थाक खेलकुदको ओपनिङमा राजनीतिक कुण्ठा र जुहारीको परिदृष्य


जोमसोम— ५१ औं संस्करणको मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८१ को ओपनिङमा  राजनीतिक कुण्ठा छताछुल्ल भएको छ । मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघले पर्यटकीय गाउँ मार्फामा  शनिबार आयोजना गरेको थाक खेलकुद ओपनिङमा नेताहरुको राजनीतिक  कुण्ठा र व्यक्तिगत जुहारीका कारण थाक भलिबलको समुदघाटन दिउँसो २ बजेसम्म लम्बियो ।

 मार्फामा ५१ औं संस्करणको थाक खेलकुदका लागि शनिबार बिहान ७ बजे बाजागाजासहित प्रभातफेरी गरियो । फेरी बिहान ७ः३० बजे कार्यक्रम स्थलमा पुग्यो ।

 बिहान ८ बजे थाक खेलकुदको ओपनिङ कार्यक्रम सुरु हुने र त्यसलाई सक्दो छिटो छरितो सम्पन्न गरेर थाक खेलकुदका कार्यक्रम अघि बढाउने तयारी थियो । ५१ औं संस्करणको थाक खेलकुदमा प्रमुख अतिथि थिए पूर्व वाणिज्यमन्त्री एवं संविधान सभा सदस्य रोमी गौचन थकाली र  संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन साथै थिए । त्यहाँ संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङ र श्रीमाया थकाली लगायत जिल्ला प्रवुद्ध व्यक्तिहरुको आसन थियो । संघकी उपाध्यक्ष कमला लालचनले स्वागत गरेपछि पूर्व संघीय सांसद प्रेमप्रसाद तुलाचनले बोल्ने मौका पाए । उनले मन्तव्यका क्रममा केही समसामयिक र र राजनीतिक विषय उठान गरे । उनको उठानले पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकाली र छोरा संघीय सांसद योगेश गौचन थकालीलाई पक्कै भित्री तहसम्म छायो कि कुन्नी त्यसपछि थाक खेलकुद ओपनिङले राजनीतिक तथा समसामयिक विषयले प्रवेश पायो ।

पूर्व वाणिज्य मन्त्री रोमी र संघीय सांसद योगेश पनिले फायर खोले । आयोजकले छोटो मन्यव्यका लागि आग्रह गरेपनि पूर्व वाणिज्य मन्त्री रोमी र संघीय सांसद योगेशले करिव १÷१ घण्टा लामो भाषण दिए । तुलाचन र गौचनबिचको आपसी कुण्ठा युक्त जुहारीले थाक खेलकुद संञ्चालनमा बिलम्व भयो । त्यसो त प्रमुख अतिथि निर्धारित समय भन्दा डेढ घण्टा ढिला कार्यक्रम स्थलमा पुग्दा खेल हेर्न पुगेका दर्शक मुरमुरिएर बसेका थिए । लम्बेतान भाषणमा विकास निर्माणको अपनत्व र भित्री अदृष्य कुण्ठा पोखिएको प्रष्ट देखिन्थ्यो ।

 थाक भलिबलमा अझै गज्जव र रोचक पक्ष जुन जुन व्यक्ति बिचको कुण्ठायुक्त राजनीतिक भाषणको सवाल जवाफ थियो उनै बिच कृतिम आत्मियता तस्विर प्रष्टै देखिन्थ्यो । रोमी गौचन थकाली र प्रेमप्रसाद तुलाचनबिचको आन्तरिक राजनीतिक द्धन्द र बदलाव छदै थियो यद्यपी उक्त कार्यक्रममा संघीय सांसद योगेश गौचन थकालीले पूर्व संघीय सांसद तुलाचनलाई सम्मान गर्ने कार्यतालिका थियो । तुलाचनलाई यसपटक संघले पूर्व अध्यक्षको कार्यकालमा महत्वपूर्ण योगदान पू¥याएको भन्द दोसल्ला र प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम थियो । योगेशले २०७९ को संघीय निर्वाचन प्रतिद्धन्दी तुलाचनलाई प्रमाणपत्र अर्पण गरे । यो संयोग मात्रै थियो । किनकी मुस्ताङमा तुलाचन र गौचनबिचको अघोषित कुण्ठा मेटिएको छैन । राजनीतिक बिचारले फरक भएपनि एउटै गाउँ एउटै ठाउका यी दुई नेता बिचका आन्तरिक दरारले थाक खेलकुदको ओपनिङ कार्यक्रमलाई निकै लामो समयपछि धेकेल्यो ।

 थाक खेलकुद तथा सांस्कृतिक विकास संघका अध्यक्ष कृष्ण कुमार शेरचनले थाक खेलकुदको ओपनिङमा प्राविधिक तथा राजनीतिक विषय जोडिदा विलम्व भएको बताए । थाक खेलकुदद्वारा आयोजित सांस्कृतिक कार्यक्रम अध्यक्ष शेरचनले थाक खेलकुदलाई सहयोग गर्ने व्यक्ति र कार्यक्रमको कार्यतालिकाबारे जानकारी दिन खोजेको भएपनि ओपनिङ कार्यक्रम लम्बिन पुगेकाले सार्वजनिक गर्न नसकेको बताएका छन् ।

 थाक खेलकुदको कार्यक्रम हेर्न पुगेका दर्शकहरुले लम्बेतान भाषणप्रति आक्रोश व्यक्त गरेका थिए । नाम नखुलाउने एक दर्शकले भनेका थिए‘ कार्यक्रम नेचर अनुसारको भाषण हुनुपर्छ, यो त चुनावी भाषण देखियो । यो जुहारी खेल्ने मञ्च होईन, यो त भाईचारा अभिवृद्धि खेलकुद मेला हो, खै बुझेको ?।’


प्रतिक्रिया