जोमसोम — उपल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिका— २ मा भेटिएको एक बेवारिसे शवको प्रहरीले उद्दार गरेको छ । तराई मुलका वा भारतीय नागरिक जस्तो देखिने अन्दाजी ५०÷५५ वर्षको देखिने ति व्यक्तिको शवलाई जिल्ला प्रहरी कार्यालय डोल्पाले उद्दार गरी सोमबार सदरमुकाम दुनै अस्पतालमा पु¥याएको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक मनिष थापाले मुस्ताङ र डोल्पाको सीमावर्ती क्षेत्र उपल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिका—२ मा एक बेवारिसे शव फेला परेको पुष्टि गर्नुभयो । प्रहरीले सदरमुकाम दुनैबाट घटनास्थलमा पुगेर पैदलै उक्त बेवारिसे शवको उद्दार गरी दुनै अस्पतालको शव गृहमा राखिएको प्रहरी निरीक्षक थापाले उल्लेख गर्नुभयो ।
‘उपल्लो डोल्पाको छार्का ताङसोङमा बेवारिसे शव हिउँमा पुरिएको छ भन्ने त्यहाँका वडाध्यक्षले गोठतीर जाने बेलामा देखेर चैत ५ गते प्रहरीलाई सूचना दिनुभयो,त्यसपछि हाम्रो प्रहरी टोली पैदलै हिडेर त्यहाँ पुग्यो,’ प्रहरी निरीक्षक थापाले भन्नुभयो,‘ घटनास्थलबाट प्रहरी टोलीले बेवारिसे शवको मुचुल्का उठाएर हिजो मात्रै सदरमुकामको दुनै अस्पतालमा ल्याईपु¥याएका छौं ।’
डोल्पा प्रहरीले ७ चैतमा उपल्लो डोल्पाको घटनास्थलमा पुगेर ८ चैत्रमा बेवारिसे शव लिएर दुनै प्रस्थान गरेको थियो ।
उपल्लो डोल्पाको छार्का ताङसोङमा बेवारिसे अवस्थामा फेला परेका व्यक्तिको साथबाट नाम र ठेगाना भएको परिचय खुल्ने कुनै कागजात फेला नपरेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।‘बेवारिसे शव भएको व्यक्तिको साथबाट प्लास्टिकको पोकोमा राखेको ५—१० रुपैया मात्रै भेटिएको प्रहरी निरीक्षक थापाले खुलाउनुभयो ।
प्रहरी निरीक्षक थापाले बेवारिसे शवको परिचय खुल्न नसकेकाले शव व्यवस्थापन गर्न समस्या परेको बताउँनुभयो । ‘हामीले हाम्रो तहबाट प्रदेश प्रहरी कार्यालय र अन्य सम्वन्धित निकाय सबैलाई बेवारिसे शवको बारेमा परिपत्र गरिसकेका छौं,’ प्रहरी निरीक्षक थापाले भन्नुभयो,‘ शवको अवस्था र हुलियाको बारेमा जानकारी दिदै परिचय खुल्छकी भनेर सामाजिक सञ्जाल लगायतमा सूचना दिएका छों ।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता