जोमसोम—तत्कालिन लोमान्थाङ गाविस सचिव घ्यूर्मी आङ्गेल बिष्ट (ज्ञानेन्द्र बिष्ट)को निधन भएको छ । लोमान्थाङको समृद्धि र विकासमा सामाजिक योगदान पु¥याउँदै आईरहेका बिष्टको बुधबार बिहान उपचारका क्रममा काठमान्डौं स्थित ह्याम्स अस्पतालमा निधन भएको हो ।
पूर्व सचिव बिष्ट विगत एक वर्षदेखि बाथको बिरामी भई थला परेका थिए । उहाँको ६७ वर्षको उमेरमा निधन भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो ।
पूर्व सचिव बिष्टका श्रीमतीसहित दुई छोरा र चार जना छोरी हुनुहुन्छ । बिष्टको काठमान्डौ स्थित स्वंम्भूमा शुक्रबार अन्त्येष्टि गरिने जनाईएको छ ।
१० भदौ २०८२, बुधबार ०५:५५ मा प्रकाशित
2696
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता