तीन महिनापछि (पोखरा—जोमसोम) हवाई सेवा सञ्चालन

हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत तीन महिनादेखि बन्द रहेको (पोखरा—जोमसोम¬) हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । तर, (पोखरा—जोमसोम) हवाई सेवा संञ्चालनका लागि सोमबार तारा एयरलाईन्सको उडान र मंगलबार तारा र समिट एयरलाईन्सको उडान तालिका तय गरिएको भएपनि प्रतिकूल मौसमका कारण हवाई उडान संञ्चालन हुन नसकेको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ ।

यसअघि (पोखरा—जोमसोम¬) हवाई उडान सेवा भर्दैआईरहेको निजी वायु सेवा कम्पनी तारा एयरलाईन्सले डिसेम्बर ४ तारिखदेखि मार्च एक तारिखसम्म हवाई सेवा बन्द गर्ने निर्णय गरेको थियो । यसैगरी यहाँ उडान भर्दै आईरहेको अर्को निजी वायु सेवा कम्पनी समिट एयरलाईन्सले पनि डिसेम्बर एक देखि फेब्रअरी एक सम्म (पोखरा—जोमसोम हवाई उडान सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

हिउँदयामको अत्यधिक चिसो ,संम्भावित हिमपात र प्रतिकूल मौसमका कारण बन्द गरिएको पोखरा—जोमसोम हवाई उडान सेवा निजी वायु सेवा कम्पनीले जनाएअनुसार तोकिएको समय भन्द केही ढिला गरी सञ्चालनमा ल्याईएको हो । यहाँ नियमित रुपमा उडान भर्दैआईरहेको तारा एयरलाईन्स कम्पनीले मार्च एक तारिखदेखि हवाई उडान सूचारु गर्ने जनाएपछि फागुन २१ गतेको निर्वाचनका कारण एक हप्ता ढिलो गरी संञ्चालनमा ल्याउन लागेको हो ।

यसैगरी यहाँ उडान भर्ने गरेको निजी वायु सेवा कम्पनीले पनि  फेब्रअरी एक तारिखदेखि (पोखरा—जोमसोम¬) हवाई सेवा संञ्चालनमा ल्याउने जनाएतापनि निर्वाचनको समय परेकाले एक महिना बढी ढिलो गरी सञ्चालनमा ल्याएको हो ।

मौसम प्रतिकूलता तथा पर्यटकीय अफसिजनका कारण उडान स्थगित भएको पोखरा—जोमसोम हवाई सेवा तीन महिनापछि संञ्चालनमा आईसकेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो । प्रमुख पोखरेलका अनुसार सोमबारदेखि हवाई सेवा सञ्चालनमा ल्याउने सबै तयारी भईरहेकोमा खराब मौसमका कारण सोमबार र मंगलबार निजी वायु सेवा कम्पनीका टुईनेटर जहाजहरुले उडान भर्न नसकेको बताउँनुभयो । तीन महिनापछि सोमबार तारा एयरको जहाज र मंगलबार तारा र समिट एयरलाईन्सको उडान तालिका रहेकोमा प्रतिकूल मौसमका कारण हवाई उडान हुन नसकेको नागरिक उड्यन प्रमुख पोखरेलको भनाई छ । मंगलबार पोखराबाट जोमसोमका लागि तारा एयरलाईन्सको दुई उडान र समिट एयरलाईन्सको तीन उडान तय भएकोमा मौसम प्रतिकूलताका कारण उडान रद्द हुन पुगेको बताउँनुभयो । मौसम खुलेमा पोखरा—जोमसोम हवाई सेवा नियमित हुने प्रमुख पोखरेलले उल्लेख गर्नुभयो ।

बशन्तऋतुको आगमनसंगै मुस्ताङमा पर्यटकीय चहलपहल हुने भएकाले बर्सेनि यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनीले पुस र माघ महिना पुरै उडान बन्द गरेर फागुन महिनामा पून ः हवाई उडान सेवा संञ्चालन गर्ने गरिन्छ । यसवर्ष पर्यटकीय याम सुरु भएको भएपनि फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण पर्यटकको आगमन हुन नसकेको हो । मुक्तिनाथ दर्शनका लागि मुस्ताङमा अधिकाँश भारतीय पर्यटकहरु पोखरा—जोमसोम हवाई मार्गबाट आउने गरेकोमा सिमानाका बन्द भएकाले पनि हवाई सेवा प्रभावित भएको हो । तारा एयरलाईन्स जोमसोमका स्टेशन ईञ्चार्ज सुचन लालचनले निर्वाचनका कारण पर्यटकको आगमन प्रभावित भएको भएपनि अब निर्वाचन सकिएका हवाई यात्रा गर्ने पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गर्नुभयो । निर्वाचन सकिएकाले पोखरा—जोमसोम हवाई सेवाका लागि हवाई यात्रुहरुले धमाधम टिकट बुकिङ गर्न थालेको उहाँको भनाई छ ।

मुस्ताङमा बर्सेनि डेढ लाख विदेशी पर्यटक भित्रिने गरेकोमा ७० प्रतिशत विदेशी पर्यटक भारतीय दर्शनार्थी रहेको छ । पछिल्लो समय राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक सहज हुँदै जान थालेपछि विगतको तुलनामा पोखरा—जोमसोम हवाई यात्रुको संख्या घट्दै जान थालेको छ । पछिल्लो समय भारतीय पर्यटकहरु बेनी—जोमसोम सडकमार्ग हुँदै मुक्तिनाथ दर्शन गर्न आउने भएकाले हवाई उडान घट्दै गईरहेको छ । कुनै समय मुस्ताङमा निजी वायु सेवा कम्पनीहरुले दैनिक १८ वटासम्म उडान भर्ने गरेका थिए । पछिल्लो समय यहाँ दैनिक १० वटा भन्दा बढी उडान हुन सकेको छैन ।

 मुस्ताङमा पोखरा—जोमसोम हवाई उडानका लागि तारा एयरलाईन्स र समिट एयरलाईन्सको जहाजले मात्रै उडान भर्दैआईरहेका छन् । नेपाल वायु सेवा कम्पनीको जोमसोममा टिकट बुकिङ कार्यालय संञ्चालनमा रहेपनि लामो समयदेखि नेपाल वायु सेवा कम्पनीको हवाई उडान सेवा सञ्चालन हुन सकिरहेको छैन ।


प्रतिक्रिया