मुस्ताङको कागबेनी मोडको ओरालोमा बस दुर्घटना ,२१ घाईते (सूचीसहित)

जोमसोम—मुक्तिनाथ दर्शन गरी फर्किएको यात्रुवाहक बस मंगलबार बिहान मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी मोडको ओरालोमा दुर्घटना भएको छ । काठमान्डौंबाट कलेजका बिद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएको प्रदेश—३—०१—००६ ख ६२२ नम्बरको यात्रुबाहक बस मुक्तिनाथबाट जोमसोम फर्किन क्रममा  बिहान ९ बजेको समयमा कागबेनी मोडको ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । 

  बसमा चालकसहित ३० जना बिद्यार्थी यात्रु सवार थिए । बस दुर्घटनामा १४ जना पुरुष र ७ जना महिला घाईते भएका हुन् । बस दुर्घटना भएको सूचना पाएपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेसहित कागबेनी प्रहरी चौकीका सुरक्षाकर्मीहरु  बस दुर्घटना स्थलमा पुगेका थिए । दुर्घटना स्थलमा स्थानीय निकायका जनप्रतिनिधि र स्थानीइबासी समेत उद्दारमा खटिएका थिए । प्रहरी र प्रशासनका समन्वयमा बस दुर्घटनामा परेका घाईतेहरुलाई उपचारका लागि मुस्ताङ अस्पतालमा पू¥याएको छ । प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बस दुर्घटनामा परेका घाईतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको प्रारम्भिक उपचार भईरहेको जानकारी दिए ।

 यसअघि मुक्तिनाथबाट फर्किएको बिद्यार्थी सवार बस बे्रकफेल भई कागबेनी माथिको मुक्तिनाथ सडकको भिरालो सतहमा सडकमा पल्टिन पुगेको थियो । बस सडककोबीचमा पल्टिएपछि करिव ३ घण्टा कागबेनी—मुक्तिनाथ सडक अवरुद्ध भएको थियो । प्रहरी र प्रशासनको समन्वयमा डोजरको सहायताले दुर्घटनाग्रष्त बसलाई सडक किनारामा पन्छ्याईपछि मुक्तिनाथ अवरुद्ध सडक संञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए । बस दुर्घटना भई सडकमै पल्टिदा दर्जनौ सवारी साधनहरु कागबेनीमा रोकिएका थिए ।

 जोमसोम—मुक्तिनाथ २१ किलोमिटर दुरीको सडक अन्तर्गत कागबेनीदेखि मुक्तिनाथ जाने सडकको पहिलो मोड दुर्घनाग्रष्त क्षेत्रको रुपमा लिने गरिन्छ । कागबेनी—मुक्तिनाथ सडक कालोपत्र भईसकेपछि हालसम्म पटक—पटक त्यहाँ सवारी साधन दुर्घटना हुने गरेको छ । त्यस स्थानमा यसअघि बस दुर्घटना हुँदा दर्जनौं तीथ यात्रीले ज्यान गुमाएका थिए । साँघुरो सडक र भिरालो सतह भएकाले त्यहाँ सवारी साधन दुर्घटना हुने गरेको हो । तीब्र गतीमा सवारी साधन चलाउने र सडकका अवस्थाको थाहा नपाउने जिल्ला बाहिरबाट आएका सवारी साधनलाई स्पीड कन्ट्रोल गर्न नसक्दा दुर्घटना हुने गरेको हो ।

पटक÷पटक दुर्घटना भईरहेको उक्त स्थानको सडकमा मोडलाई फराकिलो बनाई सडक स्तरोन्नति गर्नुपर्ने कागबेनी गाउँका स्थानीयहरु बताउँछन् ।

घाईतेहरुको नामावली :

१.जिला सिराहा लहान न.पा.–१२ बस्ने बर्ष २० को आदेश आचार्यको हात नाकमा सामान्य चोट ।

२. जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा.–३ बस्ने बर्ष २० को अनुज न्यौपाने सामन्य ।

३. जिल्ला सिराहा गोलबजार न.पा.–६ बस्ने बर्ष २१ कि ज्योति कुमारी साहको हात र ढाडमा सामान्य चोट 

४.  जिल्ला गुल्मी रुरु गा.पा.–५ बस्ने बर्ष २१ कि समिक्षा ज्ञवालीको टाउको पछाडी भित्रि चोट,सामान्य रहेको ।

५. जिल्ला काठमाण्डौ कृतिपुर न.पा.–८ बस्ने बर्ष २० कि प्रतिक्षा खड्काको ढाडमा चोट, अबस्था सामान्य ।

६. जिल्ला ओखलढुङ्गा  घर भई हाल जिल्ला भक्तपुर चागुनारायण बस्ने बर्ष २० कि  बिन्दा दाहालको बाया हातमा चोट, सामान्य  ।

७. जिल्ला काठमाण्डौ काठमाण्डौ म.न.पा.–९ एरपोर्ट  बस्ने बर्ष १९ कि अनामिका थापाको दाहिने खुट्टामा चोट, अबस्था मध्येम ।

८.जिल्ला कैलाली गोदाबरी न.पा.–१० बस्ने बर्ष २१ को धुर्वराज जोसीको बाहिरी चोट नभएको, अबस्था सामान्य ।

९. जिल्ला भोजपुर, भोजपुर न.पा.–९ बस्ने बर्ष २० को पेसल बस्नेतको बाहिरी चोट नभएको, अबस्था सामान्य  १०.जिल्ला महोत्तरी  जलेश्चर न.पा.–१ बस्ने  बर्ष २२ कि रम्मा कुमारीको  दाहिने  हात र खुट्टामा भित्री चोट, अबस्था सामान्य रहेको ।

११. जिल्ला पाचथर कुम्भायोग गा.पा.–१ बस्ने बर्ष २३ को आदेश लावतिको दुबै हातमा सामन्य चोट, 

१२. जिल्ला सुनसरी हरहरी न.पा.–८ बस्ने बर्ष २२ को निशान  रसाईलीको दाहिने हातमा सामान्य चोट ।

१३. जिल्ला धनुषा जनकपुर  धनगढी न.पा.१२ बस्ने बर्ष २० को बटेश्वर न.पा.–२ बस्ने बर्ष २४ को सुरज कुमार परियारको दाहिने हात र खुट्टामा सामान्य चोट ।

१४. जिल्ला बर्दिया मधुवन न.पा.–६ बस्ने बर्ष २० को सुवास नेपालको ढाडमा भित्री चोट , अबस्था सामान्य ।

१५. जिल्ला काभे तेमाल गा.पा.–६ बस्ने बर्ष २१ को सौगात त्रिपाठीको दाहिने हातमा भित्री चोट, सामान्य ।

१६. जिल्ला सर्लाही कौदेना गा.पा.–१ बस्ने बर्ष २० को राहुलको साहको ढाडमा भित्री चोट, सामान्य ।

१७.जिल्ला काठमाण्डौ काठमाण्डौ म.न.पा.–३५बस्ने साईरस तामाङको ढाडमा भित्री चोट, सामान्य ।

१८. जिल्ला भक्तपुर सुर्यबिनायक न.पा.–  बस्ने बर्ष२१ कि अनमिका सुवारको बाया घुडामा सामन्य चोट ।

१९. जिल्ला धनुषा जनकपुर न.पा.–११ बस्ने बर्ष २२ को दिपक कुमार निधिको आँखामा चोट, सामान्य ।

२०. जिल्ला सर्लाही हरिवन न.पा.–४ बस्ने बर्ष २२ को निरन्जन साहको दुबै हातमा भित्री चोट , सामान्य ।

२१. जिल्ला डोटी शिखर न.पा.–८ बस्ने  बर्ष २१ को रोहित बलायरको घुडामा भित्री चोट, सामान्य ।

 दिनेः– प्र.ब.ह. हिरा थापामगर 

मितिः–२०८१।०१।१८ गते ।


प्रतिक्रिया