जोमसोम—मुस्ताङको थासाङ—४ घाँसामा अवैध घरेलु मदिरा नष्ट गरिएको छ । म्याग्दी हुँदै अवैंध रुपमा मुस्ताङ तर्फ ल्याउँदै गरिएको घरेलु मदिरा म्याग्दी र मुस्ताङको सीमानाका घाँसामा प्रहरीले नष्ट गरेको हो ।
चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि बैशाख १६ गतेसम्म ७ पटक गरी म्याग्दी हुँदै मुस्ताङतर्फ ल्याउँदै गरिएको ३५० लिटर अवैध घरेलु मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेयले जानकारी दिए ।
म्याग्दी र मुस्ताङको सीमाक्षेत्र घाँसामा म्याग्दी हुँदै विभिन्न सवारी साधनमा लुकाईछिपाई विभिन्न व्यक्तिहरुले अवैध घरेलु मदिरा ल्याउने गरेको प्रनाउ पाण्डेयले बताए ।
अवैध घरेलु मदिरा र मासुजन्य पदार्थहरुको निगरानी गरी आवश्यक प्रक्रिया पुगे नपुगेको प्रमाणित भएपछि मात्र यसप्रकार सामाग्री ल्याउन अनुमती दिने गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता