कोरलादेखि घाँसासम्म मुस्ताङका पाँच पालिकाको बृहत्त सरसफाई अभियान

जोमसोम

समग्र मुस्ताङ जिल्लाको धार्मिक तथा पर्यटकीय गन्तब्यहरुको बृहत्त सरसफाई तथा जनचेतनामूलक अभियान उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको कोरलानाका स्थित दशगजा क्षेत्रबाट शुभारम्भ गरिएको छ । मुस्ताङ जिल्लाका पाँचै वटा गाउँपालिकाहरुको संयुक्त आयोजना तथा जिल्ला समन्वय समिति मुस्ताङ र अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको समन्वयमा बुधबारदेखि चारदिने मुस्ताङ जिल्ला सरसफाई तथा जनचेतनामूलक अभियान (नेपाल—चीन) उत्तरी कोरलानाकाबाट विधिवत शुभारम्भ गरिएको हो ।

विश्वव्यापी रुपमा बढ्दै गईरहेको कार्वन उत्र्सजनका कारण वातावराणीय क्षेत्र तथा तथा हिमाली जिल्ला मुस्ताङमा कृषि ,पर्यटन,जैविक विविधता,धर्मसंस्कृति र यहाँको मौलिकतामा प्रतिकुल असर पुगेको उल्लेख गर्दै मुस्ताङका पाँचै वटा पालिकाले प्रदुषण घटाउन सामुहिक एक्येवद्धता जनाएका हुन् । मुस्ताङ जिल्लामा राष्ट्रिय गौरवको कोरला सडक सहज भएसंगै बर्सेनि पर्यटक संख्या वृद्धि भईरहेको अवस्थामा नागरिक तथा पर्यटकबाट हुने जथाभावी फोहोर मिल्काउने परिपाटीले मुस्ताङ जिल्लाको सौन्दर्यतामा असर पुगेको र यसले वातावणीय सन्तुलनमा क्षति पुग्दै जान थालेप्रति चिन्ता व्यक्त गर्दै मुस्ताङका जनप्रतिनिधि र कर्मचारीहरु लगायत वातावरणसंग सम्वद्ध सस्थाहरुले यसप्रकारको मुस्ताङ जिल्लाका धार्मिक तथा पर्यटकीय गन्तब्यहरुको बृहत्त सरसफाई अभियान थालेका हुन् ।

 अभियानको जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङसहित मुस्ताङका ५ वटै गाउँपालिकाका अध्यक्षहरुले सामुहिक रुपमा मुस्ताङ जिल्ला सरसफाई तथा जनचेतनामूलक अभियान कार्यक्रम शुभारम्भ भएको कोरलानाकाको दशगजा क्षेत्रको २४ नं सीमास्तम्भबाट  घोषणा गरेका थिए । अभियान घोषणा कार्यक्रममा मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले विश्वकै चिन्ताको बिषय बनेको जलवायु संकट असर मुस्ताङ जिल्लाले समेत व्यवहोर्नु परेको बताए । अनुकुल समयमा हिमपात नहुन, वर्षा हुनु ,चिसो भूगोलको क्षेत्रमा मौसमी तापमान वृद्धि हुनु, कृषि र जैविक विविधतामा क्षति बढ्दै जाने प्रभावहरु देखिन थालेको अध्यक्ष बिष्टको भनाई छ । उहाँले मुस्ताङले मात्रै जलवायु क्षति न्यूनिकरण गर्न सम्भव नभएपनि यहाँका वातावरणीय सौन्दर्यतालाई जोगाउन सामुहिक सरसफाई तथा जनचेतनामूलक अभियानको थालनी गरिएको जनाउँनुभयो । ‘ठाउँ मात्रै सफा गरेर पुग्दैन, मानिसको मनैदेखि सफा गर्नुपर्ने वान्छनीय छ’,अध्यक्ष बिष्टले भन्नुभयो,‘ यसकालाई हामीले यसप्रकारको अभियान मार्फन विश्व समुदाय माँझ मुस्ताङको सन्देश प्रवाह गर्न खोजेका हौं, यसले मुस्ताङका स्थानीयहरु रचनात्मक र सृजनात्मकार्यहरुमा एकजुट हुन सक्छन् भन्ने यो नै गतिलो सन्देश हो ।’

 मुस्ताङको नेपाल—चीन) कोरलानाकाबाट शुभारम्भ भएको बृहत्त सरसफाई तथा जनेचनामूलक अभियान मुस्ताङको ५ वटै स्थानीय तहमा हुने बताईएको छ । अभियानको अन्तिम तथा चौथोदिन म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र थासाङ गाउँपालिकाको घाँसामा पुगेर समापन हुने  घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानको पहिलोदिन लोमान्थाङ गाउँपालिका अन्तर्गत कोरलानाकाबाट शभारम्भ भएको र  पहिलोदिन लोमान्थाङको न्हेचुङ भन्सार कार्यालय अगाडीको सडकमार्ग, झोङ गुफा, छोसेर, ठिङ्गर र लोमान्थाङमा बृहत्त सरसफाईतथा जनचेतनामूलक अभियान सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउँनुभयो । अभियानको पहिलोदिन लोमान्थाङ गाउँपालिकापछि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको लोघेकर गुम्बा,चराङ गाउँ र लुरी गुम्बा लगायतका स्थानमा बृहत्त सरसफाई तथा जनचेतनामूलक अभियान सकिएको उहाँको भनाई छ ।

 अभियानका क्रममा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङमा पर्यटकको संख्या बढेको र चिनबाट आयात हुने सामाग्री किनमेलले कोरलानाकामा फोहारे बढेको र त्यसको व्यवस्थापन हुन नसकेको औल्याउनु भयो । ‘मित्र राष्ट्र चीनको दैलौमानै जथाभावी फोहोर मिल्काउन यसले पर्यटकीय सौन्दर्यता र वातावरणीय सन्तुलन खल्बलिन पुगेको छ,’अध्यक्ष लालचनले थपे,‘ यसका कारण कोरलानाकामा बसेका व्यापारीलाई फोहोर व्यवस्थापनका बारेमा सुसुचित गराउने कार्य भएको छ, यो अभियान सबै पालिकामा पुगेर नागरिक,व्यवसायी र पर्यटकलाई फोहोर व्यवस्थापनबारे सचेत गराउने हाम्रो ध्येय हो ।’ अध्यक्ष बिष्टले फोहोर व्यवस्थापन चुनौतीको बिषय भएकाले यसप्रकारको अभियान मात्रै पर्याप्त नभएको जनाउँनुभयो । अध्यक्ष बिष्टले मुस्ताङमा ७२ राष्ट्रका भन्दा बढी विदेशी नागरिक घुम्न र धार्मिक कार्यमा आउने भएकाले विश्वव्यापी सन्देश प्रवाह गर्ने प्रमुख लक्ष्य भएको अध्यक्ष लालचनको कथन छ ।

 कोरलानाकाबाट शुभारम्भ भएको फाहोरमैला सरसफाई तथा जनचेतनामूलक अभियान अन्तर्गत क्रमश वारागुङ मुक्तिक्षेत्रको छुसाङ, कागबेनी र मुक्तिनाथमा गरिने तय गरिएको छ । यसैगरी मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत ढुम्बाताल,जोमसोम र मार्फा लगायतका स्थानमा सरसफाई तथा जनचेतना हुने लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । यसैगरी अभियान अन्तर्गत थासाङ गाउँपालिकाको सेकुङ ताल र टिटी तालको बृहत्त सरसफाई तथा जनेचना फैलाउँदै मुस्ताङको घाँसामा पुगेर समापन हुने थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनको भनाई छ ।

 मुस्ताङका पाँच पालिकाले उपल्लो मुस्ताङको कोरलानाका देखि तलको क्षेत्रमा  संकलन भएका अजैपविक फोहोरमैलालाई यथोचित स्थानमा संकलन गरी पालिकाहरुकै  खर्चमा जोमसोम ढुवानी गरी पोखराको प्रशोधन केन्द्र सम्म पठाउने निर्णय गरेका छन् । अव्यवस्थित नकुहिने अजैविक फोहोरलाई संकलन गरी मोहोरमा परिणत गरी प्राकृतिक सौन्दर्यताले भरिएको मुस्ताङ जिल्लालाई फोहोर मुक्त जिल्लाको रुपमा विकास गर्न अभियान शुभारम्भ भएको जनाएका छन् । अयिभानमा  मुस्ताङका ५ वटै  गाउँपालिकाका जनप्रतिनिधि ,कर्मचारी र अन्य संस्थाहरुका झन्डै तीन सय जनाले उत्साहजनक सहभागिता जनाएका छन् । अभियानमा लागेको आर्थिक खर्च मुस्ताङका पाँचै वटा स्थानीय तहले व्यवहोर्ने गरी अभियानको पहिलो अभ्यास गरेका हुन् ।





प्रतिक्रिया