जोमसोम—हिमाली जिल्ला मुस्ताङमा पहिलो पटक करदाता शिक्षा सचेतना कार्यक्रम आयोजना गरिएको छ । आन्तरिक राजश्व कार्यालय बाग्लुङको आयोजना तथा कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङको समन्वयमा बिहिबार जिल्ला प्रशासन कार्यालय मुस्ताङको सभाहलमा करदाता शिक्षा सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला)सडक आयोजना सहज हुँदै गएपछि मुस्ताङ जिल्लाको कृषि र पर्यटन व्यवसायको आर्थिक क्षेत्र निकै चलायमान अवस्थामा छ । पर्यटक वृद्धि दर उकासिएसंगै यहाँको कृषि र पर्यटन व्यवसायको क्षेत्र फस्टाउँदो अवस्थामा छ । यसैका कारण यहाँका स्थानीयहरु कृषि र पर्यटन व्यवसाय क्षेत्रमा जोडिदै जान थालेका छन् ।
मुस्ताङमा कृषि र पर्यटन लगायत विभिन्न क्षेत्रमा कार्यरत तथा यस्ता व्यवसायमा जोडिने तैयारीमा रहेका उद्यागी,व्यवसायी र संघसंस्थाका व्यवसायीहरु कर प्रणाली तथा यसको सहजताका बिषयमा पर्याप्त ज्ञान नहुँदा विभिन्न खाले समस्या भोग्न बाध्य छन् । यीनै समस्याको समाधान गर्न आन्तरिक राजश्व कार्यालय बाग्लुङको चार सदस्यीय एक टोली मुस्ताङ आएको हो । आन्तरिक राजश्व कार्यालय बाग्लुङका कर अधिकृत नारायण भण्डारी,मोहनप्रसाद आचार्य र राजनमणी शर्मा लगायतको टोली करदाता शिक्षा सचेतना चलाउन मुस्ताङ आएको हो ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङको सभाहलमा आयोजित करदाता शिक्षा सचेतना कार्यक्रममा स्थानीय उद्यागी ,व्यवसायी र विभिन्न संघसंस्थाका व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । ‘कर प्रणालीको सार, लगानीको आधार’नारासहित राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८१ को अवसरमा मुस्ताङमा करदाता शिक्षा सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
आन्तरिक राजश्व कार्यालय बाग्लुङको टोलीले मुस्ताङको जोमसोममा उद्योगी ,व्यवसायी तथा विभिन्न संघसंस्थाका संञ्चालकहरुलाई स्थायी लेखा नम्बर दर्ता,कर दर्ता,आय व्यय विवरण,मुल्य अभिवृद्ध कर दर्ता,अन्तशुल्क ईजाजत लगायत कर प्रणाली र कर नीतिका बारेमा जानकारी गराईको छ । यसैगरी कार्यक्रममा करदाता पार्टल तथा अनलाईन वेवसाईड मार्फत करचुक्ता लिने प्रक्रियाका बारेमा आन्तरिक राजश्व कार्यालय बाग्लुङको कर अधिकृत टोलीले जानकारी दिएका थिए । करदाता शिक्षा सचेतना तथा अभिमुखिकरण कार्यक्रममा वर्तमान कर व्यवसाय तथा आर्थिक विधेयकमा भएका विभिन्न कर छुट सुविधाका बारेमा समेत व्यवसायीहरुलाई जानकारी गराईएको थियो ।
मुस्ताङमा आयोजित करदाता शिक्षा कार्यक्रममा आन्तरिक राजश्व कार्यलयका कर अधिकृतद्धय मोहनप्रसाद अचार्य र राजनमणी शर्माले प्रस्तुतीकरण गरेका थिए । करदाता शिक्षा सचेतना कार्यक्रममा आयोजित कर संम्वन्धि अन्तरक्रियामा मुस्ताङका व्यवसायी तथा उद्यमीहरुले यसप्रकारको कार्यक्रममा बर्सेनि आयोजना गर्नुपर्ने माग राखेका छन् ।
भौगोलिक रुपमा विकट मुस्ताङमा उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका व्यवसायीहरुलाई समेट्ने गरी कर दाता शिक्षाको कार्यक्रमलाई वृहत बनाएर लैजानुपर्नेमा सुझाएका छन् । यसैगरी आन्तरिक राजश्व कार्यालयको सेवालाई फराकिलो बनाएर लैजान मुस्ताङमा कार्यालयको शाखा विस्तार गर्नुपर्नेमा व्यवसायीहरुले आवाज उठाएका थिए ।
यसअघि करदाता शिक्षा सचेतना कार्यक्रममा मुस्ताङका प्रजिअ बिष्णुभुसालले राज्यका सबै नागरिक करको सम्भावक भएको उल्लेख गरे । राज्यका उद्यमी व्यवसायी,संघसंस्था र नागरिकले कर स्वरुप बुझाएको पैसाले देशको अर्थतन्त्र व्यवस्थापन र विकासका काममा योगदान पुग्ने बताए । प्रजिअ भुसालले सबै नागरिकले राज्यलाई कर तिर्ने र व्यवसाय दर्ता गर्ने कानुनी आधार भएकाले कर प्रणालीमा जोडिएर राष्ट्रप्रति योगदान गर्न सुझाए ।
कार्यक्रममा वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङले राज्य निर्माणमा व्यवसायीहरु महत्वपूर्ण भूमिका रहने बताए । राज्य संयन्य संञ्चालन गर्ने प्रणालीको विकासमा ३ तहको सरकारको भूमिका हुने भएकाले सबै निकायहरुले करदाताहरुलाई सहज सरल र सेवामैत्री तुल्याउँदै लैजानुपर्ने अध्यक्ष गुरुङको भनाई थियो ।
कार्यक्रममा मुस्ताङका झन्डै ६० भन्दा बढी उद्योगी,व्यवसायी र संघसंस्थाका संञ्चालकहरुको सहभागिता रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय जब्बरबहादुर भण्डारीले जानकारी दिए । उनले आन्तरिक राजश्वक कार्यालयले प्रवाह गर्ने केही सीमित अधिकारको अख्तियारी कार्यालयलाई सुम्पिएको र कार्यालयको शाखा स्थापना गर्ने बिषयमा प्रक्रिया अघि बढिसकेको बताए ।