जोमसोम—गण्डकी प्रदेशको ६ जिल्लाका याक चौरी कृषकहरुको आवद्धता रहेको याकचौरी कृषक महासंघ नेपाल गण्डकी प्रदेश कमिटी को अध्यक्षमा मनाङका सुरेश थकाली चयन भएका छन् ।
बिहिबार महासंघ गण्डकी प्रदेशको पोखरामा आयोजित प्रथम अधिवेशनले मनाङका याक चौरी पालक व्यवसायी थकालीलाई सर्वसम्वत चयन गरेको हो ।
‘हिमालको गहना, याक चौरी संरक्षणमा हाम्रो चाहना’ भन्ने मुल नारासहित आयोजना भएको गण्डकी प्रदेश स्तरीय प्रथम अधिवेशनमा प्रदेशका ६ जिल्लाका अगुवा याक चौरी पालक कृषक व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
हिमाली तथा उच्चपहाडी जिल्ला अन्तर्गत मनाङ,मुस्ताङ,गोर्खा,कास्की,म्याग्दी र लजमुङका याकचौरी पालक कृषक व्यवसायीहरुलाई महासंघ गण्डकी प्रदेश कमिटीमा आवद्धता जनाएका छन् ।
याक चौरी कृषक महासंघ गण्डकी प्रदेशको ९ सदस्यीय कमिटीको सचिवमा मेगबहादुर गुरुङ(लमजुङ) र कोषाध्यक्षमा पेमा याङ्दी गुरुङ (मुस्ताङ)छन् ।सदस्यतर्फ शिवलाल गौतम(कास्की),भविन पाईजा (म्याग्दी),उर्केन साङ्मा लामा(मनाङ), कर्मा छेवाङ लामा (गोर्खा),छिरिङ भुटी लामा(गोर्खा) र भिमप्रसाद थकाली(मुस्ताङ) छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता