनाउनु पर्ने डा. कडेलको भनाई छ ।


प्रतिक्रिया