खेतबारी बाँझो रहेपछि ठिनीका महिलाले गरे सामुहिक प्रकृति पुजा

जोमसोम—  दुई साताअघि उपल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा आशिंक मात्रै हिउँ प¥यो । त्यो बेला परेको हिउँनै यससिजनको पहिलो हिउँ थियो । त्यसबेला उपल्लो मुस्ताङमा आशिंक हिउँ परेपनि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ छुसाङदेखि तल्लो क्षेत्रमा भने हिउँ पर्ननै सकेन । यहाँका हिमाली लेंकमा छिटफुट हिमपात परेपनि त्यससमय वस्ती र खेतीयोग्य क्षेत्रमा हिउँ पर्न सकेन ।

 कुनै समय तल्लो मुस्ताङमा समेत दुई फिटसम्म हिउँ पथ्र्यो । हिउँ पर्दा यहाँका उच्चलेंकसंगै खेतीयोग्य उर्वरभूमी र यहाँको कालिगण्डकी तटीय वस्ती पुरै हिउँले ढाकिन्थे । हिउँ परेर घरका छतहरु पुरै सेताम्मे हुँदा स्थानीयलाई घर माथि थुप्रिएको हिउँ पन्छ्यान समेत निकै सकस पथ्र्यो । तल्लो मुस्ताङका सडकहरु समेत हिउँकै कारण अवरुद्ध हुन्थ्ये ।

केहीवर्षयता मुस्ताङमा विगतको जस्तो हिउँ परेको छैन । यसवर्ष तल्लो मुस्ताङमा अनुकुल मौसममा समेत हिउँ पर्न सकेन । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा पर्न थालेको छ । कुनै बेला कार्तिक महिनामानै मुस्ताङमा हिउँ पर्न सुरु गथ्र्यो । तर, विगतका हिउँ पर्ने क्षणहरु कथा जस्तो हुन थालेको छ । अनुकुल हिउँ पर्ने याममा असमान प्रकारको हिमपातले मुस्ताङको कृषि प्रणाली, पर्यटन र यहाँका सस्कृतिमा समेत विस्तारै यहाँका असरहरु देखिन थालेका छन् । टुकुचेकी ८४ वर्षीया वृद्धाा ङ्याङ्चा थकालीले मुस्ताङमा हिउँदयाममा पनि हिउँ पर्न नसक्नु आश्चार्य लागेको बताउँनुभयो ।‘यस्तै कहिल्यै हुने थिएन, २÷२ वर्ष यता खै हाम्रा पालामा देखेको जस्तो हिउँ पर्ननै सकिरहेको छैन,’ वृद्धा थकालीले थप्नुभयो, खै हिउँ पर्नु पर्ने हो ,के कति कारणले परेन, सिजनको बेलाकम त हिउँ परिदिएको फाईदानै हुन्थ्यो ।’

 जारी सिजनमा एक पटक पनि हिउँ नपर्दा मुस्ताङको तीन पालिकामा  खेतीयोग्य जमिन बाँझो रहेको छ । यहाँका खेतबारीहरु चिस्यान नहुँदा सुख्खा परेको छ ।यसका अलावा यहाँ शीतोष्ण हावापानीमा उत्पादन हुने स्याउ लगायतका अन्नबालीमा समेत हिउँ नपर्दाको असर देखिने होकी भन्नेमा मुस्ताङका किसान निकै चिन्तित छन् । हिउँदयामको हिउँ कृषकका लागि  बरदान सावित हुने भएपनि हिउँ नपर्दा यहाँको कृषि क्षेत्रमा यसको प्रत्यक्ष÷परोक्ष असर पर्ने देखिएको छ । हिउँले सिञ्चत हुने यहाँका खेतबारीहरु हिउँ नपर्दा  फुस्रा देखिएका छन् । हिउँ नपर्ने र यहाँका तापक्रम वृद्धिले अन्नबालीमा विभिन्न रोगकिराहरुको प्रकोपले सताउँने होकी भन्ने भय यहाँका किसानमा छ ।

 जारी सिजको अनुकुल मौसममा समेत हिउँ नपरेपछि मुस्ताङको घरपझोङ गाउँपालिकाका स्थानीय महिलाहरुले सामुहिक प्रकृति पुजा गरेका छन् । हिउँ नपर्दा खेतबारी बाँझो रहेको भन्दा ठिनी गाउँका महिलाहरुले हिउँ र वर्षा परोस भन्ने कामना गर्दै प्रकृति पुजा गरेको  ठिनी आमा समुहकी सचिव ममिता थकालीले जानकारी दिनुभयो । घरपझोङ—५ ढुम्बा स्थित कुछ्प तेरङ्गा गुम्बाका लामाहरु राखेर ठिनी गाउँका महिलाहरुले धार्मिक परम्परा अनुसार सामुहिक पुजापाठ गरेको सचिव थकालीले उल्लेख गर्नुभयो ।‘ योसिजन खै किन हो हिउँ परेको छैन, हिउँ नपर्दा बाली नाली सबै बिग्रन्छकी भन्ने चिन्ता छ,’ आमा समुहकी सचिव थकालीले चिन्तित हुँदै थपिन्,‘ हिउँको कामना गर्दै ढुम्बाताल छेउमा हामीले प्रकति पुजा गरेका हौं, तैपनि हिउँ र वर्षा हुने संकेत मिलेपनि हिउँ र वर्षा भएको छैन ।’

ठिनी गाउँका महिलाहरुले हिउँ पार्न ढुम्बातालमा प्रकृतिको पुजा गरेपछि त्यहाँको जल कुछ्प तेरङ्गा गुम्बामा चढाएर गुम्बामा दर्शन गरेका छन् । ढुम्बातालमा धार्मिक दृष्ट्रिकोणले महत्वपूर्ण स्थानको रुपमा लिने गरिन्छ । योस्थानको ताल गुरु पद्यसम्भव जोडिएको छ । तालमा बर्सेनि गुम्बाका लामाहरु पुजाआजा गर्छन । तालमा नागको थान छ ।

 ठिनीका स्थानीय निरज थकालीका अनुसार पछिल्लो समयमा हिमाली जिल्ला मुस्ताङमा हिउँ पर्ने क्रम कम भएको बताउँनुभयो । हिमाली जिल्लामा हिउँ नपर्दा जलवायु संकट थपिदै जान थालेको उहाँले बताउनुभयो । हिउँ नपर्दा हिमनदीहरुको स्रोत घट्दै गएको ,चरनक्षेत्रमा घाँस सुक्दै जान थालेको स्थानीय युवा थकाली बताउँछन् । जलवायु संकटकै कारण यहाँका जैविक विविधता,पर्यावरण,कृषि पर्यटन र संस्कृतिमा समेत यसका नकारात्मक असरहरु देखिन थालेको थकालीले उल्लेख गर्नुभयो ।

 हिमाली जिल्ला मुस्ताङमा २०७५ सालको हिउँदयाममा उपल्लो मुस्ताङमा भारी हिमपात हुँदा त्यहाँको उच्चदलेंक,खर्क र याकचौरी गोठमा हिमपातले पशुधनमा ठुलो क्षति तुल्याएको थियो । त्यसबेला सयौं याकचौरीहरु खर्कमै पुरिएर मरेका थिए । त्यसो त जलवायुकै कारण  मुस्ताङको कागबेनी स्थित कागखोलामा भयाकन बाढी आउँदा करोडौंको भौतिक सम्पतीमा क्षति तुल्याएको थियो ।

मुस्ताङमा जलवायु परिवर्तनकै कारण यहाँ उत्पादन हुने स्याउ लगायतका अन्नबालीहरु बसाई सार्न थालेका छन् । अनुकुल समयमा हिउँ नपर्ने र बर्सेनि हिमाली क्षेत्रको तापमान वृद्धि हुँदै जाने क्रमले गर्दा यहाँका रैथानेबालीको भविष्य कति सम्म रहने हो भन्ने चिन्ता थपिन थालेको छ ।

 


प्रतिक्रिया