छुसाङ —चैले सडक स्तरोन्नति अन्तिममा

जोमसोम—उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक अन्र्तगत जोमसोम—कोरला सडकखण्डको (छुसाङ—चैले) सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाद्वारा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ को (छुसाङ—चैले) ५ किमी दुरीमा यसअघि हस्तान्तरण भईसकेको सडक स्तरोन्नति गरिएको हो ।

राष्ट्रिय गौरवको सडक अन्र्तगत कोरला सडकखण्डको (छुसाङ—चैले) सडक स्तरोन्नति,कल्भर्ट तथा डे«न निर्माण र छुसाङ स्थित मुस्ताङ गेट पुल संरक्षण लगायतका कार्य गर्न ४ करोड ३१ लाख ८३ हजार लागतमा रोहित एण्ड छिरिङ÷डी.एस. बिल्डर्स÷युनाईटेड जेभी कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । आर्थिक वर्ष ९ चैत्र २०८० सालमा ठेक्का सम्झौता भएको( छुसाङ—चैले)सडक स्तरोन्नतिको सम्झौता अवधि ६ महिना रहेको थियो ।तर, निर्माण कम्पनीले  सम्झौता अवधिमा ९५ प्रतिशत भौतिक प्रगती सम्पन्न गरेको आयोजनाका सूचना अधिकारी ईन्जिनीयर बिष्णु चापागाईले जानकारी दिए ।

 निर्माण कम्पनीले छुसाङ स्थित मुस्ताङ गेटको पक्की पुल संरक्षणका लागि उत्तर÷दक्षिण एप्रोज सडकको दुईतर्फी ग्याविन वाल निर्माण र एप्रोज सडक निर्माण गरेको उनले बताए । गतवर्ष कालिगण्डकी नदीको कटानले छुसाङ स्थित मुस्ताङ गेटको पुलको एप्रोज सडकमा आशिंक क्षति पुगेको थियो भने सडक आवागनमा समेत जोखिम बढेको थियो । यस्तै, बर्खायामका अविरल वर्षाले चैले गाउँ तलको सडक मोड आसपासमा सडक तलको संरचना भासिदा सडक जोखिम उत्पन्न भएको थियो । त्यहाँ सडक जोगाउन ग्याबिन वाल लगाइएको आयोजनाका सूचना अधिकारी ईन्जिनीयर चापागाईले उल्लेख गरे ।  

आयोजनाले ४ वर्षअघिनै हस्तान्तरण भईसकेको सडकको आवश्यक स्थानमा कल्भर्ट र ड्रेन समेत निर्माण गरेको छ । छुसाङ —चैले मोडमा सडक आरसीसी समेत गरिएको ईन्जिनीयर चापागाईले जनाए ।

राष्ट्रिय गौरवको उत्तरी कोरलानाका जोड्ने जोमसोम —कोरला सडक २०७३÷०७४ सालमा ७ खण्डमा ग्राभेल सडक निर्माण सुरु गरिएको थियो । जसअन्र्तगत गतवर्षको नयाँ ठेक्का सम्झौता अनुसार छुसाङ—चैले सडकको आवश्यक स्तरोन्नति थालिएको हो ।

 कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले कागबेनीदेखि घमी सम्मको सडकमा कालोपत्रे सडक बिस्तारका लागि पनि आवश्यक प्रक्रिया अघि बढाएको छ । जसअन्र्तगत आयोजनाले कागबेनीदेखि घमी सम्मको सडकमा कालोपत्रे गर्ने लक्ष्य लिएर वातावरण प्रभाव मूल्यांकन (आईई)को प्रक्रिया अघि बढाएको जनाएको छ । आयोजनाले कागबेनी—घमी सडकको आईई प्रतिवेदन स्वीकृत भएमा कालोपत्रे ठेक्का प्रक्रिया अघि बढ्ने जनाएको छ ।


प्रतिक्रिया