जोमसोम— बैशाख शुल्क पूर्णिमाको दिन सोमबार (आज) मुस्ताङमा शान्ति पदयात्रा निकालिएको छ । २५६९औैै बुद्ध जयन्तीको अवसरमा मुस्ताङको जोमसोममा शान्ति पदयात्रा निकालिएको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिका—३ स्थित पुथाङ आमा बहुमुखी सहकारी संस्थाको आयोजनामा शान्ति पदयात्रा आयोजना गरिएको हो । बुद्ध जन्मिएको दिन ,सिदार्थ गौतमले बुद्धत्व प्राप्त गरेको र बुद्धको महापरिनिर्वाण भएको दिनलाई स्मणरण गर्दै शान्तिको कामना गर्दै मुस्ताङमा बुद्ध जयन्ती मनाईएको हो । मुस्ताङको जोमसोम बजारको करिव तीन किलोमिटर दुरीमा विश्व शान्तिको कामना गर्दै शान्ति पदयात्रा भएको हो । पदयात्राका क्रममा मुस्ताङमा अवस्थित बुद्धिस गुम्बा र स्थानीयका घरमा राखिएका बुद्ध धर्म सम्वन्धि पुस्तक धार्मिक परम्परा अनुसार पदयात्राका परिक्रमा गराएको छ । स्थानीयले पुस्तक ढोगेर आर्शिवाद ग्रहण गरेका थिए ।
मुस्ताङका खेम्पो रिन्पार्छो मंगलध्वज तुलाचनको विशेष उपस्थितमा मुस्ताङको जोमसोममा शान्ति पदयात्रा आयोजना भएको पुथाङ आमा बहुमुखी सहकारी संस्थाकी अध्यक्ष छेटेन थकालीले जानकारी दिनुभयो । पदयात्रामा संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङ, प्रदेश सभा सदस्य विकल शेरचन, घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन ,मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसाल,डिएसपी छिरिङ किप्पा लामा ,विभिन्न गुम्बाका लामा तथा लामा भिक्षु ,संघसंस्था र पुथाङ आमा समुहका पदाधिकारी तथा सदस्यहरु सहभागिता जनाउनु भएको थियो । शान्ति पलयात्रामा बुद्ध प्रतिको श्रद्धा र आस्था प्रकट गर्दै लामाहरुले ध्यान साधनासहित पुजा स्तुती गरेका थिए ।
मुस्ताङका ५ वटै स्थानीय तह र बिभिन्न गुम्बाहरुको उपस्थिती रहेको शान्ति पदयात्रापछि पुथाङ बहुउद्देश्य समाजघरमा कार्यक्रम आयोजना गरिएको थियो । बुद्ध जयन्तीका अवसरमा आयोजित कार्यक्रमको खेम्बो रिम्पोर्छै मंगलध्वज तुलाचन, प्रदेश सभा सदस्य विकल शेरचन र घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले दीप प्रज्वलन गरी संयुक्त रुपमा कार्यक्रम उद्घाटन गरिएको थियो ।
सिदार्थ गौतम जन्मिएको, बुद्ध ज्ञान प्राप्ति र बुद्धको महापरिनिर्वाण (मृत्यु) भएको एकदिन आज बैशाख शुल्क पूर्णिमा भएकाले आजको दिन शान्ति ,सुख र समृद्धिको लागि महत्वपूर्ण दिन भएको खेम्बो रिम्पोर्छे तुलाचनले बताउँनुभयो । उहाँले बुद्धको ज्ञान र उपदेशलाई अनुसरण गर्नसकेमात्रै जिवनमा शान्ति,सुख र समृद्धि कायम हुने उल्लेख गर्नुभयो ।
प्रदेश सभा सदस्य विकल शेरचनले भगवान बुद्धको आदर्श,मुल्य र मान्यतालाई पछ्याउने सकेमात्रै जिवनमा शान्ति छाउने बताउँनुभयो । मुस्ताङमा धार्मिक ंसम्पदाको विकास,संरक्षण र बुद्ध धर्मप्रतिको आस्था र विश्वासले जिवन्त राख्न प्रादेशिक सरकारले पूर्वाधार तथा संस्थागत विकासमा कार्य गर्दै आईरहेको बताउँनुभयो ।
कार्यक्रममा सविधान सभा सदस्य चन्द्रबहादुर गुरुङ,घरपझोङका अध्यक्ष मोहनसिंह लालचन,प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसाल लगायतले बुद्ध जयन्तीको अवसरमा शान्ति र सद्भावको कामना गर्दै शुभ—कामना प्रकट गर्नुभएको थियो ।
बुद्ध जयन्तीको अवसरमा खेम्बो रिम्पोर्छे मंगलध्वज तुलाचनले बुद्ध बाणी सम्वन्धि एक घण्टाको प्रवचन पेश गर्नु भएको थियो । मुस्ताङमा बसोबास गर्ने करिव ९९ प्रतिशत नागरिकले बुद्ध धर्मलाई अनुसर गर्दैआईरहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली