जोमसोम ।
नेपाल रेडक्रस सोसाईटी मुस्ताङ शाखाले बिहिबार ६३ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । यहाँको जिल्ला समन्वय समिति मुस्ताङको सभाहलमा आयोजित कार्यक्रममा शाखाले विद्यालय स्तरीय प्रतिभा प्रस्फुटन र पुरस्कार वितरण तथा सम्मान कार्यक्रम आयोजना गरेको हो ।
शाखा सभापति चन्द्रबहादुर थकालीको अध्क्षतामा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी थासाङ—५ कुञ्जो शाखाकी सभापति सारदा गौचनलाई नगद बिस हजार पुरस्कारसहित सम्मान गरिएको हो । उक्त पुरस्कार तथा सम्मान शाखाकी उपसभापति गौचनको अनुउपस्थिती रहँदा रेडक्रम शाखा मुस्ताङका सदस्य बमप्रसाद गौचनलाई अर्पण गरिएको थियो ।
रेडक्रमको ६३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा यहाँको घरपझोङ गाउँपालिकाका अन्तर्गतका जनहित माध्यमिक विद्यालय, जनकल्याण आधारभुत विद्यालय,जनबाल माध्यमिक विद्यालय र धौलागिरी बोर्डिङ स्कुलका छात्र—छात्राहरुले रेडक्रस सम्वन्धि गीतहरु प्रस्तुत गरेका थिए ।
यहाँ आयोजित कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले आपत्विपद्का बेला रेडक्रसले सामाजिक सेवा प्रवाह गर्ने गरेको बताउँनुभयो, । रेडक्रसले जहाँ विपद् हुन्छ, त्यहाँ विपद् कार्यका लागि सघाउँने गरेको र समाजमा अप्ठ्यारो परेको र दीन दुःखीहरु माथि रेडक्रसले मानविय भूमिका निभाउँने गरेको बताए ।
शाखाका सभापति चन्द्रबहादुर थकालीले शाखाले आयोजना गरेको कार्यक्रमलाई सबैबाट प्राप्त सहयोग र उपस्थिती प्रति धन्यवाद व्यक्त गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता