जोमसोम—प्रजातन्त्र दिवसको अवसरमा मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ क्षेत्रमा सरसफाई तथा वृक्षारोपण गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिसस र कर्मचारी मिलन केन्द्र मुस्ताङको संयुक्त आयोजनामा जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारी ,सुरक्षा निकाय र स्थानीय तहका जनप्रतिनिधि लगायतको समन्वयमा बिहिबार मुक्तिनाथमा सरसफाई तथा ईलाका प्रहरी कार्यालय मुक्तिनाथको पाखोमा वृक्षारोपण गरिएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा आयोजित मुक्तिनाथ मन्दिर परिसर ,चेन्जिङ रुम, शौचालय र मुक्तिनाथ जाने रेलिङसहितको सिंढी बाटोमा रहेको फाहोरलाई व्यवस्थापन गरी सरसफाई गरिएको हो । मुक्तिनाथ सरसफाई अभियानको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले नेतृत्व गरेका थिए । प्रजातन्त्र स्थापना भएको दिनलाई राष्ट्र व्यापी रुपमा दिवस मनाउने क्रममा मुस्ताङमा सरसफाई तथा वृक्षारोपणका साथै सरकारी कार्यालय र धार्मिक गुुम्बाहरुमा दीपप्रज्वन गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले जानकारी दिए । प्रजिअ भुसालका अनुसार मुक्तिनाथ स्थित ईलाका प्रहरी कार्यालयको भिरालो पाखोमा वृक्षारोपण गरिएको हो ।

यसै गरी प्रजातन्त्र दिवसको अवसरमा जिल्ला प्र्रशासन कार्यालय मुस्ताङ नजिकै रहेको शालिग्राम उद्यानको सरसफाई तथा शालिग्रामको सरसफाई गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता