मुस्ताङका सफल तीन जना कृषि तथा पर्यटन उद्यमीलाई प्रतिष्ठानको सम्मान
जोमसोम
वैदेशिक रोजगारका शिलशिलामा जापान पुगेर आफ्नै थातथलो मुस्ताङ फर्किएका तीन जना कृषि तथा पर्यटन उद्यमी सम्मानित भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका—२ कोवाङमा ओमविकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठानले शनिबार आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा उनीहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्रद्वारा संयुक्त रुपमा सम्मान गरिएको हो ।
पूर्व सांसद ओमविकास तथा देउकुमारी गौचनको १९ औं स्मृति सभाको अवसरमा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा लामो समयदेखि बैदेशिक रोजगारका क्रममा जापान पलायन भई पूनः गृह जिल्ला मुस्ताङमै फर्किएका कृषि र पर्यटन व्यवसाय गरेका थासाङ—१ टुकुचेका कृषि तथा पर्यटन उद्यमी सरोज तुलाचन, वेदेशिक रोजगारकै क्रममा जापान र अष्ट्रेलिया बसेर पून थातथलो मुस्ताङ फर्किएर पर्यटन व्यवसाय गरेका पर्यटन उद्यमी राजु गौचन र बैदेशिक रोजगारका शिलशिलामा जापान पुगेर पून थातथलो मुस्ताङ फर्किएर कृषि उद्यम व्यवसाय चलाएका तीन जना सफल उद्यमीहरुलाई उनीहरुको योगदानको कदर गर्दै ओमविकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठानले सम्मान गरेको प्रतिष्ठानकी अध्यक्ष सवि शेरचनले जानकारी दिनुभयो ।
जापानबाट फर्किएर २०७४ सालमा आफ्नै थातथलो मुस्ताङको टुकुचेमा कृषि र पर्यटन व्यवसायमा लागेका थासाङ—१ टुकुचेका उद्यमी सरोज तुलाचनले कृषि फार्म तथा ईको रिसोर्ट चलाएका छन् । कृषि तथा पर्यटन उद्यमी तुलाचनले थासाङमा ४० रोपनी जग्गामा २ हजार बोट हाईब्रिट स्याउ र २ हजार ५ सय बोट स्थानीय जातका स्याउ खेती गरेका छन् । यस्तै सरोजले थासाङको टुकुचेमा कृषि विशेषता झल्किने गरी मुस्ताङ ईको हिल रिसोर्ट चलाएर कृषि पर्यटनमा निकै राम्रो प्रगति हासिल गरेका छन् । सरोजको कृषि तथा पर्यटन व्यवसायमा गरेको योगदानको मुल्यांकन गर्दै प्रतिष्ठानले सम्मान गरेको प्रतिष्ठानकी अध्यक्ष शेरचनको भनाई छ ।
सरोजसंग थासाङकै अर्र्का सफल पर्यटन व्यवसायी राजु गौचनलाई प्रतिष्ठानले सम्मान गरेको हो । लामो समय जापान र अष्टे«लिया बिताएका गौचन २०५८ सालमा स्वदेश फर्किएका थिए । काठमान्डौं बसेर १० वर्ष होटल चलाएका गौचन पछिल्लो समय २०७६ सालदेखि आफ्नै थातथलो मुस्ताङको ताङछारामा ३ करोड ७५ लागतमा रिसोर्ट निर्माण गरी व्यवसाय चलाउँदै आईरहेका छन् । आफ्नै थातथलोमा फर्किएर यहाँको पर्यटन विकासमा योगदान दिदैआईरहेका गौचनको उच्चमूल्यांकन गर्दै प्रतिष्ठानले सम्मान गरेको संस्थाका सचिव गौतम शेरचनले जानकारी दिनुभयो । गौचनले आफ्नै जग्गा रिसोर्ट निर्माण गरेर आफैले व्यवसाय चलाएको ंसंस्थाका सचिव शेरचनको भनाई छ ।

यसैगरी प्रतिष्ठानले थासाङ—५ कुुञ्जो ताक्लुङका कृषि उद्यमी जयन्द्र गौचनलाई पनि सोही समारोहमा सम्मान गरेको छ । लामो समय जापान बसेर पूनः मुस्ताङ फर्किएका राजुले थासाङको कुञ्जो ताक्लुङमा कुञ्जो ईन्टिग्रेटर एग्रो फार्म चलाएका छन् । उहाँले मुस्ताङ ईन्जिनीयर कन्सल्ट्यान्ट पनि सञ्चालन गर्नुभएको छ ।
सम्मानित उद्यमी जयन्द्रले कुञ्जो गाउँमा ५ करोड बढी लगानी गरेर हरियो तरकारी उत्पादन,फापर,आलु र कुखुरा पालन व्यवसाय गर्दै आईरहेका छन् । कृषि व्यवसायमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै कृषि उद्यमी राजुलाई प्रतिष्ठानले हार्दिकतापूर्वक सम्मान गरेको सस्थाका कोषाध्यक्ष जीवन थकालीले जानकारी दिनुभयो ।
पूर्व सांसद ओमविकास गौचन तथा उहाँकी धर्मपत्नी देउकुमारी गौचन स्मृति प्रतिष्ठानले एइइ परीक्षामा जिल्लामा सबैभन्दा बढी उत्कृष्ट नतिजा ल्याएर उर्तिण गर्ने तीन जना विद्यार्थीहरुलाई पनि सोही अवसरमा पुरस्कृत गरेको छ । परस्कृत हुनेमा छात्रातर्फ श्रीजा सगन थकाली र छात्रातर्फ सोनम गुरुङलाई नगद १० हजार पुरस्कारसहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ । यसैगरी दलित समुदायतर्फ सर्वोउत्कृष्ट नतिजा ल्याएर एसइइ उर्तिण गर्ने बिनिता बि.क.लाई पनि नगद १० हजार पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरेको प्रतिष्ठानका सदस्य सोजन हिराचनले जानकारी दिनुभयो ।
सम्मानित हुने व्यक्तित्व र पुरस्कृत बिद्यार्थीहरुलाई जिल्ला समन्वय समिति प्रमुख माया गुरुङ, थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचन, थाक खेलकुद अध्यक्ष कृष्णकुमार शेरचन र प्रतिष्ठान अध्यक्ष सवि शेरचनले सम्मान अर्पण तथा पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतिष्ठानले बर्सेनि सामाजिक रुपमा योगदान पु¥याउँदै आईरहेका सामाजिक व्यक्तित्वहरुलाई सम्मान गर्ने गरेको छ । यस्तै प्रतिष्ठानले स्मृति दिवसको अवसरमा एसइई परीक्षामा सर्वोउत्कृष्ट अंक ल्याएर मुस्ताङ प्रथम हुने छात्र÷छात्रा र एक जना दलित समुदाय बिद्यार्थीहरुलाई नगद पुरस्कारले पुरस्कृत गर्ने गरेको छ । प्रतिष्ठानले पछिल्लो समय स्याउ खेतीतर्फ पनि काम गर्दैआईरहेको जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली