मुस्ताङका शिक्षाप्रेमी जयन्द्रलाल थकाली सम्मानित

जोमसोम—शिक्षा क्षेत्रमा लामो समयसम्म योगदान पु¥याउन सफल मुस्ताङका शिक्षाप्रेमी जयन्द्रलाल थकाली सम्मानित भएका छन् ।मुस्ताङको घरपझोङ गाउँपालिका जोमसोम स्थित जनहित माध्यमिक विद्यालयमा पढेका जनहित पूर्व विद्यार्थी परिवार(जेईएसए)ले जोमसोम निवासी थकाली शनिबार काठमान्डौंमा आयोजित एक कार्यक्रममा दोसल्ला ओढाएर प्रमाणपत्रद्वारा सम्मानित भएका हुन् ।

 जनहित पूर्व विद्यार्थी परिवारको तेस्रो साधारण सभा कार्यक्रममा परिवारका अध्यक्ष राजेन्द्र कुमार शेरचन लगायतले शिक्षा प्रेमी थकालीलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो । जनहित माध्यमिक विद्यालयमा एसएलसी उर्तिण गरेर सोही विद्यालयमा कार्यरत रहेको र त्यसपछि पनि  जनहित माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर विद्यालयको शैक्षिक तथा भौतिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै शिक्षा प्रेमी थकालीलाई पूर्व विद्यार्थी परिवारले साधारण कार्यक्रममा सम्मानित गरेको हो ।

 सम्मानित व्यक्तित्व शिक्षा प्रेमी थकालीले शिक्षा क्षेत्रमा निस्वार्थ भावले सेवा गर्दा त्यसको उचित कदर हुने बताए । उनले राष्ट्र निर्माण  तथा भविष्यका कर्णधार उत्पादन गर्ने  शैक्षिक क्षेत्रमा आत्म विश्वास र निष्ठापूर्वक काम गर्न सबैलाई उत्प्रेरणा जगाउन टेवा पुग्ने बताए ।  जनहित माध्यमिक विद्यालयमा वर्तमान अवस्थासम्म ल्याई पु¥याउन आफु र विद्यालय परिवारले ठुलो मेहनत गर्नु परेको सुनाए ।

 सम्मानित शिक्षा प्रेमी थकालीले मुस्ताङको जनहित माध्यमिक विद्यालयमा १५ वर्ष शिक्षण पेशा र २७ वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर महत्वपूर्ण कार्यभार सम्हालेका थिए । थकाली गत असोजमा  विद्यालयको व्यवस्थापन समितिबाट बिदा भएका थिए । उनी जनहित विद्यालयबाट २०२७ सालमा एसएलसी परीक्षा दिने पहिलो ब्याजका विद्यार्थी हुन् ।

सम्मानित थकाली अध्यक्ष रहेको कार्यकालमा जनहित माध्यमिक विद्यालयलाई नमूना विद्यालयको रुपमा सुचिकृत गर्न सफल भएका थिए । विद्यालय नमूनामा परेपछि जनहितको शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा निकै ठुलो प्रगती भईरहेको छ । उनकै कार्यकालमा जनहित स्कुलमा २०७६ सालदेखि प्राविधिक धारतर्फ सिभिल ईन्जिनीयरिङ कक्षा समेत सञ्चालन भईरहेको छ ।

उनकै कार्यकालमा धार्मिक अनुष्ठान तथा अन्य कार्यक्रम गरी जनहित तेज निरला क्याम्पस समेत स्थापना भएको छ । उनको पालामा जनहित विद्यालयका लागि करिव ९० लाख रकम मौज्याद संकलन गरी विद्यालयलाई आर्थिक रुपमा समेत सवल तुल्याएका छन् । 


प्रतिक्रिया