ईलेक्ट्रोनिक पसलमा तीन थान मोवाईल चोरी

जोमसोम—

मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित नेपाली सेनाको ब्यारेक नजिकै रहेको एक ईलेक्ट्रानिक पसलमा गएराति चोरी भएको छ । स्थानीय सुदिर थकालीको घरमा सटर भाडामा लिएर पसल संञ्चालन गरेका  पोखरा महानगरपालिका ३० लेखनाथ कास्की घर भई यहाँ ईलेक्ट्रोनिक एण्ड ईलेक्ट्रिक पसल संञ्चालन गर्ने बिकास मल्लको पसलमा मंगलबार राति चोरी भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

रातिको समय सबै सुतिसकेको मौका छोपी उक्त पसलको ढोकामा लगाईएको ताला  चावी फोरी पसल भित्र रहेको विभिन्न कम्पनीको तीन थान मोवाईल चोरी भएको डिएसपी छिरिङ किप्पा लामाले जानकारी दिनुभयो ।

  प्रहरीका अनुसार उक्त पसल असोज २२ गते बिहान करिव १० बजेको समयमा चोरी भएको सूचना जाहेर भएको थियो । प्रहरी टोली सूचना पाएपछि उक्त पसलमा पुगेर आवश्यक अनुस्धान सुरु गरी पसल फोर्ने ब्यक्तिहरुको अनुसन्धान सुरु गरेको जनाएको छ ।


प्रतिक्रिया