जोमसोम—नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमाले बिना मुलुकको समृद्धि र विकास सम्भव नभएको बताएका छन् । नेकपा(एमाले जिल्ला कमिटी मुस्ताङको आठौं जिल्ला अधिवेशनको शनिबार जोमसोममा उद्घाटन गर्दै एमाले उपमहासचिव गुरुङले मुलुकको समृद्धि र विकासलाई गतिशील तुल्याउन एमाले मात्रै राष्ट्रको एक मात्र निर्णायक शक्ति भएको दावी गरे ।
एमाले उपमहासचिव गुरुङले कांग्रेस सरकार चलाउन नसक्ने पार्टी भएको बताए ।‘कांग्रेस लोकतन्त्रको वकालत मात्र गर्छ,व्यवहार देखाउन सक्तैन,एमाले लोकतान्त्रि अभ्यासमा विश्वाश गर्छ,’उपमहासचिव गुरुङले थपे,‘ एमाले देश र जनताको पक्षमा सोच्छ, तर काग्रेस पार्टी पुँजीपती वर्गको हितमा काम गर्छ,भ्रष्ट र तस्करीको पक्षपोषण गर्छ ।’
उपमहासचिव गुरुङले एमालेको मुस्ताङको ८ जिल्ला अधिवेशनमा कांग्रेससहित माओवादी,रास्वपा र एकिकृत समाजवादी समेतलाई कटाक्ष गर्न भ्याए । उपमहासचिव गुरुङले भने,‘ माओवादी पार्टी बिरालो हो, एमाले पार्टी बाघ हो, बिरालो र बाघ भनेको बाघनै हो ।बाघले मात्रै सबै परिस्थितीको सामाना गर्नसक्छ । विगतमा एमाले जस्तो दाई पार्टीलाई लत्याएर माओवादीले कांग्रेससंग कुम जोड्न पुगेको उपमहासचिव गुरुङको भनाई छ । एकिकृत समावादी पार्टीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री बन्ने सपना देखेर पार्टी नयाँ पार्टी खोलेको बताए ।‘एमाले र एकिकृत समाजवादी पार्टीको नीति सिद्धान्त,संगठन र कार्यदिशामा फरक छैन, फरक दुई कुरामा मात्र छन् ,त्यो हो अध्यक्षको नाममा पार्टी पछाडीको शब्द ।’
महासचिव गुरुङले नयाँ उदाएको पार्टी रास्वपामा मुलुक बनाउने कुनै भिजन नभएको बताए । यो पार्टी अमेरिकाको नेशनल फ्रिडम पार्टीको लोगो स्थापित गरेर नेपालमा खोलिएको पार्टी भएको टिप्पणी गरे ।
यसै गरी अधिवेशनलाई सम्वोधन गर्दै नेकपा(एमाले)का पार्टी सचिव गोकर्णराज बिष्टले संसदमा दुई पटक प्रधानमन्त्री भईसकेका एमाले अध्यक्ष केपी शर्मा ओली माथि अशिष्ट,अराजनैतिक र अपराधिक ढंगले नेपाली कांग्रेस प्रस्तुत हुन दुर्भाग्यपूर्ण भएको बताए । एमाले लोकतान्त्रिक पद्धती र अभ्यासमा विश्वाश गर्ने पार्टी भएकाले कांग्रेसले असंसदीय हर्कत देखाउन समेत अनुरोध गरे । कांग्रेस लगायत केही दलले सरकारमबा बहिरगमन हुनु परेको पीडाँ संसदमा प्रस्तुत गरेको एमाले सचिव बिष्टको भनाई छ । कांग्रेसले नोक झोकमा जनताले पठाएका जनप्रतिनिधिहरुको जनताको आवाजहरुलाई कुण्ठित गर्न खोजेको आरोप लगाए । सचिव बिष्टले यसप्रकारका समस्या रहीरहे संसदमा चुनौती सृजना हुने बताए ।
सचिव बिष्टले देशमा बर्सेनि ७ लाख युवाहरु विदेश पलायन भईरहेको र स्वदेशमा रोजगारीको अवसर सृजना गर्दै विदेश पलायन हुने क्रमलाई न्यूनिकरण गर्न आवश्यक रहेको बताए । देशको समग्र विकास र समृद्धिको खाका कोर्न एमालेले मिसन ८४ लाई आत्मसाथ गर्नपर्नेमा जोड दिए ।
एमाले मुस्ताङको आठौं जिल्ला अधिवेशनलाई केन्द्रिय सदस्य चन्द्रमोहन गौचन, एमाले जिल्ला अध्यक्ष आशबहादुर थकाली ,छेवाङ रिन्जिङ गुरुङ र एमाले जिल्ला उपाध्यक्ष रमेश गुरुङले संम्वोधन गरेका थिए ।
एमालेको बन्द सत्र जारी छ । अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ ।