जोमसोम—राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका—३ लेतेमा बिहिबार प्रहरी बिट स्थापना गरिएको छ । मुस्ताङका सिडियो जनकराज पन्त,जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेय र सशस्त्र प्रहरी प्रहरी नायब उपरीक्षक बिजय हमालको उपस्थितमा प्रहरी बिट स्थापना गरिएको हो ।
ईलाका प्रहरी कार्यालय लेतमा कार्यरत सुरक्षाकर्मीलाई मुस्ताङ आवतजावत गर्ने सवारी साधन तथा मालबाहक साधनहरुलाई सडकमा चेकजाँच गर्न तथा विवरण संकलन गर्न सहजता प्रदान गर्ने उद्देश्यले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रभु बैंकले प्रहरी बिट बनाएको थियो । उक्त प्रहरी बिट प्रहरीलाई हस्तान्तरण भएपछि ईलाका प्रहरी कार्यालय लेतेले त्यसलाई संञ्चालनमा ल्याएको प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।
थासाङको लेतेमा प्रहरी बिट स्थापना गरेसंगै त्यहाँ कार्यरत प्रहरीलाई सवारी चेकजाँच तथा विवरण संकलन गर्न सहयोग पुगेको छ । त्यहाँ मुस्ताङबाट तल फर्किएका सवारी साधनहरुको चेकजाँच तथा विवरण संकलन गर्ने गरिएको छ । बेनी हुँदै मुस्ताङ आउने सवारी साधनको विवरण संकलन तथा चेकजाँच थासाङको प्रहरी चौकी घाँसामा गर्ने गरिएको छ ।
उत्तरी चिनसंग सीमाना जोडिएको हिमाली जिल्ला मुस्ताङमा संम्भावित घटना हुन नदिन र सीमानाका जिल्लाबाटा अवान्छित गतिविधि र अपराध न्यूनिकरण गर्न म्याग्दी र मुस्ताङको सीमाक्षेत्र घाँसा र लेतेमा सवारी साधनको कडा निगरानी गर्ने गरिएको छ ।
यसअघि प्रहरी बिट नहुँदा त्यहाँ कार्यरत सुरक्षाकर्मीले सडकमै कुर्ची राखेर सवारी चेकजाँच तथा विवरण संकलन गर्नु पर्ने अवस्था थियो । प्रहरी बिट नहुँदा हिउँदयाममा हिमपात र चिसो थेग्न समेत प्रहरीलाई निकै मुश्किल पथ्र्यो ।बिट स्थापनाले प्रहरीलाई आफ्नो कार्यसम्पादनमा निकै ठुलो सहयोग पुगेको छ ।
१ चैत २०८०, शुक्रबार ०१:५८ मा प्रकाशित
446
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता