जोमसोम ।
जनैपूर्णिमा पर्वको अवसरमा मुस्ताङको वारागुङ —१ स्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथधाममा दर्शनार्थीहरुको घुईचो लागेको छ । मुक्तिनाथमा पुजाअर्चना गर्ने जनै परिवर्तन गर्ने र पुजारीबाट रक्षा बन्धन गर्ने तथा धौद्धमार्गीहरुले मन्दिरमा दर्शन र त्यहाँको गुम्बामा बत्ती बाल्ने लगायतका धार्मिक कर्महरु गर्न भक्तजनहरुको घुईचो बढेको हो ।
जनपूर्णिमा तिथि परेकाले आज मुक्तिनाथ मन्दिरमा बिहानैबाट भक्तजनहरुको बाक्लो उपस्थिती रहेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार आज जनैपूर्णिमा पर्व परेकाले मुक्तिनाथको दर्शनका साथै जनै फेर्ने र रक्षा बन्धन गर्ने उद्देश्यल ठुलो संख्यामा नेपाली पर्यटक र भारतीय पर्यटकको उपस्थिती रहेको कर्मचारी सुवेदीले उल्लेख गर्नुभयो । आजको दिनमा देवनदी र धार्मिक महत्व बोकेको स्थानमा विशेष पुजाअर्चना गरिने दिन भएकाले यहाँ उल्लेख्य मात्रामा भक्तजनहरुको उपस्थिती रहेको बताउँनुभयो । कर्मचारी सुवेदी मुक्तिनाथ क्षेत्रमा यार्तुङ पर्व परेको र जनपूर्णिमा परेकाले जिल्ला भित्रबाट उल्लेख्य सर्वसाधारण मुक्तिनाथधाममा आईपुगेको बताउँनुभयो ।
जनपूर्णिमाको दिन परेकाले त्यहाँ मुक्तिनाथ दर्शन गर्न भक्तजनहरुको सहजताका लागि मन्दिरको भित्री परिसरमा सुरक्षाकर्मी तथा मुक्तिनाथ विकास समितिले लाईनवद्ध दर्शन गर्ने व्यवस्था मिलाएको छ ।समितिका कर्मचारी सुवेदी जनपूर्णिमाको दिन आज बिहानमात्रै करिव पाँच हजार बढीले मुक्तिनाथको दर्शन गरेको जानकारी दिनुभयो । त्यहाँ मन्दिरमा दर्शन गर्न पुगेका भक्तजनहरुलाई पुजारी कृष्णप्रसाद सुवेदीले टिका लगाईदिएर आर्शिवाद प्रदान गरी रक्षाबन्धन गर्नुभएको छ ।
जनपूर्णिमा नेपाली हिन्दु तथा अन्य समुदायहरुका लागि महत्वपूण दिन भएको नेपाली सेनाका पुजारी लक्षम अर्यालले जानकारी दिनुभयो । जनैपूर्णिमा तिथिमा पुजाअर्चना गर्नाले वर्षभरीको कर्महरुहरुको प्रायश्चित हुने बताउँनुभयो । यस तिथिमा धार्मिक स्थलमा स्नान र संकल्प गर्नाले मानिसले गरेका जानअन्जानका कर्महरुको नष्ट हुने पुजारी अर्यालको भनाई छ ।
जनैपूर्णिमाको महत्वपूर्ण दिनमा नवतन्तु जनै धारणा गर्ने र रक्षा बन्धन गर्ने पर्वको प्रतिक रहेको बताउँनुभयो । रक्षा सुत्र धारण गर्नाले हामीलाई सबैतिरबाट रक्षा हुने उहाँको भनाई छ । रक्षा बन्धनमा ब्रम्हा,विष्णु र प्रजापती देवको शक्तिबाट आर्शिवाद प्राप्त भई विभिन्न समस्या,चुनौती र अवरोधहरु हटाएर सुरक्षित राख्ने धार्मिक जनविश्वास रहेको पुजारी अर्यालले जनाउँनुभयो । यसप्रकारको प्रचलन ऋषि महर्षिहरुको पालादेखिनै प्रचलनमा रहेको उहाँको भनाई छ ।
जनैपूर्णिमा पर्वको दिन मुस्ताङका पाँच वटै पालिकाका उल्लेख्य सर्वसाधारण मुक्तिनाथको दर्शन गर्न र बत्ती बाल्न औईरिएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली