प्रदेश अस्पताल मुस्ताङ ‘एक थकित रात, जीवनरक्षक सफलता

प्रदेश अस्पताल मुस्ताङ ‘एक थकित रात, जीवनरक्षक सफलता

जोमसोम-   मुस्ताङको प्रदेश अस्पताल जोमसोमले एक सुत्केरी महिलाको ज्यान जोगाउन सफल भएको छ । गम्भिर प्रशवपछिको रक्तस्रावबाट जुधिरहेकी उपल्लो मुस्ताङ स्थित ३० वर्षीय महिलाको प्रदेश अस्पताल जोमसोमका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समर्पित टोलीले जिवनरक्षक सफलतासंगै ती सुत्केरी महिलाको अकालमा ज्यान जाने जोखिमबाट बचाएको हो ।

मुस्ताङ स्थित प्रदेश अस्पताल जोमसोमले यो सफलतालाई ‘एक थकित रात,तर, जीवनरक्षक सफलताः’ प्राप्त भएको उल्लेख गर्दै अस्पतालको आधारिक फेसबुक पेजमा उक्त भनाई उदृत गरेको छ । कठिन भूगोलमा सुत्केरीपछि प्रशव रक्तस्रावबाट जुधिरहेकी ति सुत्केरी महिलाको सफलतापूर्वक शल्यक्रिया तथा रगत चढाउने जस्ता जटिल कार्यहरु जिल्लामै सफल भएको भन्दै यसलाई ऐतिहाँसिक सफलकार्य भएको प्रदेश अस्पताले उल्लेख गरेको छ।

जोमसोमदेखि उत्तरतर्फ चीनको सीमानासंग जोडिएको लोमान्थाङकी ति सुत्केरी महिलालाई गम्भिर समस्यापछि आईतबार साँझ जोमसोम स्थित प्रादेशिक अस्पतालमा ल्याई पु¥याईएको थियो । अस्पताल ल्याउनु अघि प्रदेश अस्पताल जोमसोममा कार्यरत चिकित्सक डा. विशाल सापकोटासंग परामर्श लिईएको थियो । अस्पतालले मरामर्शपछि प्रदेश अस्पताल जोमसोममा भर्ना गरिएकी ति महिलाको उपचारकार्यको चाँजोपाँजो मिलाईएको थियो ।

मुस्ताङ स्थित प्रदेश अस्पतालको कठाृेर परिश्रम,सही समयको निर्णय र उत्कृष्ट समन्वयका कारण सुत्केरीपछि प्रशव रक्तस्रावबाट जुुधिरहेकी आम र नवजात शिशुको जीवन सुरक्षित गर्न सफल भएको अस्पतालका चिकित्सक डा. विशाल सापकोटाले जानकारी दिनुभयो । रक्तस्रावको प्रशवमा जुधिरहेकी ति सुत्केरी  महिला घरमै सुत्केरी भएपनि पाठेघरमा नाल टाँसिएर बसेकाले झर्न नसकेको र रक्तस्राव भईरहेको अवस्थामा जोमसोम स्थित प्रदेश अस्पतालमा उपचार सुरु गरिएको डा. सापकोटाले उल्लेख गर्नुभयो ।

 प्रशव रक्तस्रावबाट जुधिरहेकी सुत्केरी महिलाको हातबाट नाल निकाल्ने, शल्यक्रिया र रगत चढाउने जस्ता जटिल प्रक्रियाहरु एकै रातमा सम्हाल्ने गरी साहस र दक्षताका साथ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले कठिन मेहनत गर्नुभएको थियो ।

प्रदेश अस्प्ताल जोमसोम मुस्ताङको समर्पण ,जागरुक र जिम्मेवारीले आज फेरी जीवनको आशा फर्काएको  अस्पतालले उल्लेख गरेको छ । यस साहसिक र कार्यदक्षतापूर्ण कार्यमा अस्पतालका चिकित्सक डा. विशाल सापकोटा,डा. अशोक चापाई,ऐनेस्थेसिया सहायक बालकुमारी राना,स्टाप नर्स दिव्या जीसी,सुधा पौडेल,संगिता थापा तथा स्वास्थ्य सहायक कुशल नेपाली लगायतको टोली खटिएका थिए । 

यसैगरी पाठेघरमा नाल अड्किएर बसेको र प्रशव रक्तस्रावको समस्या झेलिरहेकी ति सुत्केरी महिलाको रक्त परीक्षण, क्रस म्याचिङ तथा आपतकालीन रक्तदान सहयोग गर्ने अस्पतालमा कार्यरत ल्याब टेक्निसियन अनिता थापा, रक्तदाता अस्पताल फार्मेसी सहायक दीपक कुमार खत्री र अस्पताल नेत्र सहायक विज्ञान श्रेष्ठले रक्तदान गरेर पुण्यकार्यमा योगदान दिएका थिए ।

 दुुई साताअघि पछि प्रदेश अस्पताल जोमसोम मुस्ताङले घरपझोङ—५ ठिनी बस्ने २३ वर्षीय एक महिलाको सुत्केरीपछि अत्यधिक रक्तस्राव भई अस्पताल भर्ना गरिएको थियो । त्यसमय पछि प्रदेश अस्पताल जोमसोम मुस्ताङका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सफलतापूर्वक शल्यक्रिया तथा एक व्यक्तिबाट अर्को व्यक्तिमा रगत चढाउने कार्य गरेका थिए ।

यसप्रकारको गम्भिर प्रकृतिका बिरामीहरुलाई आशिंक रुपमै भएपनि सफलतापूर्वक जिवनरक्षा गर्न सफल भएकोप्रति प्रदेश अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष एवं जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले धन्यवाद व्यक्त गर्नु भएको छ ।




प्रतिक्रिया