मुस्ताङको घरपझोङले ‘जलवायु’ सम्मेलन गर्ने

जोमसोम—  मुस्ताङमा ‘ वातावरण तथा जलवायु’ सम्मेलन आयोजना गरिने भएको छ ।  विश्वमै चिन्ताको बिषय बनेको जलवायु परितर्वनलाई विश्व समुदाय माँझ ध्यानार्कषण गराउँने उद्देश्यसहित मुस्ताङको घरपझो गाउँपालिकाले ७५३ वटै महानगर,उपमहानगर,नगरपालिका र गाउँपालिका प्रमुखहरुको सहभागिमा पहिलो पटक वातावरण तथा जलवायु सम्मेलन आयोजना गर्ने घोषणा गरेको हो ।

 मंगलबार आयोजित गाउँपालिकाको सोह्रौ गाउँसभा अधिवेशनमा नीति तथा कार्यक्रम प्रूस्तुत गर्दै गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असरले वातावरणीयक्षेत्रमा प्रतिकुल असर पु¥याउँदै गईरहेको र जलवायु असर  न्यूनिकरण गर्ने सन्देश प्रवाह गर्न पहिलो पटक घरपझोङ गाउँपालिकाले ७५३ वटै स्थानीय सरकारको उपस्थितीमा ‘जलवायु’’सम्मेलन आयोजना गर्ने बताउँनुभयो ।

 ‘जलवायु’ परिवर्तनका असर  न्यूनिकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम पालिकाले कार्यान्वयनमा ल्याउने छ,’अध्यक्ष लालचनले नीति तथा कार्यक्रम वाचन गर्दै भन्नुभयो,‘ वातावरण तथा जलवायु सम्मेलनबाट देशभरका स्थानीयहरुको जलवायु असर न्यूनिकरणको साझा घोषणापत्र जारी गर्ने छौं ।’ अध्यक्ष लालचन घरपझोङ गाउँपालिकाले वातावरण तथा जलवायु सम्मेलनको आयोजना गर्ने उल्लेख गर्नुभयो ।

चालु आर्थिक वर्ष घरपझोङ गाउँपालिकाले जलवायु परिवर्तनका असर न्यूनिकरण तथा वातावरण जोगाउ अभियानका लागि बृहत्त साईकल तथा घोडा ¥याली आयोजना गरी पर्यटन प्रर्वद्धन तथा जलवायु संकट न्यूनिकरण गर्नमा महत्वपूर्ण योगदान पुगेको निश्कर्ष निकालिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ मा पनि  पर्यटन प्रर्वद्धन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिनुभयो ।

 घरपझोङले गाउँपालिकासंग भगिनी सम्वन्ध स्थापित भईसकेका स्थानीय तहहरुमा स्थानीय संस्कृति तथा पहिचनान झल्किने गरी प्रतिमा निर्माण तथा अन्य कार्य गर्ने उल्लेख गरेको छ ।

गाउँसभामा उपाध्यक्ष थकालीले स्वास्थ्य बीमा कार्यक्रम (दलित,अपांग,तथा विपन्न नागरिक,सामुदायिक महिला स्वास्थ्य स्वंयसेविका) प्रिमियम भुक्तानी निरन्तरता दिने जनाएको छ । घरदैलो कार्यक्रम अन्तर्गत गाउँघर तथा क्लिनिक तथा ग्रामिण अल्ट्रासाउण्ड संञ्चालन,यातायात खर्च,अनुगमन तथा सामग्री व्यस्थापन गर्ने बजेटमा उल्लेख गरिएको छ । 

प्रदेश अस्पताल मुस्ताङमा फार्मेसी सहायक व्यवस्था गर्दै आएकाले पारिश्रमिक अनुदानलाई निरन्तरता दिने र प्रदेश अस्पतालमा चिकित्सकको प्रोत्साहनका लागि बजेट विनियोजन गरेको उपाध्यक्ष थकालीले बताउँनुभयो । बालमैत्री स्थानीय शासन घोषणा गर्ने गरी स्थानीय शासन प्रर्वद्धनका लागि विद्यालयहरुमा सूचकहरुमा आधारित बालमैत्री र अपांगमैत्री पूर्वाधार निर्माण गरिने जनाईएको छ ।

अध्यक्षसंग जनता कार्यक्रम तथा उपाध्यक्षसंग जनता कार्यक्रम मार्फत स्थानीय नागरिकका माग समेट्ने व्यवस्थाका लागि बजेटमा समावेश गरिएको छ ।

 गाउँपालिकामा लक्षित बर्गहरुलाई नागरिकहरुसंगको कार्यक्रम बृहत्त स्वास्थ्य शिविर,बीमा,आर्थिक सहायता,दिवा खाजा,दिवस तथा समारोहलाई निरन्तरता दिईने छ । विपद् जोखिम न्यूनिकरण गर्न नदी नियन्त्रण तटबन्ध निर्माण,जोमसोम गाउँभित्र ढल निकास तथा खानेपानी पाईपलाईन व्यवस्था, मार्फा खेलग्राम निर्माण,मार्फा—छैरो तटबन्ध निर्माण र अध्यक्ष कप खेलकुद लगायतका कार्यक्रम बजेटमा समावेश गरिएको उपाध्यक्ष थकालीले उल्लेख गर्नुभयो ।

मुस्ताङको घरपझोङ गाउँपालिकाले आगामी आ.व. २०८२/०८३ का लागि ३२ करोड ६ लाख रुपैयाको बजेट प्रस्तुत गरेको छ । जसमध्ये गाउँपालिकाको पुजिगत विकास खर्च १२ करोड ५० लाख छ ।

घरपझोङको बजेटमा सैघीय समानिकरण ७ करोड ५७ लाख र प्रदेश समानिकरण ७५ लाख ७ हजार छ । बजेटमा संघीय चालु ९ करोड ४४ लाख र संघीय पुजिगत अन्तर्गत ६६ लाख विशेष अनुदान र समपुरक अनुदान ७५ लाख छ ।

यस्तै प्रदेश समपुरक ६० लाख , विशेष अनुदान ४० लाख र शसर्ततर्फ २ लाख गाउँपालिकाको गरी एक करोड २० लाख छ ।

संघीय राजश्व बाँडफाँड ८ करोड ५४ लाख तथा प्रदेश राजश्व बाँडफाँड ४८ लाख रहेको उपाध्यक्ष थकालीले बताउँनुभयो ।

गाउँपालिकाले आर्थिकतर्फ ४ करोड ४७ लाख,सामाजिकतर्फ १३ करोड ५० लाख,पुर्वाधारतर्फ ७ करोड ८३ लाख ,वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड ३३ लाख र सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रतर्फ ४ करोड ९४ लाख बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया