वर्षासंगैको हिमपातपछि मुस्ताङका किसान खुसी,उत्पादन वृद्धि हुने अपेक्षा

 हिमाली जिल्ला मुस्ताङमा स्याउ लगायतका रैथाने अन्नाबालीको उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । स्याउ लगायतका रैथाने बालीहरुको समुचित बगैचा व्यवस्थापनका साथै आशिंक वर्षा र हिमपात भएकाले स्याउ लगायतका रैथाने अन्नबालीहरुको गुणस्तर तथा उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङले प्रक्षेपण गरेको हो ।

 लगातार मुस्ताङमा दुई वर्षसम्म अनुकुल मौसममा समेत हिउँ पर्न नपरेकाले चिन्तित रहेका कृषकहरु  केहीदिन अघिको वर्षा र हिमपातले खुसी रहेका छन् । जलवायु परिवर्तनकाको परिरहेका मुस्ताङका कृषकहरु दुईदिन अघि परेको  आशिंक वर्षासंगै हिउँ परेकाले हाल खडा अवस्थामा रहेका स्याउ लगायत यहाँको रैथाने बाली उवा,फापर,जौ, र आलु बालीहरुमा प्रसस्त चिस्यान पुगेकाले मुस्ताङक कृषकहरु हर्षित बनेको कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङले प्रेषित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङका प्रमुख राजेश गुरुङका अनुसार मुस्ताङको स्याउ लगायतका रैथाने अन्नबालीहरुको बगैचा व्यवस्थापन,रोगकिरा नियन्त्रण र अनुकुल समयमा वर्षासंगै हिमपात भएकाले गतवर्ष जस्र्त यसवर्ष पनि स्याउ तथा अन्य रैथाने बालीहरुको गुणस्तर र उत्पादन राम्रो हुने अनुमान गरिएको छ । मुस्ताङमा दुईदिन अघि परेको वर्षासंगैको हिउँले कृषकहरुको खेतीयोग्य जमिनलाई चाहिने चिस्यान पूर्ती भएकाले यसवर्ष स्याउ लगायतका अन्नबालीको उत्पादन वृद्धि हुने केन्द्र प्रमुख गुरुङले दावी गर्नुभयो ।

 कृषि ज्ञान केन्द्र मुस्ताङले जिल्लाको विभिन्न स्थानमा पुगेर गरेको स्याउ लगायतका रैथाने बालीहरुको स्थलगत सर्वेक्षणमा कृषकहरुले स्याउ लगायतका अन्नबालीलाईहरुको बगैचा व्यवस्थापन राम्रो गरेको निश्कर्ष निकालेको छ । केन्द्रले  जिल्लाका कृषक, कृषक समुह, कृषि सहकारी, कृषि फर्म,स्थानीय तह, प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना कार्यान्वयन ईकाई,शीतोष्ण बागवानी विकास केन्द्र, कृषि ज्ञान केन्द्र  एक्याप एवं सबै सरोकारवाला संस्थाहरुको संयुक्त समन्वय र सहकार्यमा मुस्ताङका कृषकहरुको बगैचा व्यवस्थापन तथा रोग किरा नियन्त्रणकार्यमा  सबै बालीहरुको अनुगमन गर्दा राम्रो पाईएकाले गुणस्तर र उत्पादनदर यसवर्ष साविक भन्दा वृद्धि हुने अनुमान  गरिएको छ ।

 मुस्ताङमा गत वर्ष स्याउको उत्पादन राम्रो भएको भएपनि जलवायु परिवर्तनका कारण स्याउको परागसेचन हुने बेलामा हुस्सु र वर्षाले गर्दा स्याउको फूलफूल्ने समयमा प्रतिकुल असर पुगेको थियो । जसका कारण त्यस वर्ष मुस्ताङमा स्याउको उत्पादन तथा गुणस्तरमा ह्रास आएको थियो । मुस्ताङको आर्थिक समृद्धिको मेरुदण्ड स्याउ खेती भएकाले यहाँका किसानले स्याउ खेतीलाई मुख्य प्राथमिकतामा राखेका छन् । यसका साथै, मुस्ताङको रैथाने बाली उवा,फापर,जौ र लोकल आलु मुस्ताङका कृषि उत्पादनमा ब्रान्ड बनेको छ । 

मुस्ताङमा पुस र माघ, महिनामा स्याउको बगैचा व्यवस्थापन गरिन्छ । स्याउ खेतीका लागि अनाधिकृत हाँगाबिगाहरुको काँटछाँट,गोडमेल,मलजल , औैषधिको प्रयोग र  खेतीयोग्य जमिनका सिंचाईको व्यवस्था गर्ने गरिन्छ । स्याउका अलावा असोज र कार्तिक महिनामा उवा,फापर,जौ र आलु लगायतका बाली लगाएर त्यसको सम्पूर्ण खेती बगैचाको व्यवस्थापन गर्ने गर्दछन् । उपल्लो मुस्ताङमा भने कृषकहरुले फागुनदेखि उवा,जौ,गहु, र फापर लगायतका अन्नबाली लगाउने गर्दछन् ।

पछिल्लो समय मुस्ताङका कृषकहरुलाई स्थानीय जातका स्याउ खेतीसंगै नया बगैचाहरुमा उच्चघनत्व प्रविधिमा आधारित (हाईब्रिड) स्याउ खेती गर्दैआईरहेका छन् । लगायतको दोश्रो वर्षमै थोरै क्षेत्रफलमा धेरै उत्पादन दिन सक्ने भएकाले मुस्ताङका कृषकहरु हाईब्रिड स्याउ खेतीतर्फ आकर्षित हुन थालेका हुन् । 

 मुस्ताङको पाँच वटै स्थानीय तहमा स्याउ खेती गरिएको छ । राििट्रय गौरवको सडक सञ्जालले यातायात सहज हुन थालेपछि मुस्ताङका कृषकहरुले उत्पादन गरेको स्याउ लगायतका अन्नबालीहरुको बजारिकरणमा निकै सहज भएको छ ।मुस्ताङमा गववर्ष ७ हजार ३३० मेट्रिक टन स्याउ उत्पादन हुँदा ८३ करोडको स्याउ जिल्ला बाहिर निकासी भएको थियो । 

मस्ताङका पाँच स्थानीय तहमा गरी  १४ सय हेक्टरमा स्याउ खेती गरिएकोमा ५ सय ८५ हेक्टरमा स्याउ उत्पादन हुने गरेको छ । मुस्ताङको स्याउ खेतीले कृषकहरुमा लाभान्वित भएका छैनन्, यहाँका पर्यटन व्यवसायमा समेत टेवा पुगेको छ । भदौदेखि असोज महिनामा यहाँका स्याउ बगैचामा लटरम्म स्याउ फल्ने भएकाले मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटक समेत स्याउ बगैचा चाहार्ने ,फोटो खिच्ने र बगैचामै मुस्ताङको स्याउ चाख्ने गर्छन ।———


प्रतिक्रिया