जोमसोम—हिमाली जिल्ला मुस्ताङमा हाईअल्टिच्युडका कारण पछिल्लो ३ वर्षयता २३ जनाले ज्यान गुमाई सकेका छन् । यहाँ मृत्यु हुनेमा १६ भारतीय, ५ नेपाली र २ तेस्रो मुलुका पर्यटक रहेका छन् ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आएका भारतीय तथा नेपालीसहित तेस्रो मुलुकाका विदेशी पर्यटकको ३ वर्षको फेरोम हाईअल्डिच्युड समस्याका कारण करिव दुई दर्जन पर्यटकको मृत्यु भईसकेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।
प्रहरी कार्यालयको रेकर्ड अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१को ८ महिना अवधिमा एक नेपाली पर्यटक प्रथप्रर्दशकसहित ५ जना विदेशीले हाईअल्टिच्युडका कारण ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए । चालु आर्थिक वर्षको असोज ११ गते थासाङ गाउँपालिका—४ घाँसामा ७२ वर्षीय कामी सर्की शेर्पाले हाईअल्टिच्युडका कारण ज्यान गुमाए ।
असोज २० गते मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—२ झोङमा युक्रेनी नागरिक ३५ वर्षीया महिला आना पानिनाको पदमार्ग यात्राकै क्रममा हाईअल्टिच्युडका कारण मृत्यु भयो । सोही घटनाको ३ दिनपछि असोज २३ गते थासाङ गाउँपालिका—३ लेतेमा ६५ वर्षीया भारतीय महिलाको हाईअल्टिच्युड लागेर ज्यान गुमाउन पुगिन् ।
यसैगरी चालु आर्थिक वर्ष २०८०÷०८१ को फागुन १ गतेका दिन ६५ वर्षीया भारतीय महिला ज्योत्स्ना रानी रावको मृत्यु भयो । रावलाई हाईअल्टिच्युडका कारण स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लेते प्राथमिक स्वास्थ्य चौकीमा पू¥याईपछि मृत्यु भयो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—१ मुक्तिनाथमा ५७ वर्षीय भारतीय नागरिक पटेल भूपेन्द्रभाई सोमाभाईको हाईअल्टिच्युडका कारण मृत्यु भयो ।
आर्थिक वर्ष २०७९÷०८० मा मुस्ताङमा १२ जना आन्तरिक तथा बाह्य पर्यटकले हाईअल्टिच्युडका कारण ज्यान गुमाएका थिए । जसमध्ये ७ भारतीय, ४ नेपाली र १ जना थाईलैण्डकी नागरिकले हाईअल्टिच्युडका कारण ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०७८÷०७९ मा मुस्ताङ भ्रमण गर्न आएका ६ जना भारतीयले हाईअल्टिच्युुडका कारण ज्यान गुमाएका थिए ।
मुस्ताङमा वर्षेनि औसम एक दजन बढीको हाईअल्टिच्युडका समस्याका कारण मृत्यु हुने गरेको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयको भनाई छ । समून्द्री सतहको ३ हजारदेखि ४ हजार मिटरको उच्चउचाईमा मुस्ताङ आउने पर्यटकहरुलाई हाईअल्टिच्युडको समस्या देखिने गरेको प्रहरी नायब उपरीक्षक पाण्डेयको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कम उचाईको स्थानबाट उच्च उचाईमा रहेको स्थानमा पर्यटक होल्डिङ नगरी मुस्ताङ आउँदा हाईअल्टिच्युडको समस्या रहने गरेको बताईएको छ । विेषेश गरी मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटकलाई हाईअल्टिच्युड लाग्ने गरेको पाईएको छ । प्रहरी नायव उपरीक्षक पाण्डेयले पर्यटकलाई लगातार यात्रा गराउने गर्दा र बिचको स्थानमा होल्डिङ गराउने सचेतना नहुँदा यस्तो समस्या देखिएको बताए ।
त्यसो त मुस्ताङमा उमेर कटेका र दिर्घ रोगका बिरामी भई निरन्तर औषधि सेवन गरिहेका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई हाईअल्टिच्युडको बढी जोखिम हुने गरेको छ । चिसो याममा मुक्तिनाथ दर्शन गर्न जाने नेपाली तथा भारतीय पर्यटकहरुले मुक्तिनाथ कुण्डमा स्नान गर्नाले हाईअल्टिच्युड भई स्वास्थ्यमा समस्या देखिने गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले उमेर कटेका र दीर्घ रो्गका बिरामी भई औषधि सेवन गर्ने गरेका पर्यटकलाई ठाउँठाउँमा होल्डङ गर्दै गन्तव्यमा लैजानु पर्ने बताईएको छ ।
थासाङको लेते र घरपझोङको जोमसोममा स्वास्थ्य केन्द्र र अस्पताल भएपनि शारिरीक रुपले अस्वस्थ पर्यटकहरु स्वास्थ्य परीक्षण बिना मुक्तिनाथ जाने गर्दा हाईअल्टिच्युडका कारण दुर्घटना हुने गरेको छ । मुस्ताङको जोमसोम अस्पतालमा अक्सिजन उत्पादन हुँने गरेकाले जिल्लामै पर्याप्त अक्सिजनको सुविधा उपलब्ध छ । यद्यपी हाईअल्टिच्युड कारण बर्सेनि पर्यटकले ज्यान गुमाउने अवस्थाको न्यूनिकरण हुन सकेको छैन ।
मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने आन्तरिक तथा बाह््य पर्यटकहरुलाई हाईअल्टिच्युड तथा अन्य कारणले बिरामी पर्दा तत्कालै उपचार गर्न सकुन् भन्ने उद्देश्यले गतवर्ष नेपाली सेनाले हाईअल्चिच्युड ट्रिटमेन्ट सेन्टरको पूर्वाधार निर्माण गरेको छ । त्यहाँ जोमसोम अस्पतालले समेत अक्सिजन र औषधिसहित स्वास्थ्यकर्मी खटाएको छ ।
२८ फाल्गुण २०८०, मङ्गलबार ०१:२६ मा प्रकाशित
356
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली