जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिकाले दुई वटा बस पार्क वार्षिक २० लाख २० हजारमा भाडामा लगाएको छ । गाउँपालिकाले दुई वर्षका लागि जोमसोमका स्थानीय सुरेश शेरचनलाई भाडामा बस पार्क संञ्चालन गर्न जिम्मा लगाएको हो ।
गाउँपालिकाले शिलबन्दी बोलपत्र मार्फत दुई बस पार्कको ठेक्का आह्वान गरेको थियो । गाउँपालिकाको सम्झौता सर्तको अधिनमा रही स्थानीय व्यवसायी शेरचनसंग चालु वर्षको चैत्र १२ गतेका दिन प्रशासनिक कार्य पुरा गरी ठेक्का सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए । पालिका र व्यवसायीबीच बस पार्क संञ्चालन सम्झौता भएसंगै चैत्र १५ गतेदेखि घरपझोङ ३ र ४ वडाका दुई वटा बस पार्क संञ्चालनमा ल्याउने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । उनले बस पार्क संञ्चालनले स्थानीय तहको आन्तरिक आम्दानी वृद्धि हुँने र यसले सदरमुकाम जोमसोममा भईरहेको अव्यवस्थित सवारी पार्किङलाई व्यवस्थित गर्नमा टेवा पुग्ने उल्लेख गरे ।
अहिले जोमसोम मुकाम क्षेत्रको साँघुरो सडकमा दोहोरो सवारी पार्किङले सवारी आवागमन समस्या उत्पनन भएको छ । यसैगरी अन्धाधुन्द सडकमा सवारी पार्किङले सडक तथा बजार क्षेत्रको सौन्र्दयीकरणका प्रतिकुल असर पुगेको छ । घरपझोङ गाउँपालिकाले प्रशासन ,प्रहरी र सबै सरोकारवाला निकायको सहयोगमा बस पार्क कार्यान्वयलाई प्रभावकारी बनाएर लैजाने जनाएको छ । यसका लागि घरपझोङले पालिकाको वेवसाईड ,सामाजिक संञ्जाल र पत्रपत्रिका र अनलाईन मार्फत सवारी पार्किङ बस पार्कमा गराउन व्यवसायीहरुको ध्यानर्कषण गराएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।
गाउँपालिकाले नीजि सवारी पार्किङ बाहेक सडक किनारा तथा सार्वजनिक जग्गाहरुमा सवारी पार्किङ नगर्न र यदी सवारी पार्किङ गर्नु पर्दा गाउँ पालिकाले तोकेको बस पार्कमै लगेर गर्न सूचना जारी गरेको छ । दैनिक तथा रात्रीकालिन सबै प्रकारका सवारी साधनले निजी पार्किङ नभएमा बस पार्कमै पार्किङ गर्नु अनुरोध गरेको हो । सवारी पार्किङ अवधारणा विपरित अटेरी गरी नियम उलंघन गर्नेलाई कानुन बमोजिमको कारवाही गर्ने स्पष्ट पारेको छ ।
जोमसोममा निर्माण सम्पन्न भईसकेका दुई बस पार्कलाई थप व्यवस्थित बनाउने कार्य अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।
जोमसोमका दुबै बस पार्क सिसी टिभि जडान भएको र चैत्र १५ गतेदेखि लागु हुँने बस पार्क संञ्चालन गर्ने अन्तिम तयारी भईरहेको अध्यक्ष लालचनले बताए । बसपार्क संञ्चालन सर्तमा बस पार्क ठेक्का लिने व्यक्तिले बसपार्क प्रयोग गरेवापत ट्रक, बस, ट्याक्टर, लोडर र डोजरलाई प्रतिघण्टा २५ रुपैयाँ शुल्क तोकिएको छ । हलुका सवारी साधनलाई प्रतिघण्टा १५ रुपैयाँ र मोटरसाइकललाई प्रतिघण्टा १० रुपैयाँ शुल्क तोकिएको छ ।
जोमसोमका दुई बस पार्क संञ्चालनमा आएपछि जोमसोम बजार क्षेत्रमा सवारी साधनले पसल थापेर यात्रु ओसार पोसार गर्न नपाईने बताईएको छ । बस पार्क कार्यान्वयनमा लैजाने सवारी साधनको कडाईका साथ अनुगमन गरिने जनाईएको छ ।
घरपझोङ—३ एक्लेभट्टीमा निर्माण गरिएको बसपार्क गाउँपालिका ४८ लाख लागत खर्च गरेर बनाएको थियो । घरपझोङ—४ जोमसोमको बस पार्क सहरी विकास तथा भवन डिभिजन वन कार्यालयले २ करोड ५० लाखमा बनाएको थियो । संघीय आयोजनाद्धारा निर्माण गरिएको बस पार्क एक वर्षअघि पालिकालाई हस्तान्तरण गरिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता