डिभिजन वन कार्यालयद्वारा जोमसोममा वृक्षारोपण तथा सरसफाई (तस्विरसहित)

जोमसोम ।

मुस्ताङमा विश्व सिमसार दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । यहाँ स्थित डिभिजन कार्यालयको आयोजनामा सोमबार मुस्ताङको घरपझोङ—४ जोमसोम स्थित धोर्थाङमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरी विश्व सिमसार दिवस मनाईएको हो ।


 ‘प्लाष्टिक, प्रदुषण न्यूनिकरण हाम्रो दायित्व’ नारासहित डिभिजन वन कार्यालयले वृक्षारोपण तथा सरसफाई कार्यक्रम आयोजना गरेको हो । दिवसका अवसरमा आयोजित वृक्षारोपण तथा सरसफाई कार्यक्रममा जिल्ला प्रशासन, कार्यालय, सुरक्षा निकाय,घरपझोङ गाउँपालिका, स्वास्थ्य कार्यालय, सरक्षण व्यवस्थापन समिति जोमसोम र एक्याप लगायतका कर्मचारीहरुले  जोमसोम स्थित कालिगण्डकी नदी छेउको धोर्थाङ सिमसार क्षेत्रमा वृक्षारोपण तथा सरसफाई गरेका छन् ।


सिमासार दिवसका अवसर डिभिजन वन कार्यालयले ५० वटा भन्दा बढी गोब्रे सल्ला र धुपीका विरुवा रोपण गरी धोर्थाङ सिमसार स्थलको बृहत सरसफाई गरिएको डिभिजन वन प्रमुख चुडामणी बरालले जानकारी दिनुभयो । सरसफाई तथा वृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालय मुस्ताङसहित जिल्ला स्थित एक दर्जन बढी सरकारी कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको प्रमुख बरालको भनाई छ ।

 यसैगरी जोमसोम स्थित कालिगण्डकी सिमसार क्षेत्रको फोहोर मैला संकलन गरी फोहोरमैला संकलन केन्द्रमा लगेर व्यवस्थापन गरिएको छ ।


नेपालमा बर्सेनि यसप्रकारको सिमसार दिवस फ्रेब्रअरी २ मा मनाईने गरिन्छ । सिमसार क्षेत्रको महत्व बारे जानकारी दिईने,जैविक विविधताको संरक्षणका लागि सिमसार क्षेत्रको संरक्षण गर्नुपर्ने उद्देश्य राखिने गरिएको छ सिमसार क्षेत्र सुरक्षित रहेमात्रै पानीको स्रोत संञ्चित हुने बाढी पहिरोको रोकथाम र वन्यजन्तु तथा चराचुरुङीहरुको आश्रय स्थल सुरक्षित रहने भएकाले सिमसास क्षेत्रको  जोगाउनु पर्ने सबैको दायित्व रहेको कार्यालय प्रमुख चुडामणी बरालले उल्लेख गर्नुभयो ।




प्रतिक्रिया