मुस्ताङको घरपझोङमा २ महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका सम्मानित



जोमसोम— २१ औं महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका  दिवस २०८१ को अवसारमा मुस्ताङको घरपझोङ गाउँपालिकाले २ जना सामुदायिक महिला स्वास्थ्य स्वंयसेविकालाई नगदसहित सम्मान गरेको छ । घरपझोङ गाउँपालिकामा आयोजित कार्यक्रममा घरपझोङ गाउँपालिका भित्रको २ जना सामुदायिक महिला स्वास्थ्य स्वंयसेविकालाई बिहिबार नगद पुरस्कारसहित सम्मान गरेको हो ।

 घरपझोङ गाउँपालिकामा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वंयसेसविका ङिमा लामा गुरुङ र अम्विकुमारी थकालीलाई नगद ३ हजार पुरस्कारसहित सम्मान गरिएको हो । उनीहरुलाई गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन,उपाध्यक्ष जमुना थापा मगर र प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले संयुक्त रुपमा पुरस्कारसहित सम्मान गरेको गाउँपालिकाकी महिला तथा वालवालिका शाखा प्रमुख सरिता थकालीले जानकारी दिईन् । प्रमुख थकालीका अनुसार दिवसको अवसरमा जोमसोम स्वास्थ्य चौकीबाट कुशुमलता शेरचन र नानीमैया थकालीलाई दोसल्ला ओढाएर सम्मानसहित बिदाई गरिएको हो ।

 यसैगरी सामुदायिक महिला स्वास्थ्य स्वंयसेविका दिवसको अवसरमा गाउँपालिकाले पालिका भित्र कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई मोवाईल र सिमकार्ड वितरण गरेको छ ।

आधारभुत स्वास्थ्य सेवा प्रवाह तथा माहामारीको अवस्था आईपरेमा तुरुन्तै टेलिफोन सम्पर्क गरी सेवा प्रवाहलाई चुस्त तुल्याउन मोवाईल र सिमकार्ड वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए ।



प्रतिक्रिया