जोमसोम— मुस्ताङको थासाङ गाउँपालिकामा अवस्थित टिटी बराह ताल पर्यटकको पर्खाइमा छ ।प्राकृतिक तथा जैविक विविधताले भरिएको निकैनै मनमोहक टिटी बराह ताल (बेनी—जोमसोम) राष्ट्रिय राजमार्ग नजिकै भएरपनि ओझेलमा परेको हो ।
थासाङको टिटी बराह ताल थासाङ गाउँपालिका—५ को टिटी गाउँमा पर्छ । राष्ट्रिय राजमार्गको कालिगण्डकी पूर्वको अग्लो स्थानमा अवस्थित टिटी तालमा पर्यटकीय अथाह सम्भावना हुँदाहुँदै पनि आझेलमा परेको छ । बर्सेनि ७ लाख पर्यटक मुस्ताङ भित्रिदै गर्दा टिटी तालको अवलोकन गर्ने पर्यटक लगभग शून्य जस्तै छ ।
कालिगण्डकी नदीमा पुल नहुँदा र टिटी बराह तालको आवश्यक प्रचार÷प्रसार हुन नसक्दा यहाँको टिटी बराह ताल आझेलमा पर्न गएको संरक्षण क्षेत्र व्यवस्थापन समिति टिटी गाउँका अध्यक्ष तेजेन्द्र गौचना बताउँनुहुन्छ । अध्यक्ष गौचनले यहाँको टिटी बराह ताल जोड्ने गरी सरकारले (लेते—छयो) र (लेते—धम्पु)मा मोटरेबल पुल निर्माण गरेपनि विभिन्न प्राविधिक समस्याले सम्पन्न हुन नसकेको बताउँनुभयो । ‘यहाँको टिटी बराह तालको सडक कनेक्टिभिटी भनेकै कालिगण्डकी नदीमा पुल चाहिने हो । तर, निकै लामो समय भईसक्यो, पुल बन्ने अझै छेकछन्द देखिएको छैन।’’उहाँले भन्नुभयो ।
संघीय सरकारले यहाँका टिटी बराह ताल जोड्ने गरी थासाङमा ओझेलमा परेका वस्ती जोड्ने गरी कालोपत्र सडक निर्माणको काम भईरहेको जनाउँनुभयो । कालिगण्डकीमा पक्की पुल बनेमा र सडक निर्माणको काम सम्पन्न भएमा यहाँको टिटी ताल घुम्न पर्यटकहरु ओईरिने संरक्षण व्यवस्थापन समिति अध्यक्ष गौचनले दाबी गर्नुभयो ।
समून्द्री सतहको २ हजार ६७९ मिटर अग्लो उचाईमा अवस्थित ताल त्यहाँका प्राकृतिक ताल हो । ताल आफैमा पानीको स्रोत भएकाले टिटी ताललाई सिमसार तालको रुपमा पनि लिने गरिएको छ । चारैतिर सल्ला र धुपीका रुखहरुको बिचमा अवस्थित यहाँका टिटी ताल एक किलोमिटर क्षेत्रफलमा फैलिएको छ । तालको औसत चौडाई आधा किलोमिटर छ ।
आवश्यक प्रचार÷प्रसार नहुँदा र सडक पूर्वाधारको कमि हुँदा मुस्ताङको टिटी बराह ताल ओझेलमा परेको त्यहाका स्थानीय धिरेन्द्र ल्वागुनले बताउँनुभयो । ‘मुस्ताङको ढुम्बाताल भन्दा यहाँको ताल पर्यटक आर्कर्षित गर्न सक्ने अथाह सम्भावना छ,तर, यसको आवश्यक संरक्षण तथा प्रचार प्रसारको कमि देखिएको छ,’ स्थानीय ल्वागुनले भन्नुभयो,‘ ताल महत्व र गरिमा बढाउने गरी पर्यटन प्रचार÷प्रसार र सडक कनेक्टिभिटीमा जोड दिनुपर्नेछ ।’ मुस्ताङको ढुम्बाताल जस्तै, यहाँको टिटी तालमा चर्चामा आउन नसकेको दुःखेसो सुनाउँनुभयो ।
थासाङको टिटी बराह ताललाई पर्यटकीय हबको रुपमा विकास गर्न सकिएमात्रै त्यहाँको आझेलमा परेका गाउँहरुक टिटी,कुञ्जो,ताक्लुङ, छयो लगायतको आर्थिक विकासमा टेवा पुग्ने स्थानीयबासी बताउँछन् ।
त्यहाँको टिटी बराह तालमा धौलागिरि हिमालको प्रतिविम्व देखिने गर्छ । ताल छेउबाट निलगिरि र धौलागिरि हिमालको दृष्यावलोकन गर्न सकिन्छ । पछिल्लो समय दैनिक ४०÷५० जनाको मोटरसाईकल यात्री टिटी ताल अवलोकन गर्न आउने गरेको थासाङ—२ कोखेठाँटीका स्थानीय नविन शेरचनले बताउँनुभयो। सडक र पुल निर्माणधिन भएकाले तालसम्म पुग्न पर्यटकलाई केही असहज भईरहेको उहाँको भनाई छ । सडक तथा पुल निर्माण सकिएमा यहाँको टिटी ताल अवलोकन पर्यटकको लर्को लाग्ने स्थानीय शेरचनको दाबी छ ।
त्यसो त त्यहाँको टिटी बराह ताल संरक्षणका लागि राष्ट्रिय प्रकृतिक संरक्षण कोष ,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले योगदान गरेको संरक्षण क्षेत्र व्यवस्थापन समिति अध्यक्ष तेजेन्द्र गौचनले बताउँनुभयो । एक्यापको बजेटले ताल संरक्षणका लागि ड्याम निर्माण गरिएको जानकारी दिनुभयो । तालको लागि विभिन्न सूचनामूलक बोर्ड,विश्राम स्थल,रेलिङ बाटो लगायतका संरचना बनाउन आवश्यक रहेको बताउँनुभयो । ताल छेउ थासाङ गाउँपालिकाको १० लाख बजेटबाट टिटी बराह मन्दिर निर्माण भएको अध्यक्ष गौचनले जानकारी दिनुभयो ।
त्यहाँको मनमोहक टिटी बराह तालमा ७ प्रजातीका पानी हाँस पाईने गर्छ । तालमा कमन मलाट र मुरल लगायतका पानी हाँसको बाँसस्थान रहेको छ । प्राकृतिक तथा जैविक महत्वको टिटी बराह तालमा एक सय ८६ प्रजातीका चराहरुको बाँसस्थान रहेको दाबी गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली