पोखरा—जोमसोम हवाई उडानमा मौसमको बाधक

जोमसोम ।

मनसुन समाप्तिसंगै संञ्चालनमा आएको यहाँको पोखरा जोमसोम हवाई उडान सेवा मौसम प्रतिकुलता कारण अनियमित बन्ने गरेको छ । अनुकुल मौसम र पर्यटकीय यामका बेला यहाँको पोखरा—जोमसोम नियमित हवाई उडान सेवा जेनजी आन्दोलन र त्यसपछिको मौसम प्रतिकुलता कारण पटक पटक प्रभावित बनेको हो ।

मनसुनपछि गत भदौ १५ गते संञ्चालनमा आएको यहाँको पोखरा—जोमसोम हवाई उडान सेवा मौसम प्रतिकुलताका कारण पटक÷पटक प्रभावित बन्ने गरेको जोमसोम नागरिक उड्यन कार्यालय मुस्ताङका कार्यालय प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो । पछिल्लो दुई महिनाको अवधिमा समिट एरलाईन्सको टुईनेटर जहाजले पोखरा—जोमसोम हवाई सेवाका लागि एकतर्फी ९७ र दुईतर्फी एक सय ९४ उडान भरेको कार्यालय प्रमुख पोखरेलले उल्लेख गर्नुभयो । यसैगरी तारा एयरलाईन्सको टुईनेटर जहाजले (पोखरा—जोमसोम) हवाई सेवाका लागि एकतर्फी ६१ र दुईतर्फी एक सय २२ उडान भरेको उहाँले कार्यालय प्रमुख पोखरेलले जनाउँनुभयो ।

सुरुआती चरणमा भदौं २३ र २४ गतेको युवाहरुको जेजनी आन्दोलनले उत्पन्न परिस्थितीका कारण पोखरा—जोमसोम हवाई सेवाका लागि यात्रुहरुले टिकट बुकिङ रद्द गरेपछि यहाँको हवाई सेवा करिव एक हप्ता बढी प्रभावित भएको थियो । त्यसयता भने पोखरा र मुस्ताङमा हुने मौसम प्रतिकुलताले गर्दा हवाई सेवा प्रभावित हुने गरेको जोमसोम नागरिक उड्यनका कार्यालय प्रमुख पोखरेलको भनाई छ ।‘ कहिले मुस्ताङको मौसम राम्रो हुुँदा पोखराको मौसम बिग्रने र कहिले पोखराको मौसम राम्रो हुँदा मुस्ताङको मौसम प्रतिकुल हुने गर्छ,’कार्यालय प्रमुख पोखरेलले थप्नुभयो,‘ मुस्ताङमा उत्तरी हावाहुरी र वर्षाका कारण समस्या हुन्छ भने पोखरामा पनि वर्षा र हुस्सु लाग्ने भएकाले उडानमा समस्या हुन्छ ।’

पछिल्लो एक साता अघि जल तथा मौसम विज्ञान विभागले हिमाली तथा उच्च पहाडी क्षेत्रहरुमा हिमपात र वर्षा हुने प्रक्षेपण गरेको थियो । सोही प्रक्षेपण अनुसार अघिल्लो मंगलबारदेखि मुस्ताङको माथिल्लो क्षेत्रहरुमा हिमपात र तल्लो क्षेत्रहरुमा वर्षा भएको थियो ।

पछिल्लो एक साता बढी अवधिमा पोखरा—जोमसोम हवाई उडान तीन मात्रै नियमित भएको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कार्तिक १० गते पोखरा—जोमसोम)का लागि तारा र समिट एयरलाईन्सको जहाजले उडान भरेको भएपनि कार्तिक ११ गते मौसम प्रतिकुलताका कारण हवाई उडान हुन सकेन ।

कार्तिक १२ र १३ गते पोखरा—जोमसोम हवाई उडान नियमित भएकोमा कार्तिक १४ र १५ गते हवाई उडान प्रभावित भएको थियो । पोखराबाट जोमसोम विमानस्थलमा अवतरण गरेको समिट एयरलाईन्सको जहाज मौसम प्रतिकुलताका कारण दुई दिन नाईट स्टक गरी कार्तिक १५ गते पोखरा फर्किएको कार्यालय प्रमुख पोखरेलले उल्लेख गर्नुभयो । उक्त दिनमा पोखरा—जोमसोम हवाई सेवाको दोहोर हवाई उडान हुन नसकेको उहाँले बताउँनुभयो ।

त्यसपछि आईतबारदेखि मौसम प्रतिकुलताका कारण प्रभावित बनेको पोखरा—जोमसोम हवाई सेवा मंगलबार (आज) तारा एयरलाईन्सको जहाजले तीन वटा उडान भरेको कार्यालय प्रमुख पोखरेलको भनाई छ । पछिल्लो दुई दिन मुस्ताङको मौसम सफा भएपनि पोखराको मौसम प्रतिकुल भएका कारण हवाई उडान नभएको उहाँको भनाई छ ।


प्रतिक्रिया