हिमाली जिल्ला मुस्ताङसहित म्याग्दी र पर्वत जिल्लाका बिद्यार्थीहरुलाई यातायात सेवामा १५ देखि ३० प्रतिशतसम्म सहुलियत प्रदान गरिएको छ । गत शुक्रबार जिल्ला प्रशासन कार्यालय म्याग्दीको रोहबरमा म्याग्दी कोरला यातायात प्रा.लि. अन्तर्गतका व्यवसायी, विभिन्न संघ संगठनका बिद्यार्थी प्रतिनिधि र अन्य सरोकारवाला निकाय सम्मिलित संयुक्त बैठकले तीन जिल्लाका बिद्यार्थीहरुलाई यातायात सेवामा उक्त सहुलियत प्रदान गर्ने निर्णय गरिएको हो ।
‘तपाईको सुरक्षित यात्रा, हाम्रो प्रतिवद्धता’ नारासहित म्याग्दी कोरला यातायात प्रा.लि.ले पहिलो पटक विद्यार्थीहरुको सुविधाका लागि यसप्रकारको निर्णय गरिएको प्रा.लि.का अध्यक्ष मोहन केसीले जानकारी दिनुभयो । यो निर्णय कार्यान्वयनमा आएसंगै मुस्ताङसहित म्याग्दी र पर्वतका विद्यार्थीहरुले म्याग्दी कोरला यातायात प्रा.लि.मा यात्रा सेवा लिएवापत १५ प्रतिशत देखि ३० प्रतिशतसम्म छुट सहुलियत पाउँने व्यवस्था मिलाईएको प्रा.लि.का अध्यक्ष केसीको भनाई छ ।
प्रा.लि.ले बिद्यार्थी सहुलियत प्रदान गर्ने निर्णय परीक्षणका रुपमा लिएको र यसको पारदर्शी ढंगले कार्यान्वयनमा आउन सकेमा क्रमशः निरन्तरता दिदै जाने अध्यक्ष केसीको भनाई छ । प्रा.लि. अध्यक्ष केसीले बिद्यार्थीहरुलाई यसप्रकारको छुट सहुलियतको व्यवस्था सबै यातायात व्यवसायीहरुले कार्यान्वयनमा ल्याउन सकेमा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
म्याग्दी कोरला यातायात प्रा.लि. २५ वर्ष भन्दा कम उमेर समुहका बिद्यार्थीहरुलाई यातायात सेवामा ३० प्रतिशत छुट प्रदान गर्ने र २५ वर्ष भन्दा माथि उमेर समुहका बिद्यार्थीहरुलाई बिद्यार्थी परिचयपत्रका आधारमा १५ प्रतिशत यातायात सेवामा छुट सहुलियत प्रदान गर्ने व्यवस्था गरिएको हो । म्याग्दी कोरला यातायात प्रा.लि. अध्यक्ष केसीले मुस्ताङका स्थानीय बिद्यार्थीसहित म्याग्दी र पर्वतको जलजला गाउँपालिका अन्तर्गत विद्यार्थीहरु यसप्रकार सेवा उपलब्ध गराउने मापदण्ड निर्धारण गरिएको बताउँनुभयो ।
यसअघि पोखरा—जोमसोम यातायात सेवा सञ्चालन गर्दैआईरहेको म्याग्दी कोरला यातायात प्रा.लि.ले अपांगता भएका र ज्येष्ठ नागरिकहरुका लागि उनीहरुको परिचयपत्रका आधारमा ५० प्रतिशत छुट सहुलियत प्रादन गर्दैआईको छ । प्रा.लि.ले अपांगता र ज्येष्ठ नागरिकहरु उपलब्ध गराउँदै आईरहेको ५० प्रतिशत छुटको व्यवस्था पनि निरन्तर कार्यान्वयमा यथावत राखेको जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली