पोखरा— पोखरामा अखिल नेपाल महिला संघको (मुस्ताङ—कास्की) सम्पर्क कमिटी गठन गरिएको छ । नेकपा (एमाले) निकट जनवर्गाीय संगठन अनेम संघ जिल्ला कार्यसमिति मुस्ताङको प्रथम (मुस्ताङ—कास्की) सम्पर्क भेलाले बुधबार १५ सदस्यीय सम्पर्क कार्यसमिति गठन गरेको हो ।
मुस्ताङ जिल्ला छोडेर विभिन्न पेशा व्यवसायमा आवद्ध,अध्ययन र जिम्मेवारी सम्हाल्दै पोखरामा बस्दै आईरहेका अनेम संघ मुस्ताङमा आवद्ध सदस्यहरुको कार्यसम्पादन सहजताका लागि सम्पर्क कमिटी गठन गरिएको हो ।
अनेम संघ गण्डकी प्रदेशको पहलमा गठन गरिएको प्रथम (मुस्ताङ—कास्की) सम्पर्क भेलाले सवि शेरचनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा अनिता घताने,सचिवमा ममता गौचन,सहसचिवमा बिमला परियार र कोषाध्यक्षमा नर शोभा बुढाथोकीलाई सर्वसम्वत चयन गरेको हो ।
सदस्यमा शान्ति थकाली ,मिना तुलाचन, गौमाया तुलाचन, बिष्णु शेरचन, सरला थकाली,सुनमाया घताने, मञ्जु गुरुङ,अनिता छन्त्याल,भिमकुमारी थकाली र सुनिता विश्वकर्मा छन् ।
प्रथम (मुस्ताङ—कास्की) सम्पर्क भेलाद्धारा गठन गरिएको कार्यसमिति सदस्यहरुलाई अनेम संघकी स्थायी कमिटी सदस्य एवं नेकपा एमाले गण्डकी प्रदेशकी उपसचिव मञ्जु अधिकारीले पद तथा गोपनीयता शपथ गराईन् ।
प्रथम मुस्ताङ—कास्की सम्पर्क भेलाको अनेम संघकी स्थायी कमिटी एवं एमाले गण्डकी प्रदेश उपसचिव मञ्जु अघिकारीले उद्घाटन गरिन् । सो अवसर अनेम संघकी स्थायी कमिटी सदस्य अधिकारीले सम्पर्क कमिटी गठनले मुस्ताङका महिला हकअधिकार ,संगठन विस्तार र महिला माथि पर्ने विभिन्न समस्या सम्वोधन गर्न तथा संम्वन्धित निकायमा आवाज उठाउन पुलको भूमिका निभाउन सहयोग पुग्ने बताईन् । उनले भौगोलिक विकटता र मौसमका हिसाबले समेत मुस्ताङमा अनेम संघको दायित्व भित्र पर्ने तमाम समस्याहरु हल गर्न कठिन पर्ने विद्यमान अवस्थाको अन्त्य गर्न सम्पर्क कमिटीले महत्वपूर्ण योगदान पू¥याउने उल्लेख गरिन् ।
अनेम संघ गण्डकी प्रदेशकी सहईञ्चार्ज एवं प्रदेश सभा सदस्य देवका पहाडीले अनमे संघ (केन्द्र)को सर्कुलर अनसार अनमेसंघले सम्पर्क कमिटी गठनको पहल थालेको बताईन् । उनले हिमालपारीका उत्पिडित महिलाहरुको हकअधिकार र उत्थानका लागि संघले गर्ने कामहरु प्रदेश राजधानी कास्कीमा सहज पहुँच पू¥याउन सहज होस भन्ने अभिप्रायले सम्पर्क कमिटी गठन गर्नु परेको जनाईन् । अनेम संघ मुस्ताङकी ईञ्चार्ज शर्मिला गुरुङले मुस्ताङका धेरै महिला दिदीबहिनीहरु कास्कीमा रहेको र उनीहरु विभिन्न पेशा व्यवसाय र जिम्मेवारीमा रहेको सुनाईन् । उनले महिला मुक्तिका लागि हिमालपारीका समस्यालाई छिटो÷छरितो रुपमा गण्डकी प्रदेशसंग जोड्न सम्पर्क कमिटी गठन महत्वपूर्ण कार्य भएको उल्लेख गरिन् ।

अनेम संघको सम्पर्क भेलालाई अनेम संघ गण्डकी अध्यक्ष हिराकुमारी गिरी, अनेम संघकी केन्द्रिय सदस्य सुनदेवी रसाईली र अनेम संघ मुस्ताङकी अध्यक्ष मिमकुमारी शेरचन लगायतले अनेम संघको गण्डकी प्रदेश अन्तर्गत सम्पर्क कमिटी गठन लगायतका बिषयमा धारणा राखेका थिए ।
सम्पर्क कमिटीको अध्यक्षमा चयन सवि शेरचनले सबैको सामुहिक प्रयासले मात्र मुस्ताङ—कास्की सम्पर्क कमिटीको उद्देश्यलाई सफल बनाउन सकिने उल्लेख गरिन् । उनले अनेम संघको दायित्व,कार्यसम्पादन र जिल्ला भित्रका समस्यालाई सहज बनाउन र सम्वन्धित निकायमा लैजानले आफुले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता