मुस्ताङ,१०,भदौ
कास्कीका रोजिना थापामगर आर्चरी च्याम्पियन बनेकी छिन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ पुराङ रानीपौवामा आयोजित यार्तुङ पर्वको महिला आर्चरी खेलतर्फ बाँकी सात प्रतिस्पर्धीहरुलाई पछि पार्दै रोजिना थापामगर आर्चरी च्याम्पियन बनेकी हुन् ।
मुक्तिनाथ मुस्ताङका स्थानीय वरिष्ठ समाजसेवी भिम गुरुङको पुरस्कार प्रायोजन तथा संयोजनमा जनप्रिय युवाक्लव मुक्तिनाथले यार्तुङ महिला खुल्ला आर्चरी प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा मुस्ताङसहित मनाङ,कास्की र काठमान्डौका गरी कुल आठ जना महिला प्रतियोगिहरुले भाग लिएका थिए ।

सात डोरमा १४ पुर्णाङक रहने गरी संञ्चालन गरिएको प्रतियोगितामा कास्कीकी च्याम्पियन रोजिना थापामगरले दुई खोलसहित सर्वाधिक १३ अंक जोडेकी थिईन् । उनको एक मात्रै निसाना खेर गएको थियो । दुई खोल हान्न सफल प्रतियोगी रोजिनालाई स्थानीय वरिष्ठ समाजसेवी भिम गुरुङले दुई पटक गरी चार हजार पुरस्कार प्रदान गर्नुभएको थियो ।
यसैगरी प्रतियोगितामा कास्कीकी अनुस्का शेरचन आर्चरी उपविजेता बनेकी छिन् । उनले सात डोरको कुल १४ पूर्णाङकमा पाँच निसाना खर्चिदै ९ अंक जोडेकी थिईन । प्रतियोगिताम कास्कीकै रिना गुरुङले ६ अंक जोड्दै तेस्रो स्थान हासिल गरेकी छिन् ।
मुस्ताङमा आयोजित महिला आर्चरी च्याम्पियनले नगद ५० हजार,उपविजेताले २० हजार र तेस्रो हुनेले नगद १० हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र पाउँने भएका छन् । क्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले पुरस्कार तथा मेडल यार्तुङ पर्वको समापनको दिन प्रदान गरिने बताए ।

मुक्तिनाथमा आयोजित महिला आर्चरी खेलाडीहरुको हौसला र प्रोत्साहनका लागि मुक्तिनाथ पुराङ रानीपौवाका ज्येष्ठ नागरिक महिलाहरुले खाँदा लगाएर शुभकामना दिएका थिए ।
प्रतियोगीहरुलाई यातायात खर्च स्वरुप वरिष्ठ समाजसेवी भिम गुरुङले जनही पाँच हजार रुपैया खेलाडीहरुलाई हस्तान्तरण गर्नुभएको जनप्रिय युवाक्लवले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली