मुस्ताङ— हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८०÷०८१ मा संघीय तथा प्रदेश कार्यालयका लागि विनियोजित बजेटको ४० प्रतिशत बजेट ६ महिनामा खर्च भएको छ छ । चालु वर्ष संघ तथा प्रदेश कार्यालयका लागि कुल २ अर्ब ६५ करोड ३४ लाख बजेट विनियोजन भएकोमा १ अर्ब ४ करोड ७६ लाख बजेट चालु वर्षको ६ महिनामा खर्च भएको हो ।
संघीय तथा प्रदेश सरकारको चालु बजेट १ अर्ब ३२ करोड ७१ लाख मध्ये ६१ करोड ३७ लाख अर्थात (४६.२५) प्रतिशत र पुँजिगततर्फ १ अर्ब ३२ करोड ६३ लाख मध्ये ४३ करोड ३८ लाख अर्थात (३२.७१) प्रतिशत बजेट चालु वर्षको ६ महिनामा खर्च भएको हो । यसैगरी संघ तथा प्रदेश सरकारबाट विभिन्न शिर्षकमा विनियोजन हुँने १ अर्ब २ करोड ४९ लाख बजेट मध्ये ४९ करोड ६८ लाख अर्थात (४८.४८ं) प्रतिशत बजेट मुस्ताङका ५ स्थानीय तहलाई वित्तिय हस्तान्तरण भएको हो ।
संघीय पुजिगत खर्च ४२ प्रतिशत |
प्रदेश पुजिगत खर्च १८ प्रतिशत |
मुस्ताङ जिल्लाका लागि संघ तथा प्रदेश र स्थानीय तहका लागि विनियोजित बजेट ३ अर्ब ६७ करोड ८४ लाख बजेट मध्ये १ अर्ब ५४ लाख अर्थात (४१.९९) प्रतिशत बजेट चालु वर्षको ६ महिनामा खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङका प्रमुख जब्बर बहादुर भण्डारीले जानकारी दिए । कोष नियन्त्रक भण्डारीका अनुसार चालु वर्षको श्रावणदेखि पुससम्ममा संघ तर्फका कार्यालयलाई विनियोजन भएको कुल बजेट २ अर्ब ८३ करोड ३० लाखमा १ अर्ब ३५ करोड ८० लाख अर्थात (४७.९४) प्रतिशत बजेट खर्च भएको बताए । उनका अनुसार संघतर्फ चालु कुल बजेट १ अर्ब ७ करोड ४६ लाख मध्ये ५५ करोड ४६ लाख अर्थात (५१.६१) प्रतिशत र संघतर्फको कुल पुँजिगततर्फ ८१ करोड ६ लाख बजेट मध्ये ३४ करोड १२ लाख अर्थात (४२.१)प्रतिशत बजेट ६ महिनामा खर्च भएको कोष नियन्त्रक भण्डारीको भनाई छ । यसैगरी संघीयतर्फ स्थानीय तह वित्तिय हस्तान्तरण रकम ९४ करोड ७८ लाख लाख बजेटमा ४६ करोड २१ लाख अर्थात (४८.७६) प्रतिशत बजेट वित्तिय हस्तान्तरण भएको कोष नियन्त्रक भण्डारीले उल्लेख गरे ।
चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि प्रदेशतर्फ विनियोजित कुल बजेट ८४ करोड ५३ लाख बजेटमा १८ करोड ६४ लाख अर्थात (२२.०५) प्रतिशत बजेट चालु वर्षको ६ महिनामा खर्च भएको हो । जसअन्तर्गत प्रदेश चालुतर्फ २५ करोड २४ लाखमा ५ करोड ९१ लाख अर्थात (२३.४३)प्रतिशत र पुँजिगततर्फ ५१ करोड ५७ लाखमा ९ करोड २५ लाख अर्थात (१७.९५)प्रतिशत बजेट चालु वर्षको ६ महिनामा खर्च भएको कोष नियन्त्रक भण्डारीले उल्लेख गरे । उनअनुसार प्रदेश स्थानीय तह वित्तिय हस्तान्तरण अनुदान बजेट ७ करोड ७१ लाखमा ३ करोड ४६ लाख अर्थात(४४.९३) प्रतिशत बजेट खर्च भएको हो ।
गतवर्ष मुस्ताङमा संघ तथा प्रदेश कार्यालयका लागि विनियोजित ३ अर्ब ३७ करोड ७६ लाख बजेटमा ३ अर्ब १ करोड ३५ लाख अर्थात (८९.२२)प्रतिशत बजेट खर्च भएको थियो । गतवर्ष संघ तथा प्रदेशको कुल पुँजिगत बजेट १ अर्ब २ करोड ९ लाख बजेटमा ८९ करोड ७८ लाख अर्थात (८७.९३) प्रतिशत बजेट खर्च भएको थियो । यसैगरी प्रदेशतर्फ गतवर्ष कुल बजेट ३८ करोड ६९ लाख बजेटमा २८ करोड ९४ लाख अर्थात(७४.८१) प्रतिशत बजेट खर्च भएको थियो । जसमध्ये गतवर्ष पुजिगत बजेट ६० करोड ७६ लाखमा ४५ करोड ८४ लाख अर्थात (७५.४४) प्रतिशत बजेट खर्च भएको थियो ।
मुस्ताङमा संघीय कार्यालयका कुल पुँजिगत विनियोजित बजेटको ६ महिनाको खर्च रकम ३४ करोड१२ लाख खर्च मध्ये १७ करोड १८ लाख अर्थात (४९.६४) प्रतिशत बजेट राष्ट्रिय गौरवको आयोजना (बेनी—जोमसोम—कोरला)सडक एक्लैले खर्च गरेको हो । आयोजनाका लागि चालु वर्ष विजियोजित कुल बजेट ६६ करोड ५९ लाख मध्ये (२५.८०)प्रतिशत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले उल्लेख गरेको छ । कार्यालय अनुसार गतवर्षको पहिलो ६ महिनामा संघीय कार्यालयले पुँजिगततर्फ १ अर्ब २ करोड ९ लाख अर्थात( २०.५८ं)प्रतिशत र चालुतर्फ २२ करोड ८९ लाख अर्थात (४६ )प्रतिशत बजेट खर्च गरेका थिए ।गतवर्षको तुलनामा ६ महिनाको अवधिमा संघीय पुजिगत खर्च २२ प्रतिशतले बढेको छ भने चालुतर्फ ५ प्रतिशतले बजेट खर्च वृद्धि भएको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले बताएको छ ।
कार्यालय मार्फत वितरण हुँने संघीय तथा प्रादेशिक वित्तिय हस्तान्तरण करिव औसत ५० प्रतिशतको हाराहारीमा रहेको छ । संघ तथा प्रदेश सरकारले स्थानीय तहलाई सशर्त,समपुरक,समानिकरण र समपुरक बजेट अनुदान दिने गर्छ । संघीय कार्यालयको पुँिजगत खर्चको आधा रकम करिडोर सडकमा खर्च भएकाले संघीय पुँजिगत खर्च औसत सन्तोषजनक देखिदैन । त्यसो त बेनी—जोमसोम—कोरला सडकको आयोजनाको पुँजिगत खर्च पनि अपेक्षा गरेअनुसार देखिदैन । प्रदेशतर्फ विनियोजित पुँजिगत बजेट खर्च पनि निकै न्यून रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली