चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण
जोमसोम—
उत्तरी चिनसंग सिमान जोडिएको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा धमाधम राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ ।
उपल्लो मुस्ताङमा बसोबास गर्ने नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचय पत्र वितरण गर्न थालेको हो । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले शुक्रबारदेखि उपल्लो मुस्ताङमा दुईदिने राष्ट्रिय परिचय पत्र वितरण शिविर सुरु गरेको छ ।
गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट (राजु) र उपाध्यक्ष छिरिङ ल्हामो गुरुङको उपस्थितमा जिल्ला प्रशासन कार्यालय मुस्ताङ अन्तर्गत राष्ट्रिय परिचय पत्र शाखाले लोघेकर दामोदरकुण्ड गाउँपालिका केन्द चराङ्रमा पुगेर ३२५ जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । स्थानीय तहको समन्वयमा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डसहित लोमान्थाङमा पनि ६ सय ६८ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको प्रजिअ भुसालले बताउँनुभयो । उपल्लो मुस्ताङमा राष्ट्रिय परिचयपत्र वितरणका लागि चारजना कर्मचारी खटिएको प्रजिअ भुसालको भनाई छ ।
यसअघि राष्ट्रिय परिचय पत्र प्राप्तिका लागि दर्ता प्रक्रिया पुरा गराउन मुस्ताङको जोमसोम पुगेर नामांकन दर्ता गरेका स्थानीय नागरिकलाई गाउँपालिका केन्द्रमै राष्ट्रिय पत्र पाउँदा स्थानीय नागरिकहरु निकैनै खुसी भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गर्नुभयो । अध्यक्ष बिष्टका अनुसार राष्ट्रिय पत्र लिन जोमसोम आउजाउँ गर्दा नागरिकको कम्तिमा प्रति व्यक्ति ६ हजार बढी रकम खर्च हुनेमा प्रशासनबाट खटिएको टोलीबाट शिविर संञ्चालन गरी परिचय पत्र बितरण गर्दा स्थानीय नागरिकहरुले आर्थिक भार व्यवहोर्नु नपरेको अध्यक्ष बिष्टले जनाउँनुभयो ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट खटिएको टोलीले स्थानीय नागरिकको सेवा र सुविधालाई ध्यानमा राखेर जिल्लामा पहिलो पटक राष्ट्रिय परिचय पत्र शिविर सञ्चालन गरेको हो । शिविर सञ्चालनबाट दिनै खर्चिएर सदरमुकाम जोमसोम धाउनु पर्ने झन्झट टरेको लोघेकर दामोदरकुण्ड—१ वडाध्यक्ष टै ढिन्डुक ठकुरीले बताउँनुभयो । प्रशासनले पालिकाबासी र नागरिकको सेवा सुविधालाई केन्द्रमा राखेर सेवा प्रवाह गरेको वडाध्यक्ष गुरुङको भनाई छ ।
पछिल्लो समय सरकारले सामाजिक सुरक्षा भत्ता तथा बैङ्क खाता खोल्न र अन्य प्रशाससनिक प्रयोजनका लागि राष्ट्रिय परिचय पत्र अनिवाय गराएसंगै मुस्ताङमा स्थानीय नागरिकहरुले राष्ट्रिय परिचय पत्र प्राप्त गर्न वितरण दर्ता गर्ने क्रम समेत बढेको छ ।
नागरिकलाई पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र वितरणकार्यलाई गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहसंगको सहकार्यमा अभियान सञ्चालन गर्दैआईरहेको छ ।———
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता