जोमसोम महिला समुहको अध्यक्षमा भुवन शेरचन निर्वाचित


जोमसोम— मुस्ताङको घरपझोङ—४ स्थित जोमसोम महिला समुहको अध्यक्षमा भुवन शेरचन सर्वसम्वत अध्यक्ष पदमा निर्वाचित भएकी छिन् । समुहको आईतबार सम्पन्न १७ औं अधिवेशनले  भुवनलाई आगामी २ वर्षका लागि अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

समुहको १७ औं अधिवेशनको बन्द सत्रले अध्यक्ष भुवन शेरचनको नेतृत्वमा १७ सदस्य कार्यसमिति सर्वसम्वत रुपमा निर्वाचित गरिएको हो । जोमसोम महिला समुहको नवनिर्मित भवनमा आयोजित समुहको १७ औ अधिवेशनबाट उपाध्यक्षमा छेम्जोङ गुरुङ, सचिवमा लक्ष्मी भट्टचन,सहसचिवमा दिपा थकाली र कोषध्यक्ष पदमा अर्पणा गुरुङ सर्वसम्वत निर्वाचित भएका हुन् ।

यस्तै  मिना शेरचन श्रेष्ठ,हिरण भट्टचन,सुस्मा गुरुङ, मेन्दो गुरुङ, ढोका पुन,कल्पना नेपाली, छप्तेन गुरुङ, छिरि आङ्मो गुरुङ, भिमकुमारी नेपाली,रिता गुरुङ,सिमा नेपाली र भुटिक गुरुङ सदस्यमा निर्वाचित भए ।

 यसअघि नया पदाधिकारी तथा सदस्य चयनका लागि मिमकुमारी शेरचनको संयोजकत्वमा ५ सदस्य निर्वाचन कमिटी गठन गरिएको थियो । कमिटी सदस्यमा निर्वतमान समुहकी अध्यक्ष मिना कुमारी शेरचन,रिक्साङ गुरुङ,शशीदेवी गुरुङ र कुसुम शेरचन थिए । समुहको नयाँं नेतृत्व चयनपछि नवनिर्वाचित समुहकी अध्यक्ष भुवन शेरचनले निर्वाचन कमिटीलाई धन्यवाद व्यक्त गरिन् । अध्यक्ष शेरचनले आफुलाई प्राप्त जिम्मेवारीलाई हार्दिकतापुर्वक ग्रहण गरी समुहलाई थप गतिशील बनाउन सबैको सहयोग अपरिहार्य रहने बताईन् ।बन्दसत्रमा समुहको पदाधिकारी तथा सदस्यहरुलाई  निर्वाचन कमिटीले भंग गर्दै बिदाईसहित धन्यवाद दिईएको थियो ।


यसअघि निर्वमान अध्यक्ष मिना कुमारी शेरचन सचिव रिक्साङ गुरुङ र कोषाध्यक्ष निर्मला भट्टचनले समुहमा आजिवन सदस्य बनेकाहरुलाई खादा लगाएर प्रमाणपत्र प्रदान गरे । बन्द सत्र सुरु हुनु अघि अध्यक्ष मिना कुमारी शेरचनले सस्थाका सल्लाहाकारहरुलाई कदर पत्र प्रदान गरिन् । यस्तै सस्थाकी कोषाध्यक्ष निर्मला भट्टचनले आर्थिक वार्षिक प्रतिवेदन सार्वजनिक गरिन । उनले समुहको आम्दानी २४ लाख ४१ हजार र खर्च १५ लाख ९९ हजार भएको बताईन । समुहको कार्यकालमा ८ लाख ६२ हजार बचत भएको कोषाध्यक्ष भट्टचनको आर्थिक प्रतिवेदनमा समेटिएको छ ।


 जोमसोम महिला समुहको नवनिर्मित दुई तले पक्की भवनको संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले एक समारोहकाबिच उद्घाटन गरे । सरकारी तथा र्गैरसरकारी संस्था  व्यक्ति विशेषबाट प्राप्त आर्थिक सहयोगबाट जोमसोम महिला समुहको भवन निर्माण सम्पन्न भएको निर्वतमान अध्यक्ष मिनाकुमारी शेरचनले जानकारी दिईन् । समुहको पक्की भवन जोमसोम उपभोक्ता समिति मार्फत  १ करोड १३ लाख लागतमा सम्पन्न भएको निर्वतमान अध्यक्ष शेरचनको भनाई छ । भवन निर्माणका लागि मिमकुमारी शेरचनको संयोजकत्वमा एक समिति गठन गरिएको थियो ।


१७ अधिवेशनको समुद्घाटन समारोहमा भवन निर्माणमा आर्थिक सहयोग प्रदान गर्ने संघसंस्थाहरुलाई सम्मान पत्र अर्पण गरिएको थियो । साविक जोमसोम गाविस अन्तर्गत वडा ५,६,७ र ८ वडाका महिलाहरुलाई संगठित गर्दै २०५१ सालमा जोमसोम महिला समुह संस्था गठन गरिएको थियो । समुहले स्थापना कालदेखि महिला शशक्तिकरण तथा नेतृत्व क्षमता विकास,सामाजिक कार्य, फोहोर मैला व्यवस्थापन,वित्तिय कर्जा लगानीका साथै विविधि सामाजिक तथा रचनात्मक कार्यहरुमा अग्रसर रहदै आईरहेको छ ।


प्रतिक्रिया