जोमसोम—जिल्ला प्रहरी कार्यालय मुस्ताङमा
अनुसन्धानको क्रममा हिरासतमा रहने थुनुवाहरुलाई लक्षित गरि हिरासत
पुस्तकालय निर्माण गरि स्थापना गरिएको छ ।
मुद्धा
अनुसन्धानको शिलशिलामा थुनुवाहरु हिरासतमा बस्दा मानसिक तनाब ब्यबस्थापनमा सहज होस
भन्ने अभिप्रायले सो पुस्तकालय स्थापना गरिएको हो ।
पुस्तकालयमा कानून, ऐन नियम, कथासंग्रह, सामान्य ज्ञान, उपन्यास, प्रहरी गतिबिधि र अन्तराष्ट्रीय लेखकहरुका
पुस्तकहरु र अन्य विभिन्न बिधाका पुस्तकहरु समेत गरि २२७ थान पुस्तकहरु पुस्तकालयमा राखिएको छ ।
यस कार्यले
कार्यालय तथा मातहत प्रहरी ईकाईहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई डिउटी नभएको
अबस्थमा र नेपाल प्रहरीले आब्हान गरेको खुल्ला प्रतियोगितामा आन्तरिक परीक्षामा
तयारीको लागि समेत पुस्तकहरुले टेवा पुर्याउने बिश्वास छ ।
पुस्तकालयमा रहेका
२२७ थान पुस्तकहरु मध्ये १४७ थान विभिन्न बिधाका पुस्तकहरुको सहजीकरण मुस्ताङ
जिल्लाका प्रदेश सभा सदस्य माननीय बिकल सेरचनले गर्नु भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता