जोमसोम—नेकपा(एमाले) जिल्ला कमिटी मुस्ताङका अध्यक्षमा मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फाका दिपक लालचन निर्विरोध निर्वाचित भएका छन् । एमाले मुस्ताङको जोमसोममा आयोजित ८ औ जिल्ला अधिवेशनको बन्द सत्रमा अध्यक्ष पदमा लालचनको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।
अध्यक्ष पदमा मार्फाका लालचन निर्विरोध निर्वाचित भएको तर यसको घोषणा गर्न बाँकी रहेको एमालेका केन्द्रिय सदस्य चन्द्रमोहन गौचनले जानकारी दिए । यसअघि एमाले मुस्ताङको अध्यक्ष पदका लागि ३ जनाले आकांक्षा देखाएका थिए । घरपझोङ गापाकी पूर्व उपाध्यक्ष शर्मिला गुरुङ र एमाले सचिव बिनोद बिसी अध्यक्ष पदको रेशमा थिए ।
उनीहरुबीच सहमती जुटाउने प्रयास गर्दा बन्द सत्र लम्बिएको थियो । ३० सदस्ययीय पदाधिकारी तथा सदस्यका लागि सर्वसम्वतीको प्रयास भईरहेको केन्द्रिय सदस्य गौचनले बताए ।
५ जेठ २०८१, शनिवार ०८:२४ मा प्रकाशित
946