जोमसोम—मुस्ताङको थासाङ गाउँपालिका—४ झिप्रा देउराली बस्ने ५० वर्षीय आईतबहादुर नेपाली आईतबार देखि परिवारबाट सम्पर्कविहिन भएका छन् । उनको खोजतलासका लागि परिवारका सदस्यहरुबाट जिल्ला प्रहरी कार्यालय मुस्ताङमा निवेदन परेको थियो । तर, नेपालीको चारैतीर खोजतलास गरिंदा समेत अझे फेला पर्न सकेको छैन ।थासाङको झिप्रा देउराली बस्ने गहुगोरो वर्ण , उचाई ५ फिट ६ ईञ्च र रातो सर्ट लगाएको ५० वर्षीय नेपालीको नेपाल प्रहरी र नेपाली सेनाको टोलीले खोजीकार्य गरिरहेको भएपनि हालसम्म फेला पार्न नसकिएको मुस्ताङका प्रहरी प्रमुख डिएसपी सुर्यबहादुर बोगटीले जानकारी दिए । हराएको दिन आईतबार घरबाट मुस्ताङको थासाङ—४ घाँसामा आफन्त मरेको ठाउँमा पुगेका थिए । मादक पदार्थ सेवन गरी आफन्त मरेको ठाउँबाट हिडेका नेपाली त्यसपछि भने सम्पर्कमा नआएको प्रहरीमा पेश गरिएको निवेदनमा उल्लेख छ । घटनाका सम्वन्धमा सोही वडाका वडाध्यक्ष नगेन्द्र शेरचनले हराएको भोलीपल्ट सोमबार ईलाका प्रहरी कार्यालय लेतेलाई सम्पर्क गरेर जानकारी दिएका थिए ।लगातार ६ दिनसम्म खोजी गर्दा समेत फेला नपरेका नेपालीको खोजी कार्यका लागि ईलाका प्रहरी कार्यालय लेतेबाट ३ जना र प्रहरी चौकी घाँसाबाट ३ जना गरी ६ जना र घाँसा स्थित नेपाली सेनाको ६ जना टोली खटिरहेको डिएसपी बोगटीले जानकारी दिए । उनका अनुसार हराईरहेका नेपालीको खोजीकार्यका लागि करिव २५ जना भन्दा बढी स्थानीय नागरिकहरु खटिएको डिएसपी बोगटीको भनाई छ ।
१४ मङ्सिर २०८१, शुक्रबार ०५:२२ मा प्रकाशित
797