मुस्ताङको मार्फा—जोमसोम सडकमा कालोपत्र धमाधम

मुस्ताङको मार्फा—जोमसोम सडकमा कालोपत्र धमाधम

जोमसोम । मुस्ताङको (मार्फा—जोमसोम) सडकमा कालोपत्र सुरु गरिंदैछ । निर्माण कम्पनीको चरण्म ढिलासुस्ती र वेवास्ताका कारण लामोसमयदेखि अलपत्र परेको (मार्फा—जोमसोम¬) सडकमा निर्माण कम्पनीले गतहप्तादेखि कालोपत्र गर्न थालेको हो ।

उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको सडक अन्तर्गत बेनी—जोमसोम ७४ किमी सडकको चौथौ तथा अन्तिम (कोवाङ—जोमसोम¬) सडकको आ.व. २०७३÷०७४ सालमा ठेक्का सम्झौता भएको थियो । उक्त सडकको ७० करोड लागतमा  पप्पु—गौरी पार्वती,कोशी—एण्ड न्यौपाने जेभीले कोवाङ—मार्फा १७ किमी सडकको अस्फाल्ट कालोपत्र गर्ने ठेक्का सम्झौता गरेको थियो । कोवाङ —जोमसोम सडकको ९० प्रतिशत भौतिक प्रगती सम्पन्न हुँदै गर्दा निर्माण कम्पनीले सडक निर्माणको  काम अलपत्र पारेको थियो ।

 बेनी—जोमसोम चौथो खण्डको कोवाङ—जोमसोम सडक निर्माणका लागि सुरुवाती ठेक्का सम्झौता गरेको पप्पु —गौरी पार्वती, कोशी एण्ड न्यौपाने जेभीको प्रतिनिधित्व गर्दै कोशी एण्ड न्यौपानेले कोवाङ—जोमसोम कालोपत्र स्तरोन्नतिको ठेक्का सम्झौता गरेको थियो । तर, कोशी एण्ड न्यौपाने कन्ट्रक्सनले सडक निर्माणको काम प्रभावकारी रुपमा अघि बढाउँन नसकेपनि जोईनको मुख्य प्रतिनिधि गौरी पार्वती अलपत्र सडकको काम सम्पन्न गर्न कार्यस्थलमा खटिएको थियो । गौरी पार्वतीले पनि कोवाङ—जोमसोम सडक ७ वर्ष बितिसक्दा समेत पुरा गर्न नसक्दा आयोजना ,प्रशासन र स्थानीय जनप्रतिनिधिहरुले निकै ठुलो आलोचना खेप्दै आईरहेका थिए ।

हालसम्म ६ पटक म्याद थप भईसकेको कोवाङ—जोमसोम सडकका निर्माण कम्पनीले आयोजनाले गत असोजदेखि कुल ठेक्का सम्झौताको (०.०५) प्रतिशत हुने गरी दैनिक तीन लाख ११ हजार जरिवाना रकम तोकेको थियो । जरिवाना रकम तोकिएको र आयोजनाको पटक÷पटक ताकेता गर्दा समेत निर्माण कम्पनी काममा फर्किन सकेको थिएन ।

 तर, निर्माण कम्पनी चालु आर्थिक वर्ष सकिन लाग्दा कोवाङ—जोमसोम सडक निर्माणको काममा फर्किएको हो । आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले कोवाङ— जोमसोम सडकको पछिल्लो भौतिक प्रगती ९० प्रतिशत पुगेको बताउँनुभयो । हालसम्म कोवाङदेखि टुकुचे र टुकुचे सिरान टोलदेखि मार्फासम्म अस्फाल्ट कालोपत्र सम्पन्न भएको उहाँले बताउँनुभयो । यसैगरी जोमसोम कालिपुल देखि पुथाङ एअरपोर्टसम्म आरसीसी तथा कालोपत्रे भएको र नेपाल सेनाको ब्यारेक नजिक कालोपत्र गर्न बाँकी रहेको सूचना अधिकारी चापागाईले उल्लेख गर्नुभयो ।

कोवाङ—जोमसोम सडकखण्डको बाँकी रहेको (मार्फा—जोमसोम) चार किमी दुरीका सबबेस, सबग्रेड निर्माण गरी प्राईमकोर्ड गरी  कालोपत्र गर्ने कार्य धमाधम भईरहेको आयोजनाका सूचना अधिकारी चापागाईले जानकारी दिए । आयोजनाका सूचना अधिकारी चापागाईले चालु आर्थिक वर्षको असार मशान्तसम्ममा (मार्फा—जोमसोम) कालोपत्र सम्पन्न हुँदे दावी गरे ।

यता,सरकारले सार्वजनिक खरिद नियमावलीको नयां शंसोधन ल्याएकाले निर्माण कम्पनीलाई लाग्ने जरिवाना रकम स्वत मिनाहा हुने भएकाले निर्माण कम्पनी काममा फर्किएको र असार भुक्तानीका लागि निर्माण कम्पनीले काममा तदारुकता देखाएको स्थानीय सरोकारवालाहरुको भनाई छ । 

राष्ट्रिय गौरवको (मार्फा—जोमसोम) सडक अलपत्र हुँदा जनताबाट आलोचना खेप्नु परेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले सुनाउँनुभयो । उहाँले ढिलै भएपनि निर्माण कम्पनीले कालोपत्रको काम सुरु गरेकाले आफुहरुलाई सडक सम्पन्न हुने आशा जागेको बताउँनुभयो ।

मुस्ताङको ( मार्फा —जोमसोम) सडकमा कालोपत्र सम्पन्न भएमा मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्मको सडक कालोपत्र सडक सञ्जालले जोडिने छ ।


प्रतिक्रिया