कोवाङका सञ्चित शेरचन आर्चरी च्याम्पियन, तारा खेलको उपाधि लेतेले जित्यो

जोमसोम—   फागुपुर्णिमा तथा तोरन्ल पर्व विषेशको अवसरमा आयोजित सादा परम्परागत धनुषवाण (तारा) प्रतियोगिताको उपाधि मुस्ताङको थासाङ —३ लेतेले जितेको छ । मुस्ताङ थासाङ गाउँपालिकाद्वारा आयोजित प्रथम गाउँ स्तरीय धनुषवाण (तारा)खेल प्रतियोगितामा थासाङ—५ ताक्लुङलाई अंक तालिकामापछि पार्दै प्रथम परम्परागत धनुषवाण (तारा)प्रतियोगिताको उपाधि हात पारेको हो । 

प्रतियोगिताको उपाधिसंगै मुस्ताङको थासाङ—३ लेतेले नगद एक लाखमा करकट्टी गरी पचहत्तर हजार नगदसहित शिल्ड,मेडल। ट्रफी र प्रमाणपत्र पायो । प्रतियोगितामा उपविजेतामा चित्त बुझाएको थासाङ—५ ताक्लुङले नगद छैसठ्ठी हजार ६६६ रुपैया पुरस्कारमा करकट्टी गरी उनन्पचास हजार ९९९ रुपैयासहित मेडल,ट्रफी र प्रमाणपत्र प्रात्त ग¥यो ।

 यसैगरी प्रतियोगिताको तृतीय स्थानमा रहेको मुस्ताङको थासाङ—३ धुप्पुले नगद तेत्तिस हजार ३३३ रुपैया पुरस्कारमा करकट्टी गरी चौबिस हजार ९९९ रुपैया नगद पुरस्कारसहित मेडल,ट्रफी र प्रमाणपत्र जित्यो । सान्त्वना पुरस्कार थासाङ—५ कुञ्जोले पाएको छ । उसले नगद बिस हजार पुरस्कारमा करकट्टी गरी नगद पन्ध्रहजारसहित मेडल,ट्रफी र प्रमाणपत्र हात पा¥यो ।

फागुपूर्णिमा तथा तोरन्ल पर्वको अवसरमा आयोजित आधुनिक आर्चरी प्रतियोगितामा थासाङ गाउँपालिका—२ कोवाङका खेलाडी सञ्चित शेरचन प्रथम भएका छन् । उनले गाउँपालिकाबाट प्राप्त पुरस्कार नगद सोह्र हजारसहित मेडल ,ट्रफी र प्रमाणपत्र पाए । थासाङ—४ घाँसाका सन्तोष पुुनमगर दोस्रो हुँदै नगद दश हजार ६६६रुपैयासहित मेडल र प्रमाणपत्रले पुरस्कृत भए । यस्तै प्रतियोगिताको तृतीय थासाङ—३ लेतका सर्केट पुर्जाले नगद पाँच हजार ३३३ सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

मुस्ताङको थासाङ गाउँपालिकाले स्थानीय धर्मसंस्कृति परम्परा जोगाउन चालुवर्षदेखि यसप्रकारको परम्परागत धनुषवाण (तारा) र आधुनिक आर्चरी प्रतियोगिता आयोजना गरेको हो । बिहिबारदेखि सुरु भएको तोरन्ल पर्व विशेष प्रतियोगिता अन्तर्गत धनुषवाण (तारा) १३ डोरमा र आर्चरी ७ डोरका आधारमा प्रतियोगिता सञ्चालन गरेको हो । प्रथियोगितामा थासाङ गाउँपालिका अन्तर्गतका १३ गाउँ मध्ये ११ गाउको सहभागी रहेको प्रतियोगिता संयोजक थासाङ—४ का वडाध्यक्ष नरेन्द्र शेरुचनले जानकारी दिनुभयो ।

प्रतियोगिताका उपाधि विजेता तथा उपविजेतासहित अन्यलाई गण्डकी प्रदेशका सांसद विकल शेरचन,थासाङ गाउँपालिका अध्यक्ष प्रदीप  गौचन, प्रमुख प्रशासकीय अधिकृत विकास परियार र थाक खेलकुद तथा सांस्कृतिक विकास संघ मुस्ताङका अध्यक्ष कृष्णकुमार शेरचन लगायत नगद पुरस्कारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

 परम्परागत धनुषवाण (तारा) खेल हिमाली संस्कृतिको रुपमा लिने गरिन्छ । परापूर्व कालमा हिमाली क्षेत्रमा बसोबास गर्ने थकाली समुदायका मानिसहरुले शिकार खेल्दा प्रयोग गरिने घरेलु हतियारनै अहिलेको विकशित धनुषवाण अर्थात ( तारा)खेलको रुपमा परिचित छ । मुस्ताङमा थकाली ,गुरुङ र बिष्ट समुदायका मानिसहरुले आफ्नो महत्वपूर्ण चाडपर्वहरुमा मनोरञ्जन तथा सांस्कृतिक प्रचलन अनुसार परम्परागत धनुषवाण अर्थात तारा खेल खेल्ने गरेका हुन्छन् ।


प्रतिक्रिया