जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिका—१ स्थित गणतान्त्रिक छैरो गाउँमा विषेशज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर चलाईएको छ । अरनिको समाज काठमान्डौंको आयोजना तथा हिमालपारी उत्पिडित समुदाय विकास तथा सशक्तिकरण परिषदको समन्वयमा आईतबार मुस्ताङको छैरो गाउँमा विशेषज्ञ सेवासहितको एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
अरनिको समाज संस्थाबाट निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गर्नका लागि डा. कृष्ण गोपाल महर्जनसहित १५ जनाको स्वास्थ्य टोली मुस्ताङ आईपुगेका थिए । टोलीमा डा. महर्जनसहित ६ जना विशेषज्ञ चिकित्सकको सहभागिता रहेको जनाईएको छ ।
मुस्ताङको गणतान्त्रिक गाउँ छैरो स्थित छैरो आधारभुत विद्यालयको प्राङ्गणमा सञ्चालित स्वास्थ्य शिविरबाट ९४ जना लाभान्वित भएको घरपझोङ गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले जानकारी दिए । शिविर संञ्चालनमा गाउँपालिकाले समेत सहयोग पू¥याएको स्वास्थ्य संंयोजक थकालीले बताए ।
दक्ष स्वास्थ्य जनशक्ति र चिकित्सकीय प्राविधिकरण उपकरण नहुँदा भरपर्दो स्वास्थ्य सेवा लिनबाट बञ्चित छैरो र चिमाङ गाउँका स्थानीय नागरिकलाई स्वास्थ्य शिविरले ठुलो सहयोग पुगेको हिमालपारि उत्पिडित समुदाय विकास तथा सशक्तिकरण परिषद मुस्ताङका अध्यक्ष भीमबहादुर रसाईलीले उल्लेख गरे । उनका अनुसार छैरो स्कुलमा सञ्चालित स्वास्थ्य शिविरबाट स्थानीय नागरिक र विद्यालयका स—साना बालबालिकाहरुले निःशुल्क स्वास्थ्य लाभ लिने अवसर मिलेको हो ।
मुस्ताङको छैरोमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा दन्त उपचार,जनरल उपचार,पाठेघर क्यान्सरको पूर्व स्क्रीनिङ, पिसाबको स्ट्रीप र ब्लड सुगर परीक्षण प्रयोगशाला र निःशुल्क औषधि वितरण् लगायतका सेवा प्रवाह गरिएको थियो ।
घरदैलोमै चिकित्सकीय स्वास्थ्य सेवा पाएपछि स्थानीय नागरिक खुसी भएका थिए । सुगमको अस्पतालमा भरपर्दो स्वास्थ्य सेवा लिन जाँदा धेरै पैसा खर्च हुने , दुःख सास्ती र समय अनुुकुल नहुने हुदा समस्यामा परेका स्थानीय नागरिकहरुले शिविर सञ्चालनले गुणस्तरीय स्वास्थ्य लाभ लिने मौका मिलेको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता