मुस्ताङ, २५, जेठ ।
भारत सरकारको आर्थिक अनुदान सहयोगमा मुस्ताङको लोमान्थाङ गाउँपालिका—२ छोसेर स्थित दिव्यदीप माध्यमिक विद्यालयका लागि छात्रावास भवन तथा चमेना गृह भवन निर्माण गरिने भएको छ । त्यसै प्रयोजनार्थ लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीन्हर्वु गुरुङ र भारतीय राजदुतावासका नियोग उपप्रमुख प्रशन्न श्रीवास्तवले आईतबार एक समारोहबीच संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।
नेपाल— भारत विकास साझेदारी सहयोग अन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ स्थित छोसेरमा दिव्यदीप स्कुलको दुईतलाको विद्यार्थी छात्रावास भवन तथा चमेना गृह भवनको शिलान्यास गरिएको हो । भारत सरकारका आर्थिक अनुदानमा निर्माण हुँने उपल्लो मुस्ताङको दिव्यदीप माध्यमिक विद्यालय (नेपाल—चिन) कोरलानाकाबाट १६ किमी दक्षिणको सशस्त्र प्रहरी बल (बिओपी) नजिकै पर्छ ।
भारतसरकारको ८० प्रतिशत र लोमान्थाङ गाउँपालिकाको २० प्रतिशत लागत साझेदारी रहने गरी उपल्लो मुस्ताङको छोसेरमा दिव्यदीप माध्यमिक विद्यालयको दुईतलाको २४ कोठे छात्रावास भवन तथा चमेना गृह भवनको पूर्वाधार निर्माण हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केशीले जानकारी दिनुभयो । विद्यालय छात्रावास भवनको ४ करोड ३० लाख लागतमा रेन्वो कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत केसीले बताउँनुभयो । छात्रावास भवनको सम्झौता अवधि १५ महिनाको रहेको उहाँले जनाउँनुभयो ।
विद्यालयको छात्रावास भवनको शिलान्यास कार्यक्रममा भारतीय दुतावासका नियोग उपप्रमुख प्रशन्न श्रीवास्तव र लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङसहित दुतावासका अधिकारी विनय आनाद,उपाध्यक्ष छ्युमी बिष्ट गुरुङ,लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट (राजु), लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केशी, लोमान्थाङ गाउँपालिकाका वडाध्यक्षहरु, निफुक गुम्बा,पाल एण्ड नाम्ग्याल गुम्बा, छोदे गुम्बा र गरफुक गुम्बाका खेम्पो तथा लामाहरु, दिव्यदीप विद्यालयका शिक्षक÷शिक्षिका, व्यवस्थापन समिति र सुरक्षा निकाय लगायतको उपस्थिती रहेको थियो ।
दिव्यदीप स्कुलको छात्रावास भवनको शिलान्यास गर्दै दुतावासका नियोग उपप्रमुख प्रशन्न श्रीवास्तवले नेपाल—भारत सम्वन्ध सांस्कृतिक तथा सामाजिक रुपमा पुरापूर्व कालदेखि चल्दैआईरहेको बताउनुभयो । उहाँले नेपाल—भारत विकास साझेदारीको अवधारणा अन्तर्गत छात्रावास भवनको शिलान्यास गर्न पाउँदा गौरान्वित महशुस भएको उल्लेख गर्नुभयो ।
गाउँपालिका अध्यक्ष टसीन्हुर्बृु गुरुङले भारत सरकारबाट हिमाली जिल्ला मुस्ताङको शैक्षिक ,स्वास्थ्य र सांस्कृतिक विकास र पूर्वाधारमा पु¥याएको योगदानको प्रशंसा व्यक्त गर्नुभयो । गाउँपालिकाले यहाँको शैक्षि विकासलाई मुख्य प्राथमिकतामा राखेर काम गर्दैआईरहेको उल्लेख गर्नुभयो ।
उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको उपल्लो मुस्ताङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गत त्यहाँको एक मात्र माध्यमिक तहको दिव्यदीप माध्यमिक सरकारी विद्यालय हो । त्यहाँ अहिले मुस्ताङसहित विभिन्न जिल्लाका ६४ जना विद्यार्थीहरुले हिमाली आवासीय छात्रावास सेवासुविधासहित शैक्षिक पठन÷पाठन गर्दै आईरहेको विद्यालयका प्रधानाध्यापक कमलेश कुमार त्रिपाठीले जानकारी दिनुभयो । विद्यालयको हाल सञ्चालनमा रहेको ढुंगा र माटोले बनेको छात्रावास भवन जीर्ण भएकाले नयाँ भवन बनाउन परेको उहाँले बताउँनुभयो ।
भारत सरकारले मुस्ताङ जिल्लाका आधा दर्जन भन्दा बढी सरकारी विद्यालयहरुको पूर्वाधार निर्माणमा आर्थिक साझेदारी गर्दैआईरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली