मुस्ताङ, २८, साउन ।
वर्षाका कारण सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि बुधबार बिहानबाट (जोमसोम—कोरला)सडकखण्ड अवरुद्ध बनेको छ । यहाँको वारागुङ मुक्तिक्षेत्र—३ छुसाङ स्थित सडक पहिरोका कारण पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जोमसोम—कोरला सडकखण्ड अन्तर्गत वारागुङ—३ छुसाङ स्थित सडकमा लेदोसहितको पहिरो खस्दा करिव डेढ सय मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास क्षेत्रीले जानकारी दिनुभयो ।
सडक विभागको समन्वयमा पहिरोले अवरुद्ध बनेको छुसाङ सडक सफा गर्ने ईलाका प्रहरी कार्यालय छुसाङका सहायक प्रहरी निरीक्षक झलक बहादुर थापासहितको तीन जना प्रहरी टोली पहिरोले अवरुद्ध सडकतर्फ जाादै गरेको प्रहरी निरीक्षक क्षेत्रीले उल्लेख गर्नुभयो ।
त्यहाँको पहिरोले अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागको समन्वयमा डोजर परिचालन गरी सडक खुलाउनेतर्फ पहल भईरहेको प्रहरीले जनाएको छ ।
पहिरोले छुसाङ सडक अवरुद्ध बनेपछि जोमसोम—कोरला सडकमा आवतजावत गर्ने सवारी साधनहरु बिच बाटोमै रोकिएका छन् । जोमसोम—कोरला सडक अन्तर्गत कागबेनी खोलामा पनि पटक÷पटक बाढी आउँदा सडक अवरुद्ध हुने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली