जोमसोम ।। हिमाली जिल्ला मुस्ताङका किसानलाई अनुदान सहुलियतमा कृषि यान्त्रिक उपकरण वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मुस्ताङले स्याउ र आलु जोन कार्यक्रम अन्तर्गत यहाँका किसानलाई १६ थरीका कृषि यान्त्रिक उपरकण तथा कृषि औजार ५० प्रतिशत अनुदान सहुलितमा वितरण गरिएको हो ।
मुस्ताङमा परियोजना अन्तर्गत च्यांग्रा जोन, आलु जोन र स्याउ जोन कार्यान्वयनमा रहेको छ । जोनको वार्षिक स्वीकृत कार्यक्रम अनुसार परियोजन कार्यान्वयन ईकाई मुस्ताङले घरपझोङ, थासाङ, वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकाका किसानलाई उनीहरुको मागका आधारमा ५० प्रतिशत अनुदान दिने गरी कृषि यान्त्रिक उपकरणहरु वितरण गरिएको परियोजना कार्यान्वयन ईकाई मुस्ताङका कार्यालय प्रमुख भरतराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार चालु वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुरुप शुक्रबार मुस्ताङका किसानलाई विभिन्न थरीका कृषि यान्त्रिक उपरकण वितरण गरेको बताउँनुभयो ।
परियोजनाले स्याउ जोनतर्फ १५ लाख र आलु जोनतर्फ १८ लाख ३५ हजार बजेटको परिधिमा रहेर मुस्ताङका ५ वटै पालिकालाई समेट्ने गरी कृषक मागका आधारमा यान्त्रिक उपकरण हस्तान्तरण गरेको कार्यालय प्रमुख गौतमले उल्लेख गर्नुभयो । परियोजनाले २६ थान डिजेलबाट चल्ने र ९ थान पेट्रोलबाट चल्ने गरी कुल ३५ थान यान्त्रिक उपकरण हलो अनुदान सहुलियतमा वितरण गरेको कार्यालय प्रमुख गौतमको भनाई छ ।

यसैगरी स्याउ र आलु जोन कार्यक्रम अन्तर्गत परियोजनाले घाँस काट्ने ब्रसकटर १९ थान, सिकेचर १८ थान, करौती १४ थान, डिजिटल तराजु ३६ थान, मोटर स्प्रे २१ थान, पावर स्प्रे २९ थान, रिप्याक्टोमिटर १ थान, ब्रस कटर १९ थान, भ¥याङ ७ थान, कुटो २९,कोदाली ८३ थान, गैची २ थान, बाउसो २४ थान डोजे २१ थान,बेल्चा ५ थान प्रोटेबल लिड स्प्रेमा ४ थान गरी ३१३ थान विभिन्न यान्त्रिकीकरण उपरकण अनुदान सहुलियतमा वितरण गरेको परियोजनाले जनाएको छ ।
परियोजनाले मुस्ताङका किसानलाई यसप्रकार कृषि यान्त्रिक उपकरणहरु अनुदानमा उपलब्ध गराउने सिफारिसका लागि अनुदान सिफारिस समिति गठन गर्ने गरेको छ । समितिमा परियोजना कार्यान्वयन ईकाई, कृषि ज्ञानकेन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्रतिनिधित्व रहने गरी अनुदान सिफारिस समिति गठन भएको कार्यालय प्रमुख गौतमको भनाई छ ।
अनुदान सिफारिस समितिले यान्त्रिक उपकरण माग गरेका सम्वन्धित किसानको फिल्ड अनुगमन गर्ने,वास्तविक किसान रहेनरहेको एकिन गर्ने र यसअघि अनुदान पाएको वा नपाएको एकिन गरी अनुदान डुब्लिकेसन नहुने गरी गरी यान्त्रिक अनुदान कार्यक्रममा समेट्ने गरिएको परियोजना प्रमुख गौतमले खुलाउँनुभयो । परियोजनाले यान्त्रिक उपकरण बाहेक अन्यमा किसानलाई मागका आधारमा ८५ प्रतिशतसम्म अनुदान सहयोगको कार्यक्रम रहेको बताउँनुभयो ।
मुस्ताङका किसान छिरिङ गोम्वो गुरुङले कृषि क्षेत्रको समुन्नत विकासमा यसप्रकारको यान्त्रिक उपकरण अनुदानले ठुलो टेवा पु¥याउने गरेको बताउँनुभयो । किसान गुरुङले कृषि लक्षित यसप्रकार अनुदान लगायतका कार्यक्रममा विभिन्न र पहुँच नपुग्ने किसानलाई समेत समेट्न सकेमा यहाँको कृषि प्रणाली विकास हुने र यसले किसानको आर्थिक विकासमा समेत योगदान पु¥याउने दावी गर्नुभयो ।
मुस्ताङमा स्याउ लगायत विभिन्न शीतोष्ण फलफूलका साथै उवा,फापर,जौ,आलु ,मैक र विभिन्न जातका तरकारीहरु उत्पादन हुन्छ । यहाँको परम्परागत कृषि प्रणाली बढी मात्रामा झन्झटिलो र लागत खर्च बढी हुने भएकाले पछिल्लो समय कृषि व्यवसायलाई थप परिस्कृत बनाएर लैजान समस्या देखिएको छ । जनशक्ति र खेत जोत्ने गोरु झोपा पाल्न छोडेपछि कृषि प्रणालीमा चुनौती थपिएको हो ।
तर,पछिल्लो समय मुस्ताङका किसानलाई कृषिसंग सम्वन्धि सरकारी कार्यालय तथा स्थानीय तहहरुले बर्सेनि अनुदान सहुलियतमा यान्त्रिक उपकरण हलो लगायतका उपकरण वितरण गर्न थाले कृषकहरुलाई निकै ठुलो सहयोग पुगेको घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो ।
यान्त्रिक उपकरणले थोरै जनशक्तिबाट काम गर्न सकिने ,समयको बचत,कृषि कामकाजमा सहजता र आर्थिक बचतमा समेत सहयोग पुग्ने भएकाले किसानको पहुँचमा यान्त्रिक उपकरण अतिनै आवश्यक रहेको कृषि शाखा अधिकृत थकालीको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली