दुई महिनापछि (पोखरा—जोमसोम) हवाई सेवा सूचारु

जोमसोम— गत असार १७ गतेदेखि बन्द  (पोखरा—जोमसोम) हवाई उडान सेवा बिहिबारदेखि सूचारु भएको छ । यसअघि मौसम प्रतिकुलता तथा पर्यटकीय अफसिजनका कारण (पोखरा—जोमसोम) नियमित हवाई उडान सेवा दुई महिनादेखि ठप्प रहेको थियो ।

मुस्ताङमा (पोखरा—जोमसोम )हवाई उडान सेवाका बिहिबारदेखि समिट एअरलाईन्स कम्पनीले उडान भर्न सुरु गरेको हो । समिट एअरले हवाई सेवा सूचारु गरेको पहिलोदिन एकै जहाजले ५ वटा उडान भरेको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ । जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख केशव लम्सालका अनुसार मनसुन समाप्तिसंगै अनुकुल मौसम सुरु भईसकेकाले समिट एअरले पोखरा—जोमसोम हवाई सेवा संञ्चालनमा ल्याएको जानकारी दिए । उनका अनुसार स्थगित उडानपछिको पहिलो हवाई सेवा अन्र्तगत समिट एअरको जहाज दुई महिनापछि जामसोम विमानस्थलमा अवतरण भएको हो । पोखरा—जोमसोम हवाई सेवा मार्फत ८५ जना भारतीय पर्यटक र ५ जना नेपाली मुस्ताङ आईपुगेको उनले बताए ।

 मनसुन तथा प्रतिकुलतासंगै समिट र तारा एअरले दुई महिनाअघि पोखरा—जोमसोम नियमित हवाई सेवा स्थगित गरेका थिए ।  अनुकुल मौसमसंगै मुस्ताङमा पर्यटकीय सिजन सुरु भईसकेकाले स्थगित रहेको पोखरा—जामसोम  हवाई सेवा सूचारु भएको हो । मनसुनसंगै प्रतिकुल मौसमका कारण स्थगित रहेको पोखरा—जोमसोम हवाई उडान सूचारु भएसंगै मुस्ताङमा पर्यटकीय चहल पहल बढेको पूर्व संघीय सांसद प्रेमप्रसाद तुलाचनले उल्लेख गरे । हवाई मार्ग हुँदै मुस्ताङ आउने पर्यटकले म्याग्दी र मुस्ताङको मनोरम भूगोलको दृष्य देख्न पाउने र हवाई सेवाको यात्राबाट छिटोछरितो सेवा पाईने भएकाले विदेशी तथा स्वदेशी पर्यटक जहाज चढेर मुस्ताङ आउने गरेको उनले खुलाए ।

 मनसुनका कारण पोखरा—जोमसोम हवाई सेवा बन्द गरिएपनि आपत्कालिन हेली उद्दार गर्न र भिआईपि पर्यटकले हेलि चढेर मुक्तिनाथको दर्शन गर्न आउने समस्या भने खासै प्रभावित बनेको थिएन ।

पोखरा—जोमसोम हवाई उडानका लागि समिट एअरले आजैबाट सेवा सुचारु गरेको छ । तारा एअरलाईन्स कम्पनीले भदौं १८ गतेदेखि पोखरा—जोमसोम हवाई सेवा संञ्चालन गर्ने तयारी गरेको जोमसोम नागरिक उड्यन कार्यालयले उल्लेख गरेको छ । मुस्ताङमा हवाई सेवा सुचारु भएसंगै सदरमुकाम जोमसोममा पर्यटकीय चहल पहल सुरु भएको हो । हवाई सेवा सुचारु भएसंगै मुस्ताङका पर्यटन व्यवसायी खुसी भएका छन् ।

बर्सेनि असार र साउन र पुस र माघ महिनामा प्रतिकुल मौसमका कारण पोखरा—जोमसोम हवाई सेवा बन्द हुने गर्छ । त्यससमय पर्यटकको मुस्ताङ आगमनपनि कम हुने भएकाले निजी एअरलाईन्स कम्पनीले मुस्ताङका लागि आफ्नो हवाई सेवा बन्द गर्ने गर्छन् । पोखरा—जोमसोम हवाई उडानका लागि पोखरा र मुस्ताङमा मौसममा समस्या नहुँने भएपनि म्याग्दीको घोडेपानी क्षेत्र र मुस्ताङको लेते क्षेत्रमा बाँक्लो हुस्सु लाग्ने भएकाले पोखरा—जोमसोम बाह्रै महिना हवाई उडानमा समस्या पर्ने गरेको हो । प्रतिकुल मौसमको समयमा उक्त स्थानको मौसमी जानकारी लिन नेपाल नागरिक उड्यन प्राधिकरण ३ स्थानमा अत्याधुनिक क्यामेरा उपकरण जडान गरिसकेको छ । जोमसोम नागरिक उड्यन कार्यालयले पोखरा—जोमसोम हवाई उडानमा पर्ने मौसमी अपडेटका लागि उक्त स्थानमा जडान गरिएका क्यामेरा र स्थानीय नागरिकहरुको सहयोग लिने गरेको छ । कार्यालय भर्दा महिनाको आधा समय बितिसकेकाले हवाई उडानका लागि र्मौसम अनुकुल बन्दै जान थालेको जनाएको छ ।

 

मनसुनका कारण बर्सेनि असार र साउन महिनामा हवाई सेवा ठप्प हुँदा पोखरा—काठमान्डौं यात्रा गर्ने स्थानीय नागरिक तथा पर्यटकलाई बर्सेनि सास्ती हुने गर्छ । हवाई सेवा नहुने र अविरल वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जामसोम सडक पटकपटक अवरुद्ध हुँदा मुस्ताङ आउजाउ गर्ने यात्रुलाई निकै समस्या पर्ने गथ्र्यो । सडक असहज हुँदा र हवाई उडान नहुँदा मुस्ताङबाट आपत्कालिन सेवा लिन समेत समस्या हुने गथ्र्यो ।

 मुस्ताङमा आर्थिक वर्ष २०८०÷०८१ मा आन्तरिक तथा बाह्य पर्यटक गरी कुल ४ लाख २७ हजार २७१ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए। जसमध्ये ३ लाख १८ हजार आन्तरिक र १ लाख ८ हजार  बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेको एक्यापको तथ्यांकमा उल्लेख छ । पछिल्लो समय अन्तराष्ट्रिय संञ्चार माध्यमहरुले घुम्नै पर्ने सुचिमा मुस्ताङ उपत्यकालाई सुचिकृत गरेकाले मुस्ताङ जिल्लामा पर्यटकको क्रेज बढेको हो ।

मुस्ताङमा हिन्दु तथा बौद्ध धमोलम्बीहरुको साझा धार्मिक स्थल मुक्तिनाथको दर्शन र कागबेनीधाममा दिवंगत पितृ उद्दारका लागि धार्मिक तिर्थालु धर्म गर्न आउने भएकाले मुस्ताङमा बर्सेनि पर्यटक आगमनको फलो बढेको  समिट एअर जोमसोमका स्टेशन म्यानेजर सुमन थकालीले जानकारी दिए ।

 चिनसंग सिमाना जोडिएको कोरलानाका,ऐतिहाँसिक लोमान्थाङ दरबार, छोसेर गुम्बा, लोघेकर गुम्बा,लुरी गुम्बा, दामोदरकुण्ड धार्मिक स्थल लगायत ढुम्बाताल,यारुझो भ्युटावर, टिटी ताल,सेकुङ ताल,भुतर्छो ताल लगायतको भ्रमण गर्न मुस्ताङ आएका आन्तरिक तथा बाह्य पर्यटक लालयित हुने गर्छन ।


प्रतिक्रिया